Advertisement

पन्छी र पन्छीजन्य सामाग्रीको आयातमा पूर्णतया प्रतिबन्ध

महेन्द्रनगर– कञ्चनपुरसित सीमा जोडिएका भारतीय सीमावर्ती क्षेत्रमा कुखुरामा लाग्ने बर्ड फ्लु महामारी देखिएपछि कञ्चनपुर जिल्ला प्रशासनले भारतबाट पन्छी र पन्छीजन्य सामाग्रि आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । भारतीय सञ्चारमा माध्यममा सीमावर्ती क्षेत्र उद्यम सिह नगर र बागेश्वमा बर्ड फ्ल संक्रमण देखिएको पुष्टि भएका समाचार आएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयलाई यसबारे जानकारी गराएर नियन्त्रणका लागि पहलकदमी अघि बढाउन आग्रह गरेको थियो । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको बर्ड फ्लु नियन्त्रण समिति रहेको हुन्छ ।

त्यसपछि मंगलबार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बसेको बैठकले कञ्चनपुर जिल्ला उच्च जोखिममा भएको निष्कर्ष निकाल्दै सतर्कता अपनाउने लगायतका तिन ओटा महत्वपूर्ण निर्णय गरेको छ । उक्त बैठकबाट बर्ड फ्लु नियन्त्रण समितिले बर्ड फ्लु संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने र किसानहरुलाई सचेतना फैलाउने निर्णय गरेको छ ।

बैठकमा सहभागी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख श्याम सिह खड्काले भारतीय सीमावर्ती क्षेत्रमा बर्ड फ्लु देखिएको पुष्टि भइ सकेकाले भित्रिन नदिन सबै प्रकारका उपाय अबलम्बन गर्ने गरी छलफल गरी निर्णय गरिएको बताए । उनका अनुसार भारतबाट पन्छीजन्य सामाग्रीको आयातमा पूर्णतया प्रतिबन्ध लगाउने, सीमावर्ती क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, आपूर्तिकर्ता, व्यापारी र किसानसित बर्ड फ्लु रोग सम्बन्धि सचेतना फैलाउनका लागि अन्र्तक्रिया गर्ने, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका, दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका वडा नंम्बर ९ र १० का जनप्रतिनिधि आपूर्तिकर्ता व्यापारी, किसान र अन्य सरोकारवालासंग रोग सम्बन्धी सचेतना सजगताका अन्तरक्रिया गर्ने निर्णय गरीएको छ ।

त्यसैगरी उक्त बैटकले जिल्लास्थित सुरक्षा निकाय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधिले बर्ड फ्लु रोग नियन्त्रण र रोकथामका लागि सबै जुनसुकै समयमा पनि आकस्मिक अनुगमन गरी त्यस्तो आयातमा कडाइका साथ नियमन गर्न सक्ने निर्णय समेत गरीएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख खड्काले समितिको बैठकपछि औपचारिक रुपमा बर्ड फ्लु नियन्त्रणको प्रयास थालिएको बताए । ‘त्यहाँ भारतमा देखिएपछि कार्यालयले आफ्नो हिसाबले बर्ड फ्लु नियन्त्रणका लागि प्रयास गरि रहेको थियो, अब औपचारिक रुपमा सुरुवात भयो,’ उनले भने, ‘फैलिएको पुष्टि भइ सकेको छ, उच्च सतर्कतामा रहनै पर्ने अवस्था छ, संक्रमण फैलिएको क्षेत्रबाट हामी नजिक भएर हामी नै जोखिममा छौ, त्यसैले संवेदनशिल हुन जरुरी छ ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज