Advertisement

कृष्णपुरमा नागरिकसंग मेयर अभियान समापन, साढे ३२ हजार लाभान्वित

महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नागरिकसंग मेयर तथा नसर्ने रोगको पहिचानका लागि चार महिनाअघि फागुन बाट सुरु गरिएको घरधुरी अभियानको समापन गरिएको छ । सोमाबार कृष्णपुर नगरपालिका वडा नं. ५ मा नगर प्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यता एवं वडा नं. ५ का वडा अध्यक्ष टेक पाण्डेयको अध्यक्षतामा उक्त कार्यक्रमको समापन गरीएको हो ।

 

उक्त कार्यक्रम अन्तरगत नगरपालिका मातहतका स्वास्थ्यकर्मीहरुले नागरिकको घर घरमै गएर सुगर, रक्तचाप लगायतका जाँचहरु गरि स्वास्थ्य संस्थामा उपलब्ध औषधीहरु प्रदान गराई आवश्यक सुझाव सल्लाह दिए । असार ३० गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ३२ हजार पाँच सय ५५ जना लाभान्वित भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर विष्टले बताए ।
उनका अनुसार १९ हजार ६५४ जना महिला र १२ हजार ९०६ जना पुरुष गरि जम्मा मबाट ३२ हजार पाँच सय ५५ जना लाभान्वित भएका हुन् ।
कृष्णपुर नगरपालिका वडा नम्बर–५ का स्थानीय ६९ वर्षीय नन्दराज भट्टले कृष्णपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरु आएर आफ्नो सुगर तथा रक्तचाप जाँच गरेको बताए । जाँच गर्दा आफूलाई सुगर रहेको स्वास्थ्यकर्मीहरुले बताएपछि औषधी खाइरहेको बताए । “मलाई सुगरको समस्या पहिले अलिअलि थियो। औषधी खाएको थिए, उनले भने, अब त सन्चो भयो होला भनेर छोडेको उहाँहरुले जाँच गर्दा त दोब्बर पो भएको रहेछ, अब फेरि औषधी खाँदै छु ।” त्यस्तै वडा नम्बर–५ कै बासिन्दा हिरादेवी लुहारले यो कार्यक्रमले वृद्ध तथा अशत्तहरुलाई अझै सहज भएको बताइन् । उनले यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताइन् ।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख ओझाले नागरिकसंग मेयर कार्यक्रमले न्यून आय स्तर भएका नागरिकहरुलाई सहज भएको बताए । स्थ्यकर्मीको टोली घरमै पुगेपछि नसर्ने रोगहरु पालेर बसेका व्यक्तिहरु स्वास्थ्य संस्थासम्म पुगेको बताए । स्वास्थ्य संस्थामा चेक जाँच र औषधीहरु निःशुल्क पाइन्छ भन्ने जानकारी नहुँदा स्वास्थ्य संस्थासम्म नआउने बिरामीहरु पनि स्वास्थ्य संस्थासम्म पुगेर जाँच गर्ने गरेको उनले बताए । स्वास्थ्यमा लगानी गरेमात्रै समृद्ध नगरको परिकल्पना गर्न सकिने ओझाको भनाई छ । नसर्ने रोगको औषधी खाँदा संधै बानी पर्छ भन्दै औषधी छोडेर स्वास्थ्य समस्या बल्झाइरहेका व्यत्तिहरुले पनि स्वास्थ्यकर्मीको सम्झाई बुझाईपछि पुनःह औषधी सुचारु गरेको ओझाले बताए ।

“प्रेसर, सुगर लगायतका नसर्ने रोगहरुको समस्या भएका कतिपय व्यक्तिहरु हरुले औषधी सुरु गरे त आजीवन खानुपर्छ, बानी पर्छ भनेर समस्या झन् बल्झाइरहेको पाइयो, उहाँहरुलाई सम्झाइबुझाइ गरेर रोग अनुसारको औषधी सुरु गरिएको छ । ओझाले भने ।” उनले प्रतिकुल मौसमको समेत वेवास्ता गरि नागरिकको घरदैलोमा गएर स्वास्थ्य सेवा प्रदान गरेकोमा स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुलाई धन्यवाद दिए ।
यो कार्यक्रम प्रभावकारी देखिएको आफूलाई महसुस भएको भन्दै उनले आगामी वर्षमा समेत निरन्तरता दिइने बताए । समापन कार्यक्रममा बोल्दै नगर उप प्रमुख द्रोपती रानाले आफूहरुले शिक्षा र स्वास्थ्य लाई केन्द्रमा राखेर काम गरिरहेको बताइन् । उनले समाज परिवर्तनका लागि नागरिकको स्वास्थ्य स्वस्थ हुनु जरुरी रहेको बताइन् । कृष्णपुरका सबै स्वास्थ्य संस्थाहरुमा उपलब्ध सबै सेवाहरु पूर्णरुपमा निःशुल्क रहेकोले त्यसको लाभ लिन पनि उनले नगरबासीलाई आग्रह गरिन् ।

त्यस्तै आफ्नो भनाई राख्दै वडा नम्बर ५ का वडा अध्यक्ष टेक पाण्डेले नागरिक संग मेयर कायक्रमले नसर्ने रोगको पहिचान मात्रै नगरेर खोप लगाउन छुटेका बालबालिका, चेतना अभावले आइरन चक्की नखाने गर्भवतीहरुलाई समेत समेटेको बताए । उनले यो कार्यक्रम ग्रामिण भेगहरुमा बढी प्रभावकारी भएको बताए ।
स्वास्थ्य शाखा प्रमुख विष्टले यो अभियानले कृष्णपुर बासीका वास्तविक स्वास्थ्य समस्याबारे आफूहरुलाई जानकारी भएको बताए । उक्त अभियानको क्रममा एकजना कुष्ठरोगी, दुई जना क्षयरोग संक्रमित पनि पत्ता लागेको उनले बताए ।
सो क्रममा नियमित खोप कार्यक्रममा लगाउन छुटेको जानकारी पाएपछि ३३ जनालाई नियमित खोप लगाइएको उनले बताए । नागरिकसंग मेयर तथा नसर्ने रोगको पहिचानका लागि सुरु गरिएको अभियानमा शाखाले ८ जना स्वास्थ्यकर्मी खटाएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

महेन्द्रनगर - भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार कार्यपालिका बैठकबाट निर्णय गरी विभिन्...
पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

महेन्द्रनगर – पाच दिनदेखि संञ्चालन गरीएको पाच दिने निशुल्क बृहत योग सिविर समापन गरीएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर...
विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

महेन्द्रनगर – बैशाखको दास्रो साता अर्थात बैशाख ९ गते, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको टिम घरदैलो, प्रचा...
जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि अर्धनग्न प्रदर्शन गरीएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि आरक्ष ...
डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्...
भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएक...
सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

महेन्द्रनगर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले मंगलबार सुदूरपश्चिम विश्वविद्यालको अवलोकन भ्रमण गरेका छन् । बुध...
दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज