Advertisement

बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय ‘बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सुरु भएको छ । बुधबार स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा आर्थिक बर्ष २०८१/०८२ मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय ‘बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सुरु भएको हो । बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी दुई दिन सम्म चल्नेछ । बुधबार उक्त गोष्ठीको औपचारीकरुपमा समुद्धघाटन गरीएको छ । गोष्ठीमा आर्थिक बर्ष २०८१/०८२ मा जिल्लाका नौ वटै पालिका, महाकाली प्रादेशिक अस्पताल, महाकाली आयुर्वेद औषधालय र दातृ निकायहरुले सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने, पालिकाहरुले पाएको लक्ष्य प्राप्त ग¥यो कि गरेन बार्षिकरुपमा मूल्यांक तथा समीक्षा गरीने समुद्धघाटन कार्यक्रमको अध्यक्षता समेत गरेका स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख नरेन्द्र सिंह रावलले बताए । ‘कार्यक्रमका सबै पालिकाको प्रगति प्रतिवेदन प्रस्तुती गरीनेछ,’ उनले भने दिएको लक्ष्य मिट गरे÷नगरेको समीक्षा गछौ र आगामी बर्षको लागि लक्ष्य निर्धारण गछौ ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले खोप छुटेको व्यक्तिले कहि न कहिबाट लगाएको होला भनेर ईन्सियर नहुन आग्रह गर्दै गोष्ठीबाट अर्को बर्षको लागि राम्रो योजना तर्जुमाका लागि शुभकामना दिए । ‘स्वास्थ्य क्षेत्रको अभिलेख अनुसार ९९ प्रतिशत मानिसले खोप लगायो १ प्रतिशत मात्रै खोप लगाउन छुटे तर जसलाई खोप लगाउन छुटायौ उसको जीवनका लागि त १०० प्रतिशत खोप छुटेको हो, त्यसैले खोप छुटेको व्यक्तिलाई अन्य माध्यमबाट खोप लगाएको भनेर ईन्सियर नहुनुस,’ उनले भने, ‘नेपालले खोप र स्वास्थ्यमा छलाङ मारेकै हो तर अझ धेरै गर्न बाकी नै छ । अर्को बर्षको योजना तर्जुमा राम्रो बनोस शुभकामना व्यक्त गर्दछु ।’
स्वास्थ्य क्षेत्रमा सामाजिक बजारीकरण आवश्यक रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक नरेन्द्र कार्कीले बताए । ‘हाम्रो यहा विडम्बना के छ भने स्वास्थ्य सेवा छ तर सेवाग्राही छैन, सेवा कसका लागि किन ? भन्ने प्रश्न खडा भएको छ,’ उनले भने, ‘त्यस कारण सामाजिक बजारीकरण गर्न आवश्यक छ, स्वास्थ्य सेवा ग्राहीलाई विश्वासमा लिन आवश्यक छ ।’
बजेट बनाउदा जम्मै बजेट भवन निर्माण लगायतमा लगाउने तर गुणस्तरीय सेवा प्राप्त भएन भनेर नहुने उनले बताए । गुणस्तरीय सेवा प्राप्त गर्नका लागि मानव संसाधनमा लगानि गर्नुपर्नेमा उनले जोड दिए । मानव स्वास्थ्यमा साना कुराले पनि प्रभाव पार्ने भएकाले तथ्य र अनुसन्धानमा आधारीत विषयमा ख्याल गर्नुपर्नेमा जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले जोड दिए । कार्यक्रमको समन्वय सिद्धराज भट्टले गरेका थिए ।
गोष्ठिको पहिलो दिन कष्णपुर नगरपालिकाको तर्फबाट रतन सिंह विष्ट, दोधारा चादनी नगरपालिकाको तर्फबाट जय बहादुर महरा, पुनर्वास नगरपालिकाको तर्फबाट राम बहादुर धामी, बेदकोट नगरपालिकाको तर्फबाट हरिसा पाल, महाकाली प्रादेशिक अस्पतालको तर्फबाट डा. अर्जुन भट्ट, महाकाली आयुर्वेदिक औषधालयको तर्फबाट डा. सूर्य उपाध्यय, बेलौरी नगरपालिकाको तर्फबाट जय सिंह बोहरा र भीमदत्त नगरपालिकाको तर्फबाट प्रकाश रावलले प्रस्तुतिकरण गरेका छन् ।
दोस्रो दिन शुक्लाफाटा नपा, बेलडाँडी गापा, लालझाडी गापा, दातृ निकायहरुको प्रस्तुतिकरण गरीने कार्यक्रम रहेको छ । भने खुल्ला छलफल र भावी योजना तर्जुमा तथा सम्मान पत्र वितरणसहित गोष्ठी समापन गरीनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज