मेघा बचत तथा ऋण सहकारी संस्थालद्धारा अध्यक्ष धामीको उपचार गर्न आर्थिक सहयोग
महेन्द्रनगर : कञ्चनपुमा रहेको मेघा बचत तथा ऋण सहकारी संस्थाले पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीको उपाचार गर्न आर्थिक सहयोग गरेको छ ।
भारतको दिल्लीमा क्यान्सर रोगको उपचार गराई रहनु भएका अध्यक्ष धामीको स्वास्थ्य उपचारको लागि मेघा बचत तथा ऋण सहकारी संस्थाले २८ हजार ६ सय ६ रुपैया सहयोग गरेको हो । मंगलबार सहकारीका प्रबन्ध निर्देशक सुनिल सेठिले पत्रकार महासंघ शाखा कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायालाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । सस्थामा कार्यरत कर्मचारीहरुबाट १७ हजार ६ सय ६ रुपयाँ र संस्थागतरुपमा ११ हजार रुपया गरी उक्त रकम संस्थाले सहयोग गरेको प्रबन्धक सेठीले बताए । संस्थाको तर्फबाट सक्दो सहयोग फेरी पनि गर्ने बचन व्यक्त गरे । पत्रकार महासंघका उपाध्यक्ष धर्मा रोकायाले सहकारी परिवारलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका सचिव कुण्...




















