महिनावारी बार्न त्रिपालमुनि सुतेकी महिलासंगै बालिकाको मृत्यु
अछाम–अछाममा महिनावारी बार्न त्रिपाल मुनि सुतेकी एक महिलासहित बालिकाको ढुंगा लागेर मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल मुनि सुतिरहेका बेला निरन्तरको बर्षासंगै माथि भिरबाट ढुङ्गा खस्दा ३५ वर्षीया निमा देवी जैसी र ७ वर्षीया बालिका कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घट्ना विहान ३ बजेतिर घटेको हो ।
उनीहरुसँगै सुतेकी मृतक बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भिर घाइते छन् । उनलाई उपचारका लागि बारला स्वास्थ्य चौकी पठाइएको त्यहाबाट पनि रेफरी गरी सुर्खेत पठाईएको छ । पञ्चदेवल विनायक नगरपालिका–८ का वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार महिनावारी बार्न भनेर रत्ना भण्डारी, निमा देवि जैसी घरभन्दा माथि त्रिपालमा सुतेको र माथि अलि भिरपाखो भएकोले माथिबाट खसेको ढुङ्गा ...




















