Advertisement

तिलकपुर–विष्णूमन्दिर सडक गुणस्तरिय नभएको स्थानीयको गुनासो, झरीमै हालियो पिच

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ३ तिलकपुर–विष्णूमन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयले माग गरेका छन् । बिहीबार स्थानीयले बर्षातमा कालोपत्रे गरीरहेको निर्माण कम्पनीलाई ढुलमुले काम गरीरहेको आरोप लगाउदै मापदण्ड अनुरुप गुणस्तरीय बनाउन माग गरेका हुन् । स्थानीयहरुले पानी परीरहेको अवस्थामा अलपत्र राखेको आरोप निर्माण कम्पनीलाई लगाएको छ । स्थानीय शंकर विष्टले आकासबाट पानी परीरहेकै समयमा निर्माण कम्पनीले अलकत्रा राख्दा सडक गुणस्तरहिन भएको बताए । ‘पानी परेकै समयमा मेटेरियल खन्याएर मेटिरियल चिसिएपछि फिजालिएको छ, यसरी सडक निर्माण गर्दा सडकको गुणस्तर कम भएको छ,’ स्थानीय शंकर विष्टले भने, ‘सडक गुणस्तरीय हुनुप¥यो, गुणस्तरहिन बनाएर पटकपटक बजेट सक्नुभन्दा एकै पटक गुणस्तरीय बनाउनुपर्छ, हाम्रो करबाट नै विकासका कार्य गरीने हो ।’

स्थानीय राम बहादुर जप्रेलले बजेट सक्नका लागि कालोपत्रे गर्न नहुने बताए । उनले कालोपत्रे भएको सडक उम्किरहेको बताए । ‘जनताले कालोपत्रे गुणस्तरिय बलियो हुनुपर्छ, भनेका छन, ‘उनले भने, ‘सडक मापदण्ड अनुरुप गुणस्तरिय बन्नुपर्छ ।’ अर्का स्थानीय दान सिह विष्टले पानी परेकै दिन कालोपत्रे गर्दा समस्या भएको बताए । उनले जहाँ जहाँ समस्या देखियो, त्यहाँ त्यहाँ सुधारमा जोडदिएका छन । पुर्व वडाध्यक्ष समेत रहेका जप्रेलले आर्थिक बर्ष सकिने र बर्षातका बेला यसरी राज्यको सम्पत्तिको नास गर्नु नहुने बताए ।
स्थानीय देवकी विष्टले पानीसंग कालोपत्रे नगर्दा राम्रो हुने बताए । निर्माण कम्पनीले पानी लागेकै समयमा सडक निर्माण गरीएकोले घाम लागेपछि मात्र कालोपत्रे गर्न स्थानीय देवकीले सुझाव दिए । स्थानीय सुरेश विष्टले सडक निर्माणको काम सम्पन्न नभएको हुँदा निर्माणका क्रममा देखिएका त्रृटी निर्माण व्यवसायीले हटाउनुपर्ने बताउँदै मापदण्ड अनुसार निर्माणमा सुझाव दिए ।

सडक निर्माणका क्रममा खटिएका मजदुर दिपक सार्कीले बुधबार घाम लागेका बेला कालोपत्रेको काम भईरहेका बेला एक्कासी पानी आएको बताउँदै सडकमा फालिसकेको माल मर्मत मात्रै गरेको बताए । स्थानीयले सडक निर्माणमा अनियमितता भए सम्बन्धीत निकायदेखि अख्तियार कार्यालयमा जाने चेतावनी दिएका छन ।
मनकामना विल्डर्सका संचालक नरेश कुँवरले बर्षातका बेला कालोपत्रे नगरेको दावि गरेका छन । उनले ठेक्का रनिङमै भईरहेको बेला देखिएका त्रृटी पुरा गर्दै मापदण्ड अनुरुप निर्माण भईरहेको बताउदै सडक मापदण्ड अनुसारकै बनाउने बताए । ‘यहाँ सडक निर्माणको विषयलाई लिएर केही स्थानीयले गुनासा राखेका छन, ‘उनले भने, ‘स्थानीयका गुनासा सम्बोधन गर्दै निर्माणको क्रममा भएको हुँदा मापदण्ड अनुरुपै गुणस्तरिय सडक निर्माण गर्छु ।’ आफुले पनि अन्तैबाट प्लान्ट ल्याएको र त्यही प्लान्टमा त्रृटी भएको उनको दावि छ । उनले आफ्नो ससुराली गाँउ भएकाले पनि समाजिक नैतिक रुपमा गुणस्तरीय बनाउनुपर्ने थप जिम्मेबारी भएको बताउदै निर्माणको क्रममा भएका टुत्रिहरु सच्याउदै सडक गुणस्तरीय बनाउने बताए । ‘सडक मापदण्ड अनुरुप गुणस्तरीय बनाउछु यसमा दुई मत छैन्, अझ यो त मेरो ससुराली गाँउको सडक भएकाले थप जिम्मेवारी थपिएको छ,’ उनले भने, ‘म्याद पनि अझै धेरै छ, ढल तथा नालीका ढक्कनदेखि लिएर सबै निर्माण गरीन्छ, यसकालागि सबैले संयम भएर सहयोग गरीदिनुप¥यो ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

महेन्द्रनगर - भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार कार्यपालिका बैठकबाट निर्णय गरी विभिन्...
पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

महेन्द्रनगर – पाच दिनदेखि संञ्चालन गरीएको पाच दिने निशुल्क बृहत योग सिविर समापन गरीएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर...
विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

महेन्द्रनगर – बैशाखको दास्रो साता अर्थात बैशाख ९ गते, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको टिम घरदैलो, प्रचा...
जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि अर्धनग्न प्रदर्शन गरीएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि आरक्ष ...
डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्...
भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएक...
सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

महेन्द्रनगर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले मंगलबार सुदूरपश्चिम विश्वविद्यालको अवलोकन भ्रमण गरेका छन् । बुध...
दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज