Advertisement

Author: नयाँ खबर

सुदूरपश्चिममा भुवा पर्वका अवसरमा बिदा

सुदूरपश्चिममा भुवा पर्वका अवसरमा बिदा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले पुस ४ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भुवा पर्वका अवसर पारेर प्रदेश सरकारले शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यो पर्व पहाडका विभिन्न जिल्लासहित तराईमा पनि मनाइने गरिएको छ । विशेष गरेर बाजुरा, बझाङबाट बसाइँ सरेर तराई झरेकाले कैलाली, कञ्चनपुरमा यो पर्व मनाउने गरेका छन्। यस पर्वका अवसरमा प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिइएको प्रदेश सरकारको राजपत्रमा उल्लेख छ । पुस महिनाको औँसीबाट भुवो पर्व सुरु हुने गरेको बताइएको छ। पिठोको टीका लगाएर खेल सुरु गरिने हुनाले भुवोको सुरुवातलाई ‘पिठाया’ भन्ने चलन रहेको छ। विभिन्न गाउँ गाउँमा गएर पिठाया लगाउँदै गाउँ गाउँमा भुवो नाच देखाउने चलन रहेको जनाइएको छ । द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजयी हासिल गरेपछि निकालिएको विजयी जुलुसमा तरबार र ढाल नचाउँदै खुसियाली मनाइएको र ...
एमाले पदाधिकारीमा ईश्वर पोखरेल प्यानलका विष्ट र भट्टराई निर्वाचित

एमाले पदाधिकारीमा ईश्वर पोखरेल प्यानलका विष्ट र भट्टराई निर्वाचित

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
महेन्द्रनगर – नेकपा एमालेको ११औं महाधिवेशन अन्तरगत १९ पदाधिकारी र ३०१ जनाकेन्द्रीय सदस्यका लागि निर्वाचन सम्पन्न भएको छ । उक्त निर्वाचनमा १९ जना पदाधिकारीमध्ये एक उपाध्यक्ष र एक उप महासचिव बाहेक सबै पदमा अध्यक्ष केपी शर्माओली पक्षका उम्मेदवार विजयी भएका छन् । ईश्वर पोखरेल पक्षबाट चुनाव लडेका गोकर्ण विष्ट उपाध्यक्षमा र योगेश भट्टराई उप महासचिवमा जितेका छन् । पोखरेल भने अध्यक्षमा ओलीसँग पराजित भए । उपाध्यक्षमा गोकर्णले १३६८ मत प्राप्त गरे भने भट्टराईले १३४८ मत प्राप्त गरेका हुन् । एमालेमा एक अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिव पदाधिकारी छन् । भने ३०१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।...
पूर्व मुख्यमन्त्री रावल र बहालवाला मन्त्री थापा एमाले केन्द्रीय सदस्यमा पराजित

पूर्व मुख्यमन्त्री रावल र बहालवाला मन्त्री थापा एमाले केन्द्रीय सदस्यमा पराजित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रासाद रावल र प्रदेश सरकारका वहालवाला मन्त्री विर बहादुर थापा नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य पदको निर्वाचनमा पराजित भएका छन् । नेकपा एमालेको ११औ महाधिवेशनमा भएको केन्द्रीय सदसयको निर्वाचनमा पूर्वमुख्यमन्त्री रावल र वर्तमान मन्त्री थापा केन्द्रीय सदस्यको निर्वाचनमा पराजित भएका हुन् । अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक प्यानल समूहबाटै खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको भएता पनि पूर्वमुख्यमन्त्री रावल केन्द्रीय सदस्यमा निर्वाचित हुन सकेनन् । उनले जम्मा ९४३ मत मात्र प्राप्त गरेका छन् । यस्तै, सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् । अध्यक्ष ओलीको समूहमा नसमेटिएपछि थापाले भूगोल सुदूरपश्चिमतर्फबाट केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । ...
एमाले केन्द्रीय कमिटीमा कञ्चनपुरका तिनै निर्वाचन क्षेत्रबाट एक÷एक नेता निर्वाचित

एमाले केन्द्रीय कमिटीमा कञ्चनपुरका तिनै निर्वाचन क्षेत्रबाट एक÷एक नेता निर्वाचित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – एमाले केन्द्रीय कमिटीमा कञ्चनपुरका तिनै निर्वाचन क्षेत्रबाट एक/एक जना केन्द्रीय सदस्य निर्वाचित भएका छन । एमालेको ११ औं महाधिवेशनबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. का कमला बोहरा, निर्वाचन क्षेत्र नं. २ का कृपाराम राना र निर्वाचन क्षेत्र नं. ३का निरुदेवी पाल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । १०औ महाधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्य भएका उनीहरु पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । केन्द्रय सदस्यमा निर्वाचित उनीहरुले क्रमशः १८८८, १९१९ र १८४३ मत लिएका छन् । पुनः केन्द्रीय सदस्यमा निर्वाचित पाल एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज थिइन् । यसैगरी बोहरा निर्वाचन क्षेत्र नं. १ र राना ३ नम्बर क्षेत्रका इन्चार्ज थिए । राना संविधान सभा सदस्य हुन् । निर्वाचित तीन केन्द्रीय सदस्यमध्ये पाल र बोहरा खुला र राना थारुबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । एमाले अध्...
जन्मदिनको अवसरमा उज्यालो नेपाल पाटीका केन्द्रीय सदस्य कुमालद्वारा खाद्यान्न फलफुल वितरण

जन्मदिनको अवसरमा उज्यालो नेपाल पाटीका केन्द्रीय सदस्य कुमालद्वारा खाद्यान्न फलफुल वितरण

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
सञ्जय महरा - ज्यालो नेपाल पाटी कञ्चनपुरका एक नेताले आफ्नो जन्मदिनको अवसरमा बेसाहरा नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेर मनाएका छन । उज्यालो नेपाल पाटी केन्द्रीय सदस्य भीम बहादुर कुमालले आफ्नो जन्मदिनको अवसरमा बेसाहरा नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेर मनाएका हुन । बिहिबार ५पुष ०८२ एक कार्यक्रमका विच दोधाराचाँदनी नगरपालिका २चाँदनीका स्थानीय समेत रहेका समाजसेवी राजनीतिक नेता कुमालले भीमदत्त नगरपालिका ५बनखेतको महिला तथा बृद्ध आश्रम सेवा केन्द्रमा बस्दै आएका बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेका छन । उज्यालो नेपाल पाटीका केन्द्रीय सदस्य समेत रहेका समाजसेवी भीम बहादुर कुमालले आफ्नो खुसियालीमा समाजिक काम गरेको बताए । उनले बेसाहरा नागरिकलाई एक छाक भएपनि भोको पेट भर्नका लागि सक्दो सहयोग गरेको बताए । उनले आगामी दिनमा समेत आश्रम सहित बेसाहरा नागरिकलाई सक्दो सहयोग गर्ने ...
राधेराधे आमा समुहद्धारा पत्रकार महासंघ अध्यक्ष धामीको उपचारार्थ आर्थिक सहयोग

राधेराधे आमा समुहद्धारा पत्रकार महासंघ अध्यक्ष धामीको उपचारार्थ आर्थिक सहयोग

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–राधेराधे आमा समुह कटानले पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । आमा समुहले प्यांक्रियाज क्यान्सरको उपचार गरीरहेका पत्रकार महासंघ कञ्चपनुरका अध्यक्ष धामीको उपचारका लागि १२ हजार १ सय रुपयाँ सहयोग गरेको हो । मंगलबार राधेराधे आमा समुहका अध्यक्ष सरस्वती दाहालले पत्रकार महासंघ शाखा कञ्चनपुरका साधारण सदस्य एवं नयाँ खवर डटकमका सम्पादक संञ्चालक धन बहादुर बोहरा सहयोग रकम हस्तान्तरण गरेका छन् । अध्यक्ष दाहालले सहयोग रकम हस्तान्तरणपछि आत्मिय सद्भाव र मानवियताका हिसावले समुहका सदस्यबाट रकम संकलन गरी सहयोग गरेको बताए । उनले पत्रकार महासंघ अध्यक्ष धामीको स्वास्थ्य लाभको कामना गर्दै फेरी पनि सक्दो सहयोग गर्ने बताए । पत्रकार धन बहादुर बोहराले पत्रकार महासंघको तर्फबाट धन्यवाद दिदै सहयोग गर्ने आमा समुहका सदस्यहरुलाई धन्यवाद दिए । बोहराले अध्य...
सुख्खा बन्दरगाह निर्माण स्थल नजिक शव भेटियो

सुख्खा बन्दरगाह निर्माण स्थल नजिक शव भेटियो

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिकामा निर्माणाधिन सुख्खा बन्दरगाह निर्माण स्थल नजिक दोधारा चाँदनी नगरपालिका २ का ३० बर्षिय धर्मेन्द्र सुनारको शव भेटिएको छ । मंगलबार विहान दोधारा चादनी नगरपालिका वडा नं. १ स्थति मलेरीया नालामा धर्मेन्द्रको शव भेटिएपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी टोली शव देखिएको स्थानमा आएपछि सुनार दोधारा चाँदनी २ का भएको खुलेको हो । परिवारका अनुसार हल्का मानसिक सन्तुलन ठिक नभएका सुनार मंसिर २१ गते “दिल्ली जान्छु” भनी घरबाट हिँडेका थिए । त्यसदिनदेखि परिवारको सम्पर्कबाहिर रहेका उनी मलेरीया नालामा मृत भेटिएका हुन् । शव पोष्टमाटम पछि परिवारलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डिएसपि सागर बोहराले बताए ।...
एमाले महाधिवेशन : मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने

एमाले महाधिवेशन : मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाण्डौ – एमालेको नेतृत्व चयनको मतदान प्रक्रिया भोलि विहान ८ बजेसम्मका लागि सरेको छ । केहीबेरमा मतदान सुरु हुने भनिएको मतदान प्राविधिक कारण बुधबार विहान ८ बजेसम्मका लागि सरेको हो । एमालेका महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको बताएका छन् । ‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘चिसो मौसमका कारण हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’...
कञ्चनपुर कारागारबाट कैदी भगाएको आरोपमा तीन जना पक्राउ

कञ्चनपुर कारागारबाट कैदी भगाएको आरोपमा तीन जना पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर कारागारबाट कैदी बन्दीहरू भगाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागार परिसरमा प्रवेश गरी कैदी बन्दीहरू बाहिर निकाल्ने कार्यमा संलग्न रहेको पाईएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार कारागार प्रशासनलाई चुनौती दिँदै कैदीहरू बाहिर निकाल्ने गतिविधिमा संलग्न रहेको प्रमाण भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाहरूको परिचय हाल गोप्य राखिएको उनले बताए । पक्राउ परेकाहरूको बयानका आधारमा घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य तीव्र पारिएको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिए । ‘भदौ २४ गते भएको घटनामा संलग्नहरूको पहिचान र पक्राउका लागि अनुसन्धा...
पत्रकार महासंघ अध्यक्ष धामीको उपचार गर्न उद्योग बाणिज्य संघद्धारा ५१ हजार आर्थिक सहयोग

पत्रकार महासंघ अध्यक्ष धामीको उपचार गर्न उद्योग बाणिज्य संघद्धारा ५१ हजार आर्थिक सहयोग

Breaking News 2, samachar, अर्थ, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर उद्योगबाणिज्य संघले पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । बाणिज्य संघले प्यांक्रियाजको क्यान्सरको उपचार गरीरहेका पत्रकार महासंघ कञ्चपनुरका अध्यक्ष धामीको उपचारका लागि ५१ हजार रुपयाँ सहयोग गरेको हो । सोमबार बाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले पत्रकार महासंघ शाखा कञ्चनपुरका महिला उपाध्यक्ष धर्मा रोकायालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । बाणिज्य संघ अध्यक्ष जोशीले बाणिज्य संघको बैठकमा पत्रकारमहासंघ उपाध्यक्ष रोकायालाई चेक हस्तान्तरण गरेका थिए । बैठकमा बाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थीती रहेको थियो । बाणिज्य संघका अध्यक्ष जोशीले समाज परिवर्तन गर्न रातदिन खटिने पत्रकार धामीको उपचारका लागि बाणिज्य संघको तर्फबाट सक्दो सहयोग गरीएको बताए । पत्रकार महासंघको तर्फबाट उपाध्यक्ष धर्मा रोकाय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज