सात पटकको क्षेत्रीय विद्यालय शिल्डधारी ईन्टरनेशनल पब्लिक स्कुलले मनायो २९औँ बार्षिकोत्सव तथा अभिभावक दिवस
महेन्द्रनगर– सुदूरपश्चिम क्षेत्रकै अग्रणी शैक्षिक संस्था ईन्टरनेशनल पब्लिक स्कूलले २९औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सात पटक क्षेत्रीय विद्यालय शिल्ड जित्न सफल ईन्टरनेशनल पब्लिक स्कुलले विहिबार सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष यज्ञराज भट्टको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिलाध्वज बस्नेतको अध्यक्षतामा बार्षिकोत्सव भव्यरुपमा मनाएको हो ।
बार्षिकोत्सवमा प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दैै स्कूलको थप शैक्षिक स्तर बृद्धिका लागि स्मार्ट विधिबाट कक्षा संचालन गर्ने बताए । उनले विद्यालयबाट उत्पादित जनशक्ति देशका विभिन्न सरकारी, गैर सरकारी क्षेत्रमा मात्रै नभई अन्तराष्ट्रिय संघसस्थामा उच्चपदमा रहेका कारण नै विद्यार्थीदेखि अभिभावकको स्कूलप्रति विश्वास बढेको बताए । विद्यालयले विद्यार्थीलाई सफल बनाउन...













