
बिपिन जोशीको घरपरिवार आशाबादी
महेन्द्रनगर - दुई वर्षदेखि हमास समूहको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे इजरायली अधिकारीलाई उदृत गर्दै इजरायली राजदूत धनप्रसाद पण्डितले जोशीको घरपरिवारलाई जीवित भएको प्रमाण फेला नपरेको जानकारी गराएका छन् ।
उक्त खबरले कञ्चनपुरको भीमदत्त नगरपालिका– ३, महेन्द्रनगर बिचपुरी टोलमा सन्नाटा छाएको छ । सोमबार बिहान इजरायली सरकारले नेपाली राजदुतावास र परिवारलाई भिडियो कलमार्फत दिएको सूचनामा परिवार अझै विश्वस्त नभएता पनि अन्योलमा परेको छ । विपिनका ठुलोबुबाका छोरा(दाजु) किशोरका अनुसार नेपाली विद्यार्थी विपिनको घरपरिवार एकातिर अन्योलमा छ भने अर्कातिर अझै आशावादी रहेको छ ।
हमास समुहले सोमबार २० कैदीबन्दीसँगै विपिन जोशी पनि रिहा गर्ने आशामा परिवार थियो । तर, विपिन बारे आएको पछिल्लो खबरले अमेरिकामा रहेकी विपिन जोशीको बहिनी पुष्पा, आमा पद्मा र नेपाल(घर)मै रहेका बाबु महानन्दमाथि थप...