Advertisement

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२ साल पौष २८ गते भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ। वन संरक्षण, दिगो व्यवस्थापन र समुदायको सहभागितालाई केन्द्रमा राख्दै आयोजित साधारणसभामा स्थानीय जनप्रतिनिधि, वन क्षेत्रका अधिकारी, सामुदायिक वनका अध्यक्षहरू तथा उपभोक्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

साधारणसभाको अध्यक्षता सभापति नित्यानन्द जेठराले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका वन निर्देशक श्री हेमराज बिष्ट रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथि कञ्चनपुरका जिल्ला वन अधिकृत (DFO) लक्ष्मी राज जोशी, पूर्व मेयर कर्णबहादुर हमाल, कृष्णपुर–४ का वडा अध्यक्ष धर्मबहादुर सिंह, वन अधिकृत भरत शाह, इलाका प्रशासन कार्यालय गुलरियाका प्रमुख प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो। साथै जिल्लाभरिका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षज्यूहरू पनि विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

कार्यक्रमको सञ्चालन शिवदत्त पन्तले गर्नुभएको थियो भने हरियाली सामुदायिक वनकी उपाध्यक्ष उषा थापा मगरले स्वागत मन्तव्य राख्दै सामुदायिक वनले संरक्षण, रोजगारी, हरियाली प्रवर्द्धन र समुदायको जीवनस्तर उकास्न खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो। कार्यक्रममा चर्चित डेउडा गायक डिलिराज फुलेराले जेष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै सांस्कृतिक प्रस्तुतिमार्फत कार्यक्रमलाई थप आकर्षक बनाउनु भयो।

साधारणसभामा ६२ जना जेष्ठ नागरिकलाई विशेष सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा चुलिया चौधरी, वीरसिंह खड्का, लक्ष्मी चन्द लगायतका जेष्ठ नागरिकहरू रहनुभएको थियो। आयोजकले जेष्ठ नागरिकहरूको योगदानलाई समाज र सामुदायिक वनको मेरुदण्डको रूपमा सम्मान गरिएको उल्लेख गरे।

कार्यक्रममा सहभागी सुदर्शनपुर वडा नम्बर ५ की मिना देवी मालीले सामुदायिक वनबाट दाउरा तथा काठ वितरणमा समान पहुँच नपाएको गुनासो राख्दै “हामीलाई दाउरा–काठ कहिल्यै दिइँदैन” भन्ने प्रश्न उठाउनु भयो। यस विषयमा अतिथिहरूले सामुदायिक वनले सबै उपभोक्तालाई पारदर्शी र समान प्रणालीमार्फत सेवा दिनुपर्नेमा जोड दिनुभयो।

प्रमुख अतिथि वन निर्देशक हेमराज बिष्टले सामुदायिक वन नेपालको वन संरक्षण मोडेलकै सफल अभ्यास भएको उल्लेख गर्दै दिगो वन व्यवस्थापन, पारदर्शिता, समावेशिता र स्थानीयको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। विशिष्ट अतिथि DFO लक्ष्मी राज जोशीले वन नियम, काठ–दाउरा वितरण प्रक्रिया र भविष्यका योजनाबारे जानकारी गराउँदै गुनासो समाधानका लागि सहकार्य गरिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी, जानकी सामुदायिक वनका अध्यक्ष चन्द्रप्रकाश भट्ट, उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन रानालगायतले अनुभव साटासाट गर्दै सामुदायिक वनबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

अन्त्यमा सभापति नित्यानन्द जेठराले सहभागी सबै अतिथि, उपभोक्ता तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा वन संरक्षणसँगै उपभोक्ताको हक–अधिकार सुनिश्चित गर्ने, विवाद समाधान गर्ने र वनबाट प्राप्त स्रोतको न्यायोचित वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसरी हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा समुदाय, वन र विकासलाई जोड्ने महत्वपूर्ण मञ्चका रूपमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज