Advertisement

Author: नयाँ खबर

कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
पुजा डगौरा, महेन्द्रनगर - कंचनपुरको बेलौरी ७ पौलाहा मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। सोमबार बिहान आफ्नै घरमा कपडा सुकाउने क्रममा घरको विद्युत लाइनमा लिकेज भइ करेन्ट लागेर मृत्यु भएको हो। कपडा सुकाउने क्रममा करेन्ट लागेकी २६ वर्षीया महिला हरिना चौधरी लाई उपचारका लागि बेलौरी हेल्थ पोस्ट लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका छन्। प्रहरीका अनुसार घटना बिहान ८ बजे तिर भएको हो। प्रारम्भिक अनुसन्धानबाट विद्युत् चुहावटका कारण दुर्घटना भएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं डिएसपी सागर बोहराले बताउनुभयो।...
पेशागत बीमा अभिकर्ता संघ नेपाल कञ्चनपुरको अध्यक्षमा दर्शन शुक्र विष्ट चयन

पेशागत बीमा अभिकर्ता संघ नेपाल कञ्चनपुरको अध्यक्षमा दर्शन शुक्र विष्ट चयन

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल लाइफ इन्स्यारेन्स नेपाल आवद्ध अभिकर्ताहरुको पेशागत बीमा अभिकर्ता संघ नेपाल कञ्चनपुरको अध्यक्षमा दर्शन शुक्र विष्ट चयन भएका छन् । नेपाल लाइफ इन्स्यारेन्स नेपालको महेन्द्रनगर शाखाको सभा कक्षमा शनिबार सम्पन्न पाँचौ अधिवेशनबाट विष्टको अध्यक्षतामा सर्वसम्मति नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा सन्जु कुमारी रावल, सचिव दिपकराज जोशी, सह सचिव नानेश्वरी कुमारी सिंह, कोषाध्यक्षमा सविता चन्द शाह चयन गरीएका छन् । त्यसैगरी सदस्यहरुमा शंकर सिह रावल, सरस्वती कुमारी धामी,जगदीश सेठी, संगिता भट्ट, पदमराज कलौनी र हर्क बहादुर चन्द चयन भएका छन् । पेशागत बीमा अभिकर्ता संघ नेपालका सुदूरपश्चिम इन्चार्ज महेशदत्त भट्टले अधिवेशन उद्घाटन गरे । सुदूरपश्चिम इन्चार्ज भट्टले नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुलाई निश्चित कम्पनी बाहेक बाहिर कारोबार गर्न नदिएर अंकुश लगाउने कार्य गरेको ...
कञ्चनपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा बाहेक सबै पदाधिकारी निर्विरोध

कञ्चनपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा बाहेक सबै पदाधिकारी निर्विरोध

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति पदाधिकारीमा कोषाध्यक्ष बाहेक सबै निर्विरोध निर्वाचित भएका छन् । सङ्घको १८औँ कार्यकारिणी समितिको निर्वाचन अन्तरगत उम्मेदवार मनोनयनमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरुका लागि एक एक जनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । व्यवसायीबीचको आपसी समझदारी, सहकार्य जीवित रहेको कुरालाई पुष्टि गरेको छ । अध्यक्षमा दिनेश मल्ल, वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र प्रसाद साउद, उपाध्यक्ष ९उद्योगतर्फ० पदमा तेजबहादुर चन्द, वाणिज्य उपाध्यक्ष पदमा गणेश चटोत, महासचिव पदमा राहुल भट्ट र सचिव पदमा नरेन्द्र प्रसाद जोशी सर्वसम्मत चयन भएका छन्। यद्यपि, कोषाध्यक्ष र सदस्य पदमा भने सर्वसम्मति कायम हुन सकेको छैन। ती पदमा एकभन्दा बढी उम्मेदवारी परेकाले सहमतिका लागि छलफल जारी रहेको छ। सहमति हुन नसके संघको विधानअनुसार निर्वाचन प्रक्रियामार्फत टु...
कञ्चनपुरबाट सात जना जुवाडे पक्राउ

कञ्चनपुरबाट सात जना जुवाडे पक्राउ

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर – कञ्चनपुरबाट सात जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका(१८ गल्ली नम्वर ५ मा रहेको पर्वत होटलमा जुवातास खेलिरहेका ७ जना जुवाडेलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेका ७ जना र नगद २२ हजार एक सय पन्ध्र रुपैयाँ बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।...
नेकपा डडेल्धुराद्धारा प्रतिनिधि सभाका लागि बोहरासहित तिन जना उम्मेदवार सिफारिस

नेकपा डडेल्धुराद्धारा प्रतिनिधि सभाका लागि बोहरासहित तिन जना उम्मेदवार सिफारिस

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
डडेल्धुरा – नेपाली कम्युनिस्ट पार्टी(नेकपा) डडेल्धुराले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सशस्त्र युद्धदेखि निरन्तर खटिएका अनिल बोहरासहित तिन जना प्रत्यासिको नाम सिफारिस गरेको छ । बिहिबार सम्पन्न पार्टी बैठकले डडेल्धुरा जिल्लाको एकमात्र निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारका नाम सिफारिस गरेको छ । प्रत्यक्ष तर्फ अनिल बोहरा, निरादेवी जैरु र मानसिंह मालको नाम सिफारिस गरेको हो । त्यसैगरी जेन्जी तर्फबाट मुकुन्द भट्टको नाम सर्वसम्मतरूपमा सिफारिस गरिएको नेकपा डडेल्धुराले जनाएको छ । यसैगरी समानुपातिकतर्फ अहिल्या कुँवर, शकुन्तला नगरकोटी, नरबहादुर बिष्ट, नन्दादेवी भट्ट र धर्म विक लगायतको नाम सिफारिस गरिएको छ। सिफारिस भएका नामहरू केन्द्रमा पठाइने र अन्तिम निर्णय पार्टीको केन्द्रीय तहबाट हुने नेकपा डडेल्धुराले जनाएको छ ।...
शुक्लाफाँटा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शुक्लाफाँटा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको शुक्लाफाँटामा नगरपालिका स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा न ७ स्थित धर्म जनता माविको खेल मैदानमा सुरु भएको छ। बिहीबार शुक्लाफाँटा नगर खेलकुद विकास समितिका अध्यक्ष चक्रबहादुर साउँदको अध्यक्षता तथा नगर प्रमुख रणबहादुर महराको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घघाटन गरिएको हो।शुक्लाफाँटा नगरपालिका–७ स्थित धर्मजनता माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको उद्घघाटन कार्यक्रममा नगर प्रमुख महराले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको बताए। ‘यो प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गरिनेछ। प्रतियोगितामार्फत मात्र होइन, नगरपालिकाले समग्र रूपमा खेलकुद र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ,’ उनले भने। उनले वडा नं. १० मा आधुनिक कभर्ड हल निर्माण गरिएको र वडा नं. १ मा अधुरो अवस्थामा रहेको कभर्ड हललाई पूर्णता दिइएको बताए।राष्ट...
कञ्चनपुर कारागारबाट कैदीबन्दी स्थानान्तरण

कञ्चनपुर कारागारबाट कैदीबन्दी स्थानान्तरण

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर कारागारबाट कैदीबन्दी स्थानान्तरण गरीएको छ । सोमबार कञ्चनपुर गारागारबाट ११ जना कैदीबन्दी नेपालगञ्ज र दाङका कारागारमा स्थानान्तरण गरीएको हो । गत शुक्रबार पोशाक भत्ताको रकमलाई लिएर कारागारमा कैदीबन्दीविच झडवको स्थीती सृजर्ना भएको थियो । कैदीबन्दी, नाइके र चौकीदारविच भएको झडपमा १३ जना घाईते भएका थिए । घाईते भएकाहरु उपचारपछि स्थानान्तरण गरीएको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले घाइते भएका सबैलाई नेपालगञ्ज र दाङ्ग पठाइएको बताए ।...
बेलडाँडीका समाजसेवी ‘सिताराम’को निधन

बेलडाँडीका समाजसेवी ‘सिताराम’को निधन

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
केशव थापा, कञ्चनपुर - कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह महरा (सिताराम)को निधन भएको छ । बेलडाँडी गाँउपालिका १ झिलमिलाबस्तीका समाजसेवी महरा (सिताराम)को निधन भएको हो । लामो समयदेखि बिरामी रहेका समाजसेवी सितारामको ६पुष(आइतबार) निवासमै निधन भएको परिवारजनले बताएका छन । सितारामको आइतबारै दिउँसो सितारामको धार्मिक परम्परा अनुसार झिलमिला स्थित चौधर नदीमा अन्त्येष्टी गरिएको छ । सितारामका जेठा छोरा करन, नाती खडकु, बिनोदले पार्थिव शरिरमा दागबन्त्ती दिएका थिए । सितारामको अन्त्येष्टीमा उनका सहकर्मीदेखि आफन्त, ईष्टमित्र सयौँ गाँउले सहभागि भएका थिए । हरेक मलामीले सितारामको समाजिक योगदानको चर्चा गरिरहेका थिए । दिवङगत भएका ७५ बर्षिया सिताराम पञ्चयातकालिन जनप्रतिनिधीदेखि गणतान्त्रिक युगका समाजसेवी हुन । पञ्चायतकालमा तत्तकालिन बेलडाँडी गाविस ९का वडाध्यक्ष सिताराम राजनैतिक, समाजिक व्यक्तित्...
कञ्चनपुरको हल्दुखालमा भुवा पर्वको रौनक

कञ्चनपुरको हल्दुखालमा भुवा पर्वको रौनक

samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रगनर– ए यो भुवो काँ जादो र ? भस्सा रे भस्सा । ए दै केला खान, भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे‘। भस्सा ।। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ७ हल्दुखालमा रहेको राधाकृष्ण मन्दिर संरक्षण समितीले भुवा पर्व(भस्सो) को आयोजना गरेको छ । उक्त कार्यक्रमको सभाध्यक्षमा समितीका अध्यक्ष लक्ष्मण अधिकारी, प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशी रहनु भएको थियो कार्यक्रममा सम्बोधन गर्दे नगर उप प्रमुख लेखकले सुदूरपश्चिममा एकतामा विभधता रहेको आफनै मौलिकपन आफनै कला संस्कृती रहेको यसको जेगर्ना गर्न सबैले आआफनो क्षेत्रबाट लाग्नु पर्ने बताउनु भयो । साथै आफ्नो मौलिक कला सस्कृती बचाउनका लागि आफ्नो सस्कृती लाई माया गरि यो भुवा भस्सो कार्यक्रमको आयोजना गरेको प्रती आयोजकलाई धन्यवाद व्यक्त गर्नु भयो । सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी र कर...
कृष्णपुरमा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

कृष्णपुरमा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा नगरपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता कृष्णपुर नगरपालिका–७ शान्तिपुरस्थित श्री कञ्चन माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना गरिएको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित प्रतियोगिताको उद्घाटन समारोह नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समिति कञ्चनपुरकी रामकुमारी राना सहभागी थिए । उद्घाटन कार्यक्रममा नगर उपप्रमुख द्रौपती राना, पूर्व नगर प्रमुख कर्णबहादुर हमाल, जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका अध्यक्ष कुबेर खड्का, जिल्ला समन्वय समिति सदस्य जयसिंह बिष्ट, नगरपालिकाका कार्यालय प्रमुख खगेन्द्र...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज