Advertisement

Day: १० बैशाख २०८२, बुधबार

बेदकोट वडा नंम्बर ९ का वडा अध्यक्ष विष्टको निधन

बेदकोट वडा नंम्बर ९ का वडा अध्यक्ष विष्टको निधन

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नंम्बर ९ का वडा अध्यक्ष जनक विष्टको निधन भएको छ । बेदकोट नगरपालिकाको वडा नं. ३ मा पर्ने बेदकोट ताल क्षेत्रमा दिउसो अचेत अवस्थामा भेटिएका वडा अध्यक्ष विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यू भएको हो । उपचारका लागि महाकाली प्रादेशिक अस्पलालमा भर्ना गरिएका उनलाई साँझ चिकित्सले मृत घोषणा गरेका थिए । वडाध्यक्ष विष्टको मृत्युबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले वडाध्यक्षको निधनको कारणबारे अनुसन्धान भइरहेको जानकारी नयाँखवर डटकमलाई दिनुभयो । निधनको एक दिनअघि मात्रै वडाध्यक्ष विष्टले समाजिक सञ्जालमा हाँसोभित्रको पीडा भन्दै फेसबुक स्टाटस राखेका थिए। बिहान वडामा सामाजिक सुरक्षा–भत्ता वितरण गरेपछि उनी कामका लागि भन्दै मोटरसाइकलमा निस्किएका थिए । उनले वडासदस्य पार्वती ...
स्वस्तिक हस्पिटल र अमिटी कलेजबीच सम्झौता, उपचारमा छुटदेखि प्रयोगात्मक अभ्याससम्म

स्वस्तिक हस्पिटल र अमिटी कलेजबीच सम्झौता, उपचारमा छुटदेखि प्रयोगात्मक अभ्याससम्म

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र महेन्द्रनगरको अमिटी कलेजबीच सहकार्य गर्ने सम्झौता भएको छ । स्वस्तिकका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारी र कलेजका प्रधानाध्यापक रवीन्द्र अवस्थीबीच भएको सम्झौतामा कलेजका कर्मचारी र विद्यार्थीलाई उपचारमा छुट सुविधादेखि कलेजमा सञ्चालनमा रहेको मेडिकल कोर्सका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासको अवसर प्रदान गर्ने उल्लेख छ । ‘विद्यार्थीद्वारा अस्पतालमा स्थलगत अवलोकन, इन्टर्नशिप तथा अन्य किसिमका सिकाइहरूका लागि समन्वय गरिनेछ,’ सम्झौतामा उल्लेख छ, ‘अस्पताल प्रशासनबाट कलेजका विद्यार्थीहरूसँग सिकाइ कक्षा, अन्तक्र्रिया तथा गेस्ट लेक्चर लगायतका कार्यक्रममा गरिनेछन् ।’ अस्पतालले कलेजमा आवद्ध हरेक विद्यार्थी, कर्मचारी र विद्यार्थीका परिवारका सदस्यहरूलाई तोकिएबमोजिम छुट सुविधा दिने अध्यक्ष तिवारीले जानकारी दिए ।...
सुदूरपश्चिममा राज्यपक्षबाट मानव अधिकार उलङघनका घट्ना शुन्य, तर गैरराज्यपक्षबाट दुई सय चार घट्ना

सुदूरपश्चिममा राज्यपक्षबाट मानव अधिकार उलङघनका घट्ना शुन्य, तर गैरराज्यपक्षबाट दुई सय चार घट्ना

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेशमा पछिल्लो तिन महिनामा राज्यपक्षबाट मानव अधिकार उलङघनका घटनाहरु शुन्यमा झरेका छन् । ईन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले सार्वजनिक गरेकोे तथ्याङ्कले राज्यपक्षबाट मानव अधिकार उलंघनका घट्ना नघटेको देखाएको हो । बुधबार महेन्द्रनगरमा ईन्सेक प्रदेश कार्यालयले पत्रकारहरुसंगको नियमित बैठकमा सन २०२५को सुरुवाति तिन महिनाको तथ्यांक सार्वजनिक गरेको हो । ईन्सेक प्रदेश कार्यालयले जनवरी देखि मार्चसम्ममा राज्य पक्षबाट कुनैपनि मानव अधिकार उलङघनका घट्ना नभएको देखाएता पनि गैरराज्य पक्षबाट भने मानव अधिकार उलङ्घनका दुई सय ४ घट्ना घटेको देखाएको छ । गैरराज्य पक्षबाट भएका दुई सय ४ घट्नामध्ये सबैभन्दा बढि १९५ महिला पिडित रहेको ईन्सेकका प्रदेश अधिकृत कृष्ण विकले बताउनुभयो । त्यसैगरी ईन्सेकको तिन महिनाको तथ्यांकअनुसार १ सय ६५ महिला अधिकार हनन्का, २६ घट्ना बालअधिकार उलङ्घन,...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज