Advertisement

ट्रेन्डिङ

कञ्चनपुर जिल्ला अदालतद्धारा ७० प्रतिशत मुद्धा फछ्यौट, ७ सय ५ मुद्धाको छिनोफानो हुन बाँकि

कञ्चनपुर जिल्ला अदालतद्धारा ७० प्रतिशत मुद्धा फछ्यौट, ७ सय ५ मुद्धाको छिनोफानो हुन बाँकि

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – पछिल्ला चार वर्षमा कञ्चनपुर जिल्ला अदालतले मुद्धा फछ्यौटको प्रतिशत बढाएर ७० प्रतिशतमा पु¥याएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ मा दुई हजार ३ सय ५० मुद्धा फर्छयौट गर्नुपर्नेमा एक हजार ६ सय ४५ मुद्धाको छिनोफानो गरेको हो । नयाँ दर्ता एक हजार तीन सय २१ र जिम्मेवारी सरी आएका एक हजार २० गरि दुई हजार तीन सय ५० मुद्धा दर्ता भएकोमा ७ सय ५ मुद्धा फेरी पनि फर्छयौट गर्न बाँकि रहेका छन् । कञ्चनपुर अदालतले आर्थिक वर्ष २०७८।७९ मा ४४ दशलमलव १५ प्रतिशत, आर्थिक वर्ष २०७९।८० मा ५२ दशमलव १० प्रतिशत, आव २०८०।८१ मा ५३ दशलमल ८३ प्रतिशत मुद्धा फर्छयौट गरेको थियो । त्यस्तै अदालतले दुई वर्ष पुराना मुद्धा शुन्यमा झारेको छ । २०७८/०८९ मा ३२, ०७९/८० मा २६, २०८०/८१ मा २९ मुद्धा दुई बर्ष पुराना रहेका थिए । अदालतले पुराना मुद्धा हरुलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गरेको कारण दुई बर्ष पुराना मुद्धा ...
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् । घुस ‘डिल’ को अडिओ काण्डमा मुछिएका यसअघिका मन्त्री राजकुमार गुप्ताको राजीनामा स्वीकृतसँगै राष्ट्रियसभामा एमाले प्रमुख सचेतक रहेकी न्यौपानेलाई नियुक्त गरिएको हो । प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ । उनी अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट उदायकी हुन् । अनेम संघ तनहुँको सचिव हुँदै दुई कार्यकाल अध्यक्ष बनिन् । तनहुँ एमालेको जिल्ला सचिव निर्वाह गरेकी न्यौपाने राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको सदस्यसमेत हुन् । न्यौपाने २०७४ सालको स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।...
कृष्णपुरमा नागरिकसंग मेयर अभियान समापन, साढे ३२ हजार लाभान्वित

कृष्णपुरमा नागरिकसंग मेयर अभियान समापन, साढे ३२ हजार लाभान्वित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नागरिकसंग मेयर तथा नसर्ने रोगको पहिचानका लागि चार महिनाअघि फागुन बाट सुरु गरिएको घरधुरी अभियानको समापन गरिएको छ । सोमाबार कृष्णपुर नगरपालिका वडा नं. ५ मा नगर प्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यता एवं वडा नं. ५ का वडा अध्यक्ष टेक पाण्डेयको अध्यक्षतामा उक्त कार्यक्रमको समापन गरीएको हो ।   उक्त कार्यक्रम अन्तरगत नगरपालिका मातहतका स्वास्थ्यकर्मीहरुले नागरिकको घर घरमै गएर सुगर, रक्तचाप लगायतका जाँचहरु गरि स्वास्थ्य संस्थामा उपलब्ध औषधीहरु प्रदान गराई आवश्यक सुझाव सल्लाह दिए । असार ३० गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ३२ हजार पाँच सय ५५ जना लाभान्वित भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर विष्टले बताए । उनका अनुसार १९ हजार ६५४ जना महिला र १२ हजार ९०६ जना पुरुष गरि जम्मा मबाट ३२ हजार पाँच सय ५५ जना लाभान्वित भएका हुन् ।...
घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा

घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
इन्दीप कोइराला, काठमाडौं : घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन्। मन्त्री पदबाट राजीनामा दिएलगत्तै गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भावना सार्वजनिक गरेका छन्। केही दिनदेखि आफ्नो नाम ‘घुस डिल’ सँग जोडेर प्रचार भएको उल्लेख गर्दै उनले आफू त्यसकै शिकार बनेको बताएका छन् । गुप्ताले लेखेका छन्, ‘‘बिगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भए।’’ उनले आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्। ‘‘अब लागेका आरोप अनुसन्धान गरेर सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प...
महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सक थपिए

महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सक थपिए

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सक थपिएका छन् । रिर्फर सेन्टरका रुपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय ६ जना विशेषज्ञ चिकित्सक थपिएसंगै २३ जना विशेषज्ञ चिकित्सकहरुले विशेषज्ञ चिकित्सकिय सेवा प्रदान गरीरहेका छन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अर्जुन भट्टले छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सक थपिएको जानकारी दिए । उनका अनुसार विषेशज्ञ चिकित्सक थपिएसंगै मेडिसिन विभाग, हाडजोर्नी विभाग, सर्जरी विभाग, स्त्री तथा प्रसूति रोग विभाग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा गरीएको छ । विशेषज्ञ डाक्टरहरु थपिएसंगै अस्पतालको सेवा प्रवाहमा प्रभावकारीता आउने निमित्त मेडिकल सुपरिटेन्डेन भट्टले बताए । ‘विशेषज्ञ सेवा थपिएपछि यहाँका सेवाग्राहीलाई उपचारमा सजिलो हुन्छ’, भट्टले भने, ‘एउटै विभागमा दुईरतीन जना व...
सुनचाँदी व्यवसायीहरुको आन्दोलन स्थगित, कञ्चनपुरसहित देशैभरीका सुन चाँदी पसलहरु खुले

सुनचाँदी व्यवसायीहरुको आन्दोलन स्थगित, कञ्चनपुरसहित देशैभरीका सुन चाँदी पसलहरु खुले

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरसहित देशैभरीका सुनचाँदी पसलहरु आजबाट खुलेका छन् । विहीबार काठमाण्डौमा सरकार आन्दोलनरत पक्ष सुनचाँदी व्यवसायीहरुविच भएको समझदारी अनुसार आजबाट सुनचाँदी पसल खुलेका हुन् । सुनचाँदी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् । विहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि व्यवसायीहरुले आन्दोलन स्थगित गरी आफ्नो व्यवसायमा फर्केका हुन् । विरोधका कार्यक्रम स्थगित गरिएकाले शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिए । त्यसैगरी कञ्चनपनपुर सुनचाँदी व्यवयी संघका अध्यक्ष तथा संघर्ष समिति संयोजक सुरत गहतराजले सबै सुनचाँदी व्यवासायीलाई आ–आफ्नो व्यवसाय सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको...
तिलकपुर–विष्णूमन्दिर सडक गुणस्तरिय नभएको स्थानीयको गुनासो, झरीमै हालियो पिच

तिलकपुर–विष्णूमन्दिर सडक गुणस्तरिय नभएको स्थानीयको गुनासो, झरीमै हालियो पिच

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ३ तिलकपुर–विष्णूमन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयले माग गरेका छन् । बिहीबार स्थानीयले बर्षातमा कालोपत्रे गरीरहेको निर्माण कम्पनीलाई ढुलमुले काम गरीरहेको आरोप लगाउदै मापदण्ड अनुरुप गुणस्तरीय बनाउन माग गरेका हुन् । स्थानीयहरुले पानी परीरहेको अवस्थामा अलपत्र राखेको आरोप निर्माण कम्पनीलाई लगाएको छ । स्थानीय शंकर विष्टले आकासबाट पानी परीरहेकै समयमा निर्माण कम्पनीले अलकत्रा राख्दा सडक गुणस्तरहिन भएको बताए । ‘पानी परेकै समयमा मेटेरियल खन्याएर मेटिरियल चिसिएपछि फिजालिएको छ, यसरी सडक निर्माण गर्दा सडकको गुणस्तर कम भएको छ,’ स्थानीय शंकर विष्टले भने, ‘सडक गुणस्तरीय हुनुप¥यो, गुणस्तरहिन बनाएर पटकपटक बजेट सक्नुभन्दा एकै पटक गुणस्तरीय बनाउनुपर्छ, हाम्रो करबाट नै विकासका कार्य गरीने हो ।’ स्थानीय राम बहादुर जप्रेलले बजेट सक्...
कञ्चनपुरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रबद्धन बोर्ड सदस्य नियुक्त

कञ्चनपुरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रबद्धन बोर्ड सदस्य नियुक्त

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चपनुर जिल्लाका युवा उद्यमी तथा व्यवसायी तेज बहादुर चन्द उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत औद्योगिक तथा लगानी प्रबद्र्धन बोर्ड सदस्य नियुक्त भएका छन् । मन्त्रि स्तरीय निर्णयबाट चन्द सदस्य नियुक्त भएका हुन् । एमाले नेता समेत रहेका चन्द ईटा उद्योग व्यवसायी महासघंका पूर्व महासचिव, कंचनपुर उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य हुन् । उनी बेदकोट नगरपालिका ९ सुन्दरपुरस्थित सिद्धनाथ उदयदेव अनमोल क्रसरका संचालक हुन् । औद्योगिक तथा लगानी प्रबद्धन बोर्ड सदस्य नियुक्त भएपछि चन्दले औद्योगिक तथा लगानी प्रबद्धन गर्न निजि क्षेत्रको तर्फबाट खेल्नुपर्ने भुमिका कुसलतापुर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । उनले उक्त अवसरकालागि नेपाल सरकारलाई धन्यवाद समेत दिएका छन् ।...
भृकुटीका शिक्षकबाट लिए आशिर्बाद

भृकुटीका शिक्षकबाट लिए आशिर्बाद

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – विद्यार्थीहरुको अध्ययनको गन्तव्य बन्दै आईरहेको महेन्द्रनगरको श्री भृकुटी माध्यमिक विद्यालयका विद्यार्थीहरुले गुरु पुर्णिमा शिक्षकहरुलाई मिठाई खुवाएर आर्शिवाद लिएका छन् । बिहिबार विद्यार्थीहरुले शिक्षकहरुलाई टिका र खादा लगाएर सम्मान गरी मिठाई खुवाएका हुन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र आग्री, प्रधानाध्यापक केशर सिह महरा लगायत विद्यालयका शिक्षकलाई सम्मान तथा मिठाई खुवाईएको छ । विद्यार्थीहरुले गुरुपुर्णीमाको अवसरमा शिक्षक, व्यवस्थापन समितिसंग खुशि साटासाट गरेका छन । भृकुटी मावि कञ्चनपुर जिल्लामै उकृष्ठ नजिता ल्याउन सफल विद्यालयमध्येको एक हो ।...
अनुसन्धानमुलक किताव ‘राना थारु लोकजीवन’ पुस्तकको विमोचन

अनुसन्धानमुलक किताव ‘राना थारु लोकजीवन’ पुस्तकको विमोचन

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन प्रा. डा.मुकुन्द कलौनीको अनुसन्धानमुलक ‘राना थारु लोकजीवन’ पुस्तकको विमोचन गरिएको छ । विश्वविद्याल केन्द्रीय कार्यालयको सभा कक्षमा बिहीबार कार्यक्रम गरी पुस्तक विमोचन गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले पुस्तक विमोचन गरे ।   उपकुलपति पन्तको प्रमुख आतिथ्यमा गरिएको विमोचन कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी विशिष्ठ अतिथि थिए । कार्यक्रमको अध्यक्षतामा पुस्तकका लेखक कलौनीले गरे । कार्यक्रममा कलौनीले पुस्तक विमोचन कार्यक्रमको औचित्यबारे प्रष्ट पारे । उनले राना थारु समुदाय कञ्चनपुरको भूमिपुत्र भएकाले आफूले अध्ययन गरी पुस्तकका रुपमा प्रकाशित गरेको बताए । कार्यक्रममा प्रा.डा. हरिशचन्द्र भट्ट, डा. किसन भट्ट, बासमति राना र राजकुमार रानाले पुस्तक सम्बन्धि समीक्षात्मक टिप्प...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज