कञ्चनपुर २ का एमाले उमेदवार सिहका चुनावि प्रतिबद्धता : ५ बर्षमा २२ हजार युवालाई रोजगारी सृर्जना गर्नेदेखि आरक्ष पिडितलाई दश कट्टा जमिन वा ६० लाख उपलब्ध गराउने विशेष पहल गर्ने
महेन्द्रनगर – कञ्चनपुर क्षेत्र नं २ का एमाले उम्मेदवार बचन बहादुर सिंहले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । आईतबार शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा पत्रकार सम्मेलन गर्दै उनले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
सिंहले सार्वजनिक सेवा प्रवाहमा नागरिकको सहज पहुँच पु–याउन नीतिगत सुधार, भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीतिलाई प्रभावकारी लागू गर्ने, ३÷३ महिनामा जनतासँग प्रत्यक्ष संवाद गर्ने बताएका छन् ।
निर्वाचन क्षेत्रभित्र रहेका क्याम्पसहरुलाई आंगिक क्याम्पस बनाउन पहल गर्ने, सबै विद्यालयहरुमा डिजिटल कक्षा र प्रविधियुक्त गुणस्तरीय शिक्षा पठनपाठन गर्न नीतिगत व्यवस्थाका लागि पहल गर्ने, विद्यालय बस सञ्चालनका लागि पहल गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यस्तै, प्रत्येक वडामा निर्माणधीन खानेपानी तथा सरसफाई योजनाहरुको निर्माण सम्पन्न गर्न आवश्यक बजेट व...
















