Advertisement

ट्रेन्डिङ

एमाले केन्द्रीय कमिटी बैठक आज सकिदै, अधिकांस केन्द्रीय सदस्य पूर्वाराष्ट्रपति पार्टी राजनीतिमा आउन नहुने पक्षमा

एमाले केन्द्रीय कमिटी बैठक आज सकिदै, अधिकांस केन्द्रीय सदस्य पूर्वाराष्ट्रपति पार्टी राजनीतिमा आउन नहुने पक्षमा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज पनि केन्द्रीय सदस्यहरुले बोल्नेक्रम जारी रहनेछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो देखि सुरु भएको बैठक आज पनि जारी रहने पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार हिजो गण्डकी,मधेस र सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नु भएको छ ।   पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकले पारित गरेर केन्द्रीय कमिटीमा पठाएको विधान संसोधन सम्बन्धी प्रस्तावमा आज पनि छलफल जारी रहेको छ । आज बाँकी केन्द्रीय सदस्यहरुले सो प्रस्तावमा आफ्नो धारणा राख्ने कार्यसुची छ । बैठकमा धारणा राख्नका लागि हरेक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ । पार्टी सचिवालय र पोलिटव्यूरो बाहेकका सदस्यहरुले मात्र बैठकमा धारणा राख्न पाउनेछ...
आत्महत्या दुरुत्साहनमा रास्वपा सचिव पक्राउ

आत्महत्या दुरुत्साहनमा रास्वपा सचिव पक्राउ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–राष्ट्रिय स्वतन्त्र पार्टी भीमदत्त नगरपालिका समितिका सचिव रामदत्त भट्ट आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भट्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । भट्टसंगै उनकी धर्मपत्नि पनि पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले आत्महत्या दुरुत्सानमा आएको जाहेरीका आधारमा भट्ट र उनकी पत्नि दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए । ‘उहाँ विरुद्ध जाहेरी आएपछि नियन्त्रणमा लिएका छौ, अदालती प्रक्रियामा गई सकेको छ’ उनले भने, ‘थप अनुसन्धान गर्न आवश्यक रहेकाले जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको छ ।’ भीमदत्त नगरपालिका ७ की एक महिलाले आत्महत्या गरेपछि भट्ट दम्पत्ति विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी परेको हो । भट्ट २०८१ को उप निर्वाचनमा रास्वपाबाट भीमदत्त नगरपालिका ६ नम्...
एकदिवसीय मानव अधिकार शिक्षा कार्यक्रम कञ्चनपुरमा सम्पन्न

एकदिवसीय मानव अधिकार शिक्षा कार्यक्रम कञ्चनपुरमा सम्पन्न

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, महेन्द्रनगर - नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा एकदिवसीय मानव अधिकार शिक्षा कार्यक्रम कञ्चनपुरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको संयोजन महेश चन्दले गर्नुभएको थियो भने सञ्चालन गोबिन्द प्रसाद ढकालले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत महेन्द्रनगरका माननीय न्यायाधीश उज्वल सुक्ला हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) खड्क बहादुर खत्रीको सहभागिता रहेको थियो। प्रशिक्षक ढकालले संविधानमा उल्लेखित मौलिक हक र मानव अधिकारसम्बन्धी जानकारी दिँदै भने, “कुनै एक ठाउँमा भएको अन्याय सम्पूर्ण समाजमाथि भएको अन्याय हो। स्वतन्त्रताको चाहना आफैंदेखि सुरु हुन्छ, त्यसपछि मात्र अरूको साथ पाइन्छ।” वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधान,...
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरबको युवा संयोजकमा महता

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरबको युवा संयोजकमा महता

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
साउदी अरब-कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी युवा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती साउदी अरबको युवा संयोजकको जिम्मेवारी पदम बहादुर महताले पाएका छन्।   शुक्रबार एक कार्यक्रमका साथ साउदी अरबको राजधानी रियादमा सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरबको १०औ अधिबेशन बाट २०२५-२०२७ को लागि युवा संयोजकको जिम्मेवारी महताले पाउनुका साथै प्रमाणपत्र समेत बुझेका छन् । ग्रामीण क्षेत्र बेलडाँडी गाउँपालिकाको एक सामान्य घरपरिवारमा जन्मिएका उनि वैदेशिक रोजगारीको सिलसिलामा सन २०१२ मा कर्म थलो साउदी अरब बनाएका महता पहिलो कार्यकाल सदस्य हुँदै अहिले दोस्रो कार्यकालमा युवा संयोजकको जिम्मेवारी पाएका छ्न। समाजसेवामा समर्पित रहेका उनी पछिल्लो समयमा वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब आएर आपतबिपतमा परेका नेपालिहरुको समेत सहारा बन्न पुगेका छन्। ...
एनआरएनए साउदी अरबको अध्यक्षमा भट्टराई

एनआरएनए साउदी अरबको अध्यक्षमा भट्टराई

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बिकाश सिंह महता, साउदी अरब-गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरब को १० औं राष्ट्रिय महाधिवेशन बाट सर्वसम्मत अध्यक्षमा उमेश भट्टराई चयन भएका छन्। साउदी अरबको राजधानी रियादमा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको १०औं राष्ट्रिय महाधिवेशन बाट २०२५-२०२७ कार्यकालको लागि अध्यक्षमा उमेश भट्टराईको नेतृत्व सर्वसम्मत निर्विरोध चयन भएको हो। पहिलो महिला नेतृत्व पाएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीको निवर्तमान अध्यक्ष रबिना अर्यालले आफ्नो कार्यकाल सकुशल साथ सम्पन्न गर्दै नयाँ कार्यसमिति लाई नेतृत्व हस्तान्तरण गरेको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा रबिना अर्याल, अमृत बहादुर तामाङ, राम बहादुर लामा चयन भएका छन्। भने राष्ट्रिय समन्वय परिषदको अध्यक्ष उमेश भट्टराई, वरिष्ठ उपाध्यक्ष, हेम सुवेदी, उपाध्यक्ष राज कुमार ...
समावेशी कटान सामुदायिक बनमा तिन हजार विरुवा रोपियो, ४ हजार ५ सय विरुवा रोप्ने लक्ष्य

समावेशी कटान सामुदायिक बनमा तिन हजार विरुवा रोपियो, ४ हजार ५ सय विरुवा रोप्ने लक्ष्य

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कृष्ण दत्त पन्त, महेन्द्रनगर–कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ३ स्थीत श्री समावेशी कटान सामुदायिक वनमा विभिन्न प्रजातीका ३ हजार बोटविरुवा बृक्षारोपण गरीएका छन् । समाबेशी कटान सामुदायिक बनमा बिहिबार एक हजार पाँस सय र शुक्रबार पनि एक हजार पाँच सय गरी विभिन्न प्रजातीका तिन हजार विरुवा रोपिएको सामुदायिक बनका अध्यक्ष खेमराज ओझाले बताए । वन समन्वय समिति कञ्चनपुरको ‘निजि बन प्रबद्धन तथा बृक्षारोपण सप्ताह’ कार्यक्रम अन्तरगत सामुदायिक बनमा ४ हजार पाँच सय विरुवा रोप्ने लक्ष्य लिईएकोमा शुक्रबारसम्म तिन हजार विरुवा रोपिएको अध्यक्ष ओझाले बताएका हुन् । वनमा रक्तचन्दन, कागती, बकाईनो, श्रीखण्ड, सिसम, विजयसाल र लिप्टीसका बोटविरुवा रोपिएको अध्यक्ष ओझाले बताए । बनमा घाईते बन्यजन्तु उपचार केन्द्रको स्थापना गरीने अध्यक्ष ओझाले जानकारी दिए । उनका अनुसार उपचार केन्द्रमा आरक्षबाट डाक्टर आउने र ...
प्यारा तालमा पत्रकार महासंघको बैठक सम्पन्न: पूर्वाधार विकास र खबरदारीको नयाँ चरण

प्यारा तालमा पत्रकार महासंघको बैठक सम्पन्न: पूर्वाधार विकास र खबरदारीको नयाँ चरण

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, महेन्द्रनगर- सदियौँदेखि बेवास्ताको सिकार बनेको प्यारा ताल, पुनर्वास नगरपालिका–९ मा, अहिले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ। स्थानीय पत्रकार दिपेन्द्र बस्नेतको सामाजिक सञ्जालमार्फत चलाइएको जागरण अभियान र स्थानीय समाजसेवीहरूको ऐक्यबद्धताले तालप्रति जन–चासो बढेको छ। यसले गर्दा अहिले प्यारा ताल स्थानीय तथा प्रदेश सरकारको प्राथमिकतामा पर्न सफल भएको देखिन्छ। पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयानाथ शर्माको पहलमा हालसम्म ताल क्षेत्रमा तटबन्ध निर्माण सम्पन्न भइसकेको छ भने सभा हल निर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिइएको छ। यस्तै, आज तालको छेउमै नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको बैठक सम्पन्न भयो। बैठकमा पत्रकार, समाजसेवी, स्थानीय जनप्रतिनिधि र युवाहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकको मूल उद्देश्य प्यारा तालको दीर्घकालीन संरक्षण, स्थानीय पूर्वाधारको दिगो ...
मध्यरातसम्म बसेको एमाले सचिवालय बैठकले यस्ता निर्णय गर्यो

मध्यरातसम्म बसेको एमाले सचिवालय बैठकले यस्ता निर्णय गर्यो

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं- नेकपा एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ जनामा घटाउने भएको छ । यसैगरी चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ । गएराती सम्पन्न पार्टी केन्द्रीय सचिवालयको बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ ।   जस अनुसार अब एमाले स्थायी कमिटी,पालिटव्यूरो र केन्द्रीय कमिटी मात्र रहनेछन् । पार्टी उपाध्यक्ष गुरु बरालले दिएको जानकारी अनुसार लामो छलफलपछि नेताहरु उल्लेखित विषयमा सहमतिमा पुगेका हुन् । आगामी राष्ट्रिय महाधिवेशन देखि केन्द्रीय निकायका रुपमा तीनवटा कमिटी मात्र सक्रिय हुने गरी विधान महाधिवेशनमा प्रस्ताव गरिने निर्णय भएको बरालले बताउनुभयो । १५ वटा पदाधिकारीका पदमा अध्यक्ष र महासचिव बाहेक अरु पदलाई के कसरी विभाजन गर्ने भन्ने बारेमा निर्णय गरिएको छैन । तर पार्टीका एक पदाधिकारीका अनुसार अध्यक्ष,महासचिव र उपमहासचिव एक एक,उपाध्यक्ष पाँच र सचिव सा...
व्यवसाय सञ्चालन गरे ५ देखि २५ हजारसम्म जरीवाना

व्यवसाय सञ्चालन गरे ५ देखि २५ हजारसम्म जरीवाना

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा सुनचाँदी पसल संञ्चालन गरे ५ देखि २५ हजारसम्म जरिवाना तिर्नुपर्ने भएको छ । सरकारले यो आर्थिक बर्षका लागि ल्याएको बजेट कार्यन्वयनमा आएसंगै कञ्चनपुरका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । कञ्चनपुर सुनचाँदी व्यवसायी संघले एक प्रेस नोट जारी गरी पाँच दिनका लागि सुनचाँदी पसल बन्द गरी फेरी आन्दोलनमा उत्रेको जनाएको हो । आन्दोलनको क्रममा जोकसै सुनचाँदी व्यवसायीले पसल सञ्चालन गरेमा ५ देखि २५ हजारसम्म जरिवाना तिर्नुपर्ने कञ्चनपुर सुनचाँदी व्यवसायी संघले जनाएको छ । सरकारले ल्याएको बजेटले सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू एक महिनादेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरुले असार १३ गतेदेखि पसल बन्द गरेकाले सुनचाँदीको भाउ समेत तोकि...
“अजमेरा फैशन ईन्डिया” अब नेपालमै : फेक्ट्री रेटमा सामान पाइने

“अजमेरा फैशन ईन्डिया” अब नेपालमै : फेक्ट्री रेटमा सामान पाइने

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं, नेपाल — भारतको गुजरातस्थित न. १ टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी भवन बानेश्वरबाट बिधिवत बिक्री सुरु गरेको छ ।मासिक १० लाख उत्पादन क्षमता भएको कम्पनीका अध्यक्ष अजय अजमेरा भारतका प्रतिष्ठित कपडा उद्योगी हुन । नेपालको आधिकारिक कार्यालय इन्द्रेणी भवन, नयाँ बानेश्वरको तेस्रो तल्लामा रहेको छ। यहाँबाट ग्राहकहरूले भारतकै फेक्ट्री दररेटमा सामान प्राप्त गर्न सक्नेछन्, ।भारतमा १९९२ मा स्थापना भएको कम्पनी गुजरातकै न १ कम्पनी हो । १ लाख भन्दा बढी बिक्रेता भएको यस कम्पनीले ३० भन्दा बढी देशमा आफनो ब्यापार बिस्तार गरेको छ साथै १ अर्ब भन्दा बढी ग्राहकको मन जितेको कम्पनीको दाबी छ। नेपालमा ठुलो सख्यामा ग्राहक रहेपनी विभिन्न रुपमा नेपाल समान भित्र्याउने तर आधिकारिता नभएकोले अजमेरा फेसनले नेपालका लागी आधिकारिक बिक्रेता नियुक्त गरेको छ। नेपालका लागि कम्पनीको आधिकारिक बिक्रेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज