औषधि व्यवसायी आन्दोलित, औषधी ऐन ०३५को दफा ११को उपदफा ५खारेजीको माग
महेन्द्रनगर - सुदूरपश्चिमका औषधी व्यवसायी आन्दोलित भएका छन । देशभरका औषधी व्यवसायी आन्दोलित भएका बेला सुदूरपश्चिमका औषधी व्यवसायी पनि आन्दोलित भएका हुन ।
सरकारले औषधी व्यवसायीमाथि अन्याय गरेको भन्दै औषधी पसल बन्द गरेर आन्दोलनमा उत्रेका छन । औषधी व्यवसायीहरुले झण्डै ५ दशक अघि बनेको औषधी ऐन व्यवहारिक हुनुको साटो व्यवसायीलाई झन धरासायी विस्थापित गर्ने हिसाबले संशोधन गरिएको बिरोधमा आन्दोलन गरिरहेका छन ।
औषधी ऐन ०३५ लाई गत साउनमा सरकारले संशोधन गरेर झन व्यवसायी विदेशीन बाध्य पारेर गरिएको संशोधन तत्तकाल फिर्ता हुनुपर्ने माग अघि सारेका छन । नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गजेन्द्रदेव लेखकले ऐन व्यवसायीहरुको हकहित भन्दा पनि व्यवसाय धरासायी पार्ने गरेर बनाएको हुन बाध्य भएर आन्दोलन गर्न लागेकोे बताए ।
अध्यक्ष लेखकले उक्त ऐन बिरुद्धमा नेपाल औषधी व्यवसायी संघ, नेपाल आयुर्वोद र ...




















