Advertisement

ट्रेन्डिङ

पूर्व मुख्यमन्त्री सोडारी निलम्बनमा

पूर्व मुख्यमन्त्री सोडारी निलम्बनमा

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशसभामा नेकपा(एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट निलम्बन गरिएको छ। प्रदेशसभाको सोमवारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको बेहोरा जानकारी गराए। प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब सो पार्टी तीन प्रदेशसभा सदस्यमा सीमित भएको छ। तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले)बाट प्रदेशसभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारीको नेतृत्वको पार्टीमा लागेका थिए। सोडारीलाई पदको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिनअघि आरोपपत्र दायर गरेको थियो।...
आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपालको शानदार जित

आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपालको शानदार जित

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रनगर – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी शृंखलाको आज भएको अन्तिम खेलमा नेपालले शानदार जित निकालेको छ । मंगलबार भएको नेदरल्याण्ड्ससंग १६ रनको शानदार जित निकालेको हो । नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स २२० रनमा प्याक भएको हो । नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रन मात्र बनाउन सक्यो ।   वेस्ले बारेसीले सर्वाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३० र माइकल लेभिटले २७ रन बनाए । काइल क्लेइनले २५ र नोआ क्रोएसले २२ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३९ रन दिएर ३ विकेट लिए । नन्दन यादवले ९ ओभरमा ३९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १/१ विकेछ हात पारे ।   त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपा...
बैतडीमा जिप दुर्घटना हुँदा ड्राईभरले हाम फालेर बचाए ज्यान

बैतडीमा जिप दुर्घटना हुँदा ड्राईभरले हाम फालेर बचाए ज्यान

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – बैतडीमा जिप दुर्घटना भएको छ । अत्तरियाबाट सुइलेकतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३४७५ नम्बरको महेन्दा बोलेरो पिकअप जिप पुर्चौडी नगरपालिका–६ मुडेलीधार भिडेखोलास्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो। जिप चालक बझाङको बित्थडचिर गाउँपालिका२ का हरिसबहादुर खड्काले हाम फालेर ज्यान जोगाएका छन् । जिपमा उनी मात्रै सवार रहेको प्रहरीले जनाएको छ । किराना सामान बोकी गइरहेको अवस्थामा उकालोमा चढ्न नसकेर ब्याक हुदा जिप ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
नेपाल स्कटल्याण्डसंग तिन रनले चुक्यो

नेपाल स्कटल्याण्डसंग तिन रनले चुक्यो

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रनगर - पुरुष विश्व कप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी श्रृङ्खलामा नेपाल दुई रनले पराजित भएको छ। स्कटल्यान्डले जितका लागि तीन सय २४ रनको लक्ष्य दिएकोमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २१ रन मात्र बनाउन सक्यो।   आइतबारको खेलमा खराव सुरुवात गरेको नेपालले चौथो ओभरमा कुशल भुर्तेल १७ रन बनाउँदै गुमायो । उनले २० बलमा तीन चौका प्रहार गरे। अर्को ओभरमा अर्का ओपनर आसिफ शेख पनि मात्र ८ रन बनाउँदै पेबिलियन फर्किए। कप्तान रोहित पौडेल पनि लामो समय टिक्न सकेनन् । तीन रन बनाउँदै ब्रान्डन मुलिमको बलमा क्याचआउट हुन पुगे। त्यसपछि भीम सार्की र आसिफ शेखले नेपालको इनिङ सम्हाले दुई जना मिलेर ११० बलमा ९४ रन जोडे । नेपालले २६औ ओभरमा १२८ रन बनाएको थियो ।   उनले ५५ बलमा पाँच चौकाको मद्दतले ३९ रनको योगदान दिए। नेपालले पाँचौं विकेटका रुपमा भीम सार्कीलाई गुमायो। सार्कीले ८५ ...
इन्टरनेशनल स्कुलमा निःशुल्क स्वास्थ्य शिबिर, २ सय ५५ विद्यार्थी लाभान्वित

इन्टरनेशनल स्कुलमा निःशुल्क स्वास्थ्य शिबिर, २ सय ५५ विद्यार्थी लाभान्वित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर - कंचनपुरको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको ईन्टरनेशनल स्कुलमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ । विद्यालयले शैक्षिक क्यालेण्डर अनुरुप शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको विद्यालयले जनाएको छ । नाक, कान र घाँटी सम्बन्धी विशेषज्ञ चिकित्सहरुबाट स्वास्थ्य परीक्षण गरिएको छ ।   नाक, कान घाटी सर्जन डा. प्रशान्त भट्ट र डा. सृष्टी श्रेष्ठले स्वाथ्य परीक्षण एव परामर्श दिएका थिए । विद्यालयले २ सय ५५ विद्यार्थीको निःशुल्क स्वाथ्य परीक्षण गरिएको जनाएको छ ।   विद्यालय संचालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बूले विद्यार्थीको बेला बेलामा विद्यालयमै स्वास्थ्य परीक्षण गराउँदै आएको बताए । अध्यक्ष लिम्बूले नियमित पठन पाठनका कृयाकलापमा सहजताका लागि विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गराएको बताए ।   विशेषज्ञ चिकित...
भारतबाट फर्केका थप चार जनामा कोरोना संक्रमण पुष्टि

भारतबाट फर्केका थप चार जनामा कोरोना संक्रमण पुष्टि

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पार्वती बोहरा, महेन्द्रनगर– भारतबाट फर्केका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कलालीको गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका ३ जना र बैतडीस्थति जुलाघाट नाकाबाट हुदै भारतबाट फर्केका एक जनामा कोरोना पुष्टि भएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र धनगढीले जनाएको छ । जुलाघाट नाका हुँदै फर्केका १९ जनामध्ये एक जनाको र गौरीफन्टा नाकाबाट फर्केका ५८८ जनामध्ये २७ जनाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा चार जनामा कोरोना ‘पोजेटिभ’ आएको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार कोरोना सङ्क्रमित चारै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको छ। शुक्रबार मात्रै गौरीफन्टा नाकाबाट नेपाल फर्केका पाच जनामा कोरोना पोजिटिभ देखिएको थियो भने बुधबार मात्रै गौरीफन्टा नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जन...
वडा स्तरीय बालक्लवलाई बाल अधिकार नेतृत्व तथा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

वडा स्तरीय बालक्लवलाई बाल अधिकार नेतृत्व तथा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–वडास्तरीय बाल क्लब लाई बाल अधिकार नेतृत्व विकास तथा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगरको ९÷११ होटलमा भीमदत्त नगरपालिका वडा नं १८ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । भीमदत्त नगरपालिका १८ का अध्यक्ष रविन्द्र देवकोटाले बालबालिकालाई नेतृत्व विकास तालिम, विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको तालिम दिएर उनिहरुलाई दक्ष बनाउने उदेश्यले तालिम प्रदान गरिएको बताए । बालबालिकाहरु भोलीको नेतृत्व गर्ने तहमा पुग्ने, देशको सर्वाङगिण विकासमा भविष्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले उनीहरुलाई अहिले देखी नै दक्ष बनाउने उदेश्यले बाल क्लबका सदस्यहरुलाई सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एबम् प्रहरी उप रिक्षक खड्क बहादुर खत्री, योगाचार्य सुरेन्द्र ओझा र भीमदत्त...
बेदकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा

बेदकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर– कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा गरीएको छ । शुक्रबार एक औपचारीक कार्यक्रम गरी जिल्लाको बेदकोट नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरीएको हो । जिल्लामा सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता घोषणा गर्ने क्रममा बेदकोट नगरपालिकामा यो कार्यक्रम गरीएको जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले बताए । यसले पालिकाभरीमा रहेका सबै बालवालिकाले सवै प्रकारका खोप पाएका छन भन्ने बुझिने भन्दै समन्वय प्रमुख बोहराले बेदकोट नगरपालिकालाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा खोप कार्यक्रममा सहभागि हुने २० जना स्वयमसेविका, वडा अध्यक्ष, स्वास्थ्यकर्मी, स्वस्थ्इ संस्थ्याका प्रमुख हरुहरुलाई दोसल्ला ओडाएर अविर टिका लगाएर सम्मान गरीनुका साथै सम्मान पत्र प्रदान गरीएको बेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमु...
महेन्द्रनगर मावि साधारण उत्कृष्ठ विद्यालय पुरस्कारबाट सम्मानित

महेन्द्रनगर मावि साधारण उत्कृष्ठ विद्यालय पुरस्कारबाट सम्मानित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्याल(साधारण) उत्कृष्ठ विद्यालय पुरस्कार २०८२ बाट सम्मानित भएको छ । पोखरामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट महेन्द्रनगर माविले उत्कृष्ठ विद्यालय पुरस्कार पाएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टलाई उक्त पुरस्कार प्रदान गरे । पुरस्कार पाएपछि प्रतिक्रिया दिदै अध्यक्ष विष्टले विद्यालयको शैक्षिक र भौीतक पूर्वाधारका लागि काम गर्न थप हौसला मिलेको बताए । ‘यो सम्मान ग्रहण गर्न पाउँदा गौरवको अनुभूति भयो, हामी अत्यन्तै खुसी छौ, यसले आगामी दिनमा विद्यालयको शैक्षिक र भौतिक पूर्वाधारका लागि काम गर्न थप हौसला मिलेको छ’ पुरस्कार ग्रहणपछि अध्यक्ष विष्टले भने ।   उनले विद्यालयलाई सुदूरपश्चिममै उत्कृष्ठ बनाउन प्रत्यक्ष अ...
बाजुराको बाम्का बजार जलेर नष्ट

बाजुराको बाम्का बजार जलेर नष्ट

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–बाजुरको बांका बजारमा आगलागि हुदा करोडौ मुल्य बारावरको क्षति भएको छ । शुक्रबार दिउसो जिल्लाको बुढिंगा नगरपालिका वडा नं. ६ स्थीत बाम्का बजारमा भिषण आगलागि हुदा अढाई करोड बरावरको क्षति बभएको हो । आज दिउसो चार बेजेको समयमा होटेलमा खाना पकाउने ग्यास सिलिंडर पड्किएर आगलागि भएको स्थानीय मोहन सेरालाले जानकारी दिए । उनका अनुसार बजारका ६०र७० पसल आगलागि भएर पूर्णरुपमा क्षति भएको छ । सडकको एक साईडका सवै पसल जलेर नष्ट भएको स्थानीयले जानकारी दिएका छन् । आगलागि हुदा अढाई करोड बरावरको क्षति भएको हुन सक्ने अनुमान गरीएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरका अनुसार आगलागि भएपछि प्रहरी टोली आगो नियन्त्रणमा प्रयास गरीरहेको छ तर आगलागि नियन्त्रणभन्दा बाहिर गईसकेको छ । थप जानकारी आई नसकेको पनि बाजुर प्रहरी कार्यालयले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज