नयाँ खबर
महेन्द्रनगर – कञ्चनपुर जिल्लाबाट प्रतिनिधि सभामा ७ जनाले प्रतिनिधित्व गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसार चार जना समानुपातिक प्रक्रियाबाट मनोनित भएसंगै प्रतिनिधि सभामा ७ जनाको प्रतिनिधित्व हुने भएको हो ।
आयोगका अनुसार प्रतिभा रावल, गीता चौधरी, निराशा चौधरी डगौरा र कृपाराम राना समानुपातिक प्रणालीअनुसार निर्वाचाचित भएका छन् । उनीहरुमध्य रास्वपाबाट प्रतिभा र गीता, एमालेबाट कृपाराम तथा नेकपाबाट निराशा रहेका छन् ।
तिन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरका तिन वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारहरु विजयी भएका हुन् । जिल्लामा निर्वाचन क्षेत्र नं. १ बाट जनसिंह धामी, क्षेत्र नं. २मा दीपक बोहरा र क्षेत्र नं. ३मा ज्ञानेन्द्र महताले ऐतिहासिक जित निकालेका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।