उदयदेव बहुउदेश्यीय सहकारी संस्थाद्वरा बिरामी पत्रकार धामीलाई उपचार खर्च
कञ्चनपुर - कञ्चनपुरको एक बहुउदेश्यीय सहकारी संस्थाले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउदेश्यीय सहकारी संस्थाले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेको हो ।
प्रण घातक क्यान्सर रोगसंग लडिरहेका अध्यक्ष धामीको उपचारका लागि सहकारीले उपचार खर्च सहयोग गरेको जनाएको छ । बुधबार एक कार्यक्रमका विच सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले नेपाल पत्रकार महासंघ कञ्चनपुरकी उपाध्यक्ष धर्मा रोकायालाई १५ हजार रुपैयाको चेक हस्तान्तरण गरेका छन ।
उदयदेव बहुउदेश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले समाजका लागि निरन्तर खटिएका पत्रकार धामीको उपचारका लागि संगठन सहित सबै क्षेत्रबाट उनको जिवन रक्षाका लागि सहयोग मानविता ...




















