नयाँ खबर
महेन्द्रनगर ः एमाले नेता कार्यकर्ताले जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त पार्टी कार्यालयमा सरसरफाई सुरु गरेका छन् । भदौ २४ गते आन्दोलनका क्रममा एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । तोडफोड र आगजनीबाट दुई तले पार्टी कार्यालयमा व्यापक क्षति भएको छ । एमाले कञ्चनपुरका जिल्ला कमिटी सदस्य कमल रोकायाले आन्दोलनबाट क्षतिग्रस्त पार्टी कार्यालयमा सरसफाई र मर्मत थालिएको जानकारी दिए । ‘हामीले आजबाट हाम्रो पार्टी कार्यालय सरसफाई तथा मर्मत कार्य सुरुवात गरेका छौ’ नेता रोकायाले भने ।
एमालेको जिल्ला कमिटी सहित भीमदत्त नगर कमिटी र विभिन्न जन संगठनका नेता कार्यकर्ता पार्टी कार्यालय सरसफाईमा लागेका छन् । भीमदत्त नगरपालिका ४ स्थित एमाले पार्टी कार्यालयमा आन्दोलनकारीले पटक पटक आगजनी र तोडफोड गरेका थिए । आन्दोलनकारीले पार्टी कार्यालयभित्रका दराज, टेबुल, कुर्सी, कागजात लगायतका समानमा आगजानी गरेका थिए । आन्दोलनकारीले एमाले पार्टी कार्यालय बाहेक नेताहरुको व्यक्तिगत घरहरुमा पनि आगजनी र तोडफोड गरेका छन् ।
एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पाल, एमाले पोलिटब्युरो सदस्य एबम् सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल र एमाले कञ्चनपुरका पूर्व अध्यक्ष एबम् भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्टको घरमा आगजनी र तोडफोड गरिएको छ ।
एमाले कञ्चनपुर इन्चार्ज पालको भीनपा १७ बाँसखेडा र भीनपा ४ महेन्द्रनगर बजार मेनरोडस्थित घरमा आगजनी र तोडफोड गरिएको छ । आगनजनी र तोडफोडबाट एमाले नेताहरुको घरमा ठूलो मात्रा क्षति भएको छ ।
एमाले पार्टी कार्यालयमा सरसफाई तथा मर्मतपछि जिल्ला कमिटी सदस्य रोकायाले सामाजिक सञ्जाल फेसबुकबाट पार्टी कार्यालय लगायत व्यक्तिगत निवासमा आगजानी, तोडफोड र लुटपाटमा संलग्नलाई समयको प्रतिक्षा गर्न चेतावनी दिएका छन् ।
‘नेकपा (एमाले) को पार्टी कार्यालय लगायत ब्यक्तिगत निवासमा आगजनी÷लुटपाट मात्र गरेका होइनौ, तिमीहरुले आफ्नो पार्टी कार्यालय÷घर जलाउन निमन्त्रणा दिएका हौ त्यो समय को प्रतीक्षा गर समय एक दिन अवश्य आउँछ’ रोकायाले भनेका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।