Advertisement

पत्रकार धामी विरुद्ध उजुरी, पत्रकार महासंघको आपत्ति

महेन्द्रनगर– कञ्चनपुर जिल्लाका पत्रकार विमल धामी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त उजुरीका आधारमा पत्रकार विमला धामीलाई जिल्ला अदालतबाट अनुमति लिएर खोजि रहेको छ । यस विषयमा पत्रकार महासंघ कञ्चनपुर शाखाले आपत्ति जनाएको छ ।

 

पत्रकार महासंघ कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्र्दै महासंघका साधारण सदस्य समेत रहेका पत्रकार धामी विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको विषयप्रति महासंघ शाखा कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचार लेखेको बिषयमा बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विद्युतीय कारोबार कसुर अन्तर्गत मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गर्नु दुःखद विषय भएको महासंघको ठहर छ ।

‘कुनै पनि समाचारप्रति असन्तुष्टि, आपत्ति वा समस्या भएमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्पष्ट कानुनी व्यवस्था विद्यमान छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘पछिल्ला वर्षहरूमा प्रेस सम्बन्धी विषयहरू प्रेस काउन्सिल नेपालमार्फत नै नियमन, कारवाही तथा जरिवाना समेत हुँदै आएको छ।’ प्रेस काउन्सिल ऐनले समेत यस्ता विषयमा हेर्ने तथा आवश्यक दण्ड सजाय ,जरिवाना गर्ने अधिकार प्रदान गरेको अवस्थामा समाचार लेखेकै आधारमा पत्रकार वा सञ्चारकर्मीमाथि प्रेस काउन्सिलको क्षेत्राधिकार मिच्ने गरी विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गर्नु उचित नभएको महासंघको धारणा रहेको छ।

 

समाचार लेखेकै विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई मुद्दा दर्ता गरी अनुसन्धान गर्न निर्देशन दिनु तथा त्यस आधारमा पक्राउ पुर्जी जारी गर्नुले समग्र सञ्चार क्षेत्रमै त्रास सिर्जना भएको महासंघको ठहर छ । सार्वजनिक सरोकारका विषयमा समाचार प्रकासन तथा प्रशारण गर्नु पत्रकारको पेशागत धर्म हो ।

प्रकाशित समाचारको बिषयलाई लिएर प्रहरी प्रशासन वा अदालतमार्फत मुद्दा दर्ता गर्ने तथा पक्राउ पुर्जी जारी गर्ने कार्य संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको कदम भएको भन्दै महासंघले आपत्ति जनाएको छ ।

पत्रकार धामी माथि समाचार लेखेको विषयलाई लिएर दर्ता गरिएको मुद्दा खारेज गरी सम्बन्धित विषय प्रेस काउन्सिल नेपालमा पठाउन महासंघले कञ्चनपुर प्रहरी प्रशासनसँग माग गरेको छ । पत्रकार महासंघ शाखा कञ्चनपुर प्रेस काउन्सिल नेपाललाई समेत यस बिषयमा गम्भीर बन्न आग्रह गरेको छ ।

पत्रकार धामीको घर परिवारले पछिल्लो समय असुरक्षित महसुस गरिरहेको जानकारी महासंघलाई दिएकोले पत्रकार धामी र घरपरिवारको सुरक्षाको उचित पबन्ध गरिदिन समेत सम्बन्धित निकायलाई महासंघ अनुरोध गरेको छ ।

पत्रकार महासंघ कञ्चनपुरका सचिव कुण्दन पाण्डेयले हस्ताक्षर गरेको विज्ञप्तीमा सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीहरूलाई आचारसंहिताको पुर्ण पालना गर्दै सत्यतथ्य, निष्पक्ष, विश्वसनीय, जिम्मेवार र सचेत भई समाचार सम्प्रेषण गर्न समेत महासंघ अनुरोध गरिएको छ । पत्रकार विमल धामी विरुद्ध बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ति नाथले उजुरी दिएकी हुन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज