Advertisement

जनताका दुःख पीडा बुझेका हर्क बहादुर ऐर साँसदको प्रतिस्पर्धामा

महेन्द्रनगर – देशै भरी प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातेको छ । ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लमा पनि चुनावि सरगर्मी बढेको छ । जिल्लाको निर्वाचन क्षेत्र नं. ३मा प्रतिनिधि सभा सदस्यका १४ राजनितिक पार्टी र तिन स्वतन्त्र उमेदवार गरी १७ जना चुनावि प्रतिस्पर्धामा छन् । सबै उमेदवारका आ–आफ्नै गुण र विशेषता छन् । १७ जना उमेदवार मध्ये स्वतन्त्र उमेदवार हर्क बहादुर ऐरको पृष्ठमुभी फरकै छ ।

विस २०३० असार १० गते बैतडी जिल्लाको तत्कालीन डिलाशैनी गाविस ८ मा आमा हरुली देवि र पिता दल बहादुरका कोखमा जम्मेका हर्क बहादुर ऐर उमेरले ५२ बर्षका छन् । ६ दाजुभाईमध्ये उनी चौथा नम्बरका हुन । ५२ बर्षको उमेर पार गर्दै गर्दा उनीसंग ३० बर्ष सरकारी सेवामा रही देशका विभिन्न ठाँउमा नागरीक हरुसंगको सहकार्य, समन्वय र उनीहरुका समस्या नजिकबाट अनुभव छन् । हाल जिल्लाको भीमदत्त नगरपालिका वडा नं। १० तिलकेनीमा बसोबास गर्दै आएका हर्क बहादुर ऐर २०४९मा प्रहरी जवानबाट प्रहरी सेवामा प्रवेश गरेका हुन । प्रहरी जवानबाट प्रहरी सेवामा प्रवेश गरेका उनले विभिन्न आरोह अवरोध पार गर्दै प्रहरी हवल्दार, प्रहरी सहायक निरिक्षक, प्रहरी नायव निरिक्षक सम्मका पदको जिम्मेवारी रहेका थिए । विस २०५९ मा हवल्दार, २०६९ मा प्रहरी सहायक निरिक्षक हुदै प्रहरी नायव निरिक्षक पद समालेका उनी २०७९मा रिटायर्ड घर आएका ह्न् । सरकारी सेवामा रहदा माओवादी दश बर्षे शसस्त्र युद्धका समयमा अछाम, सुर्खेत, खोटाङ, सल्यान जिल्लामा माओवादीसंगको भेडान्तमा परेका थिए । ठूला ठूला युद्धमा पर्दा पनि कुनै पनि प्रकारको चोटपटक नलाग्नुले जनताको सेवा गर्न भाविले लेखेको उनको विश्वास छ ।
जागिरको शिलशिलामा आम जनताका पिडा, बेदना, समस्यालाइ देखेका उनले जनताका तिनै बेदनालाई समेटेर जागिरबाट रिटार्यर्ड भएपछि २०७९मा ‘प्रदेशी व्यथा’ नामक साहित्यिक किताव निकालेका छन् । उनी जनताका समस्या समाधान गर्न राजनितिमा प्रवेश गरेका हुन् ।
गायक बम बहादुर कार्कीको मार्मिक गित ‘चरी बस्यो निर्मया खेतको डालीमा’ बोलको गितबाट प्रभावित भएका उनी जागिर पछिको रिटायर्ड जीवन सामाजिक सेवामा खर्च गर्ने अठोट लिएका छन् । उनले ‘आमाको जन्मकुण्डली’ र ‘दुख’ नामक कितावको लेखन सुरु गरीसकेका छन् ।
निर्वाचनमा जनताले जिताएमा जिल्लाको पर्यटन, कृषी, युवाहरुको रोजगारीका लागि काम गर्ने उनको धोको छ । उनको चुनाव चिन्ह जिप हो । उनले सम्पूर्ण मतदाताहरुलाई चुनाव चिन्ह जिपमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराउन हार्दिक अपिल गरेका छन् । उनले मतदाताको मत खेर नफाल्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज