Advertisement

Breaking News 1

महेन्द्रनगरको सब्जीमण्डीमा विक्रिका लागि ल्याईएका दुई जना कृषकको काक्रा खान अयोग्य, भेटियो ५४ प्रतिशत विषादी

महेन्द्रनगरको सब्जीमण्डीमा विक्रिका लागि ल्याईएका दुई जना कृषकको काक्रा खान अयोग्य, भेटियो ५४ प्रतिशत विषादी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको मुख्य बजार महेन्द्रनगरको सब्जीमण्डीमा विक्रिका लागि ल्याईएको दुई जना कृषकको काक्रा खान अयोग्य रहेको पाईएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ४ स्थीत रहेको सब्जीमण्डीमा मंगलबार बिक्रिकालागि ल्याईएका काक्रामध्ये पाच ओटा नमुना जाँच गरीएकोमा दुई जना कृषकको फर्मबाट लिईएको काक्रामा अत्याधिक विषादी प्रयोग गरीएको पाईएको हो । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई अत्तरिया, कैलालीको सहयोग र कृषि ज्ञान केन्द्र कञ्चनपुरको समन्वयमा सब्जीमण्डीमा विक्रिका लागि ल्याईएका तरकारी तथा फलफूलका १८ नमुना परीक्षण गरीएकोमा पाँच ओटा नमुना काक्राको रहेको र जसमध्ये दुई जना कृषकले उत्पादन गरेका काक्रामा अत्याधिक विषादीको मात्रा पाईएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापतीले बताउनुभयो । विषादीको रोकावट ३५ प्रतिशत भन्दा कम छ भने उपयोग योग्य, ३५ देखिमाथि ४५ प्रतिशत...
मेगा बचत तथा ऋिण सहकारी संस्थाद्धारा सदस्य शिक्षा तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

मेगा बचत तथा ऋिण सहकारी संस्थाद्धारा सदस्य शिक्षा तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको प्रतिष्ठित सहकारी संस्था मेगा बचत तथा ऋिण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि सहकारी शिक्षा र उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार संस्थाले महेन्द्रनगरस्थीत ममताज पार्टिप्यालेसमा संस्थाका अध्यक्ष रघुनाथ ओझाको सभापतित्व तथा सहकारीका जेष्ठ तथा एकल महिला सदस्य पशुपति चन्दको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको समुद्धघाटन कार्यक्रमका प्रमुख अतिथि पशुपति चन्दले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि पशुपति चन्दले उत्प्रेरणात्मक कार्यक्रमले शेयर सदस्यहरुलाई आलस्यता, बोरपना लगायतका समस्यालाई हटाएर उर्जावान सदस्य बन्न प्रेरणा मिल्नुका साथै सदस्यहरुको मनोवल बढ्ने बताउनुभयो । कार्यक्रममा पख्यात मोटिभेसनल स्पिकर योगी नवराज छमले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा दाधारा, ब्रह्मदेव, दैजीसहित महेन्द्रनगर सेव...
शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन

शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
काठमाडौं । आज बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन सकिएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्ता निष्कर्षमा पुग्न सकेको होइन । सरकारसँग औपचारिक छलफल र संवादमा रहे पनि निष्कर्षमा पुग्न नसकेको वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का सहध्यक्ष नानुमाया पराजुलीले बताउनु भयो । आजको वार्तामा आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिले आफ्नो माग मन्त्री रघुजी पन्तलाई राखेका थिए। शिक्षकहरू २५ दिनदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन्।...
सुदूरपश्चिममा राज्यपक्षबाट मानव अधिकार उलङघनका घट्ना शुन्य, तर गैरराज्यपक्षबाट दुई सय चार घट्ना

सुदूरपश्चिममा राज्यपक्षबाट मानव अधिकार उलङघनका घट्ना शुन्य, तर गैरराज्यपक्षबाट दुई सय चार घट्ना

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेशमा पछिल्लो तिन महिनामा राज्यपक्षबाट मानव अधिकार उलङघनका घटनाहरु शुन्यमा झरेका छन् । ईन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले सार्वजनिक गरेकोे तथ्याङ्कले राज्यपक्षबाट मानव अधिकार उलंघनका घट्ना नघटेको देखाएको हो । बुधबार महेन्द्रनगरमा ईन्सेक प्रदेश कार्यालयले पत्रकारहरुसंगको नियमित बैठकमा सन २०२५को सुरुवाति तिन महिनाको तथ्यांक सार्वजनिक गरेको हो । ईन्सेक प्रदेश कार्यालयले जनवरी देखि मार्चसम्ममा राज्य पक्षबाट कुनैपनि मानव अधिकार उलङघनका घट्ना नभएको देखाएता पनि गैरराज्य पक्षबाट भने मानव अधिकार उलङ्घनका दुई सय ४ घट्ना घटेको देखाएको छ । गैरराज्य पक्षबाट भएका दुई सय ४ घट्नामध्ये सबैभन्दा बढि १९५ महिला पिडित रहेको ईन्सेकका प्रदेश अधिकृत कृष्ण विकले बताउनुभयो । त्यसैगरी ईन्सेकको तिन महिनाको तथ्यांकअनुसार १ सय ६५ महिला अधिकार हनन्का, २६ घट्ना बालअधिकार उलङ्घन,...
सुप विश्वविद्यालयले एक हप्ताभित्र भुक्तानी नदिए तालाबन्दी गर्ने निर्माण व्यवसायी संघ कञ्चनपुरको चेतावनी

सुप विश्वविद्यालयले एक हप्ताभित्र भुक्तानी नदिए तालाबन्दी गर्ने निर्माण व्यवसायी संघ कञ्चनपुरको चेतावनी

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयले निर्माण व्यवसायीको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी संघ कञ्चनपुरले आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले आइतबार निर्माण व्यवसायी संघमा पत्रकार सम्मेलन गरी एक हप्ताभित्र भुक्तानी नदिए विश्वविद्यायको केन्द्रीय कार्यालय सहित केन्द्रिय कलेलको ईन्जिनियरीङ्ग विभाग र व्यवस्थापन विभागको माथिल्लो तलामा तालाबन्दी गर्ने चेतावनी दिएको हो । सुप विश्वविद्यालयका प्राध्यापक डा. हेमराज पन्तले नयाँ रजिष्ट्रार नियुक्त भएपछि छिटो भुक्तानी दिने आश्वासन दिएकाले एक साताभित्र भुक्तानी नदिएमा तालाबन्दी गरिने संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताउनुभयो । ‘प्रक्रिया अनुसार निर्माण कामकाज भएको छ, असोजमा काम सम्पन्न गरी बिल पेश गरिएको छ, अहिलेसम्म भुक्तानी दिइएको छैन’ पत्रकार सम्मेलनममा उनले भन्नुभयो ‘भिसी सापले नयाँ रजिष्ट्रार नियुक्त भएपछि भुक्तानी दिने आश्वासन दिनु ...
नेकपा एमाले कञ्चनपुर अध्यक्ष बुढा सडक दुर्घट्नामा घाईते

नेकपा एमाले कञ्चनपुर अध्यक्ष बुढा सडक दुर्घट्नामा घाईते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सडक दुर्घटनामा परि नेकपा(एमाले) कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढा सडक दुर्घट्नामा परी घाइते भएका छन् । शनिबार साझ महेन्द्रनगरदेखि अत्तरिया तर्फ जानेक्रममा कलुवापुर बजार नजिकै बिएई ०२९८ नम्बरको कारले सोही दिशातर्फ गइरहेको सु।प।प्र ०२००४ प २६९९ नम्बरको स्कुटी लाई ठक्कर दिदा स्कुटिमा सवार बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको हो । घाइते नेकपा(एमाले) कञ्चनपुरका अध्यक्ष बुढाको टाउको र दाहिने हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता उमेश जोशीले जानकारी दिए । अध्यक्ष बुढाको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको डिएसपी जोशीले बताए । प्रहरीले दुवै सवारी साधन र कारचालक कैलालीको धनगढी उपमहानगरपालिका ८ का ४५ वर्षिय राम बहादुर चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुशन्धान भइरहेको जनाएको छ ।...
कक्षा १२ को परीक्षा नसरेको भन्दै हल्लाको पछि नलाग्न विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डको आग्रह

कक्षा १२ को परीक्षा नसरेको भन्दै हल्लाको पछि नलाग्न विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डको आग्रह

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी दिदै विद्यार्थीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरेको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले परीक्ष नसरेको भन्दै विज्ञप्ती जारी गरेको हो । ‘यही २०८२ साल वैशाख ११ गतेवाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख गरीएको छ । भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बोर्डले जनाएको छ । ‘परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनाधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कार्वा...
दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा सिँचाईका लागि प्रतिघण्टा दुई सय तिर्नुपर्ने बाध्यता हट्दै

दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा सिँचाईका लागि प्रतिघण्टा दुई सय तिर्नुपर्ने बाध्यता हट्दै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का स्थानीय सिँचाईको प्रबन्ध नहुदा विगत लामो समयदेखि सिँचाई गरेवाफत बोरिङ्गको प्रतिघण्टा दुई सयका दरले शुल्क तिर्दै आएका थिए । वडा नं. ६ का वडा अध्यक्ष ओम बस्नेतले वडाबासीको समस्या बुझेपछि उहाँले वडाबासिलाई पचास प्रतिशत अनुदान रकममा बोरिङ्ग दिने योजना अघि सार्नुभयो । जुन योजना अनुसार वडा सरकारले पचास प्रतिशत व्यक्ति लगानी र पचास प्रतिशत वडाको अनुदानमाा वडाका ४९ जना किसानलाई सिँचाई बोरिङ्ग वितरण गरेको छ । मंगलबार मात्रै वडा कार्यालयले ५० प्रतिशत अनुदानमा खेतिपातिका लागि आकासे पानीको भर पर्ने किसानलाई सिँचार्ई बोरिङ वितरण गरेको छ । उत्पादन बृद्धि गर्ने र किषानका समस्या हल गर्ने उदेश्यका साथ किसानहरुलाई पचास प्रतिशत रकम अनुदान दिएर बोरिङ वितरण गरिएको वडाध्यक्ष ओम बस्नेतले बताउनुभयो । ‘वडामा कृषि उत्पादनलाई बढाउने लक्ष्यसहित वडाको...
दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो : समिति

दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो : समिति

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रनगर - दुर्गा प्रसाईलाई भारतको आसाम राज्य अन्तर्गत गुवाहाटी बाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याई पुरयाईएको राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन परिचालन समितिले बताएको छ । भारतको आसाम प्रहरीसमक्ष सुरक्षा माग गर्दै प्रसाई पुगेको र सुरक्षित रुपमा नेपालको सीमासम्म ल्याइपुर्‍याएको समितिले जनाएको छ। यसका लागि आसाम प्रहरीलाई समितिले धन्यवाद पनि दिएको छ। समितिका तर्फबाट प्रवक्ता स्वागत नेपालले केहीबेरअघि विज्ञप्ति जारी गरी प्रसाईँको पक्राउ वा आत्मसमर्पण नभई स्थानीय प्रहरीसमक्ष ज्यानको सुरक्षाका लागि गएको दाबी गरेका छन् । ‘क्यान्सरको बिरामी र अदालतको तारिखमा समेत रहेको हुँदा उहाँलाई सुरक्षित रूपमा अस्तालसम्म पुर्‍याउन र अदालतसम्म हाजिर हुनका लागि समेत सहयोग गर्न हामी राष्ट्रिय मानव अधिकार आयोग र सरकारसमक्ष अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ। यस्त...
ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
महेन्द्रनगर – चैत २० गतेदेखि चरणबद्ध आन्दोलनरत शिक्षक महासंघले सरकारसँग बिहीबार गरेको वार्ता निष्कर्षविहीन टुंगिएको छ । पटकपटक सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै आएको महासंघ बिहीबार साँझ महासंघका सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली लिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको थियो । सरकारको तर्फबाट शिक्षा मन्त्री विद्या भट्टराईको टोली सहभागी थियो । ५ बजेदेखि सुरु भएको वार्ता करिब डेढ घण्टा चलेको थियो । महासंघबाट नेतृव गरेर गएकी पराजुलीले छलफल सकारात्मक भएको र आफ्नो धारणा राखेको बताउनुभयो । ‘महासंघले विगतमा भएको सहमतिको कार्यनयन गर्दै ऐन जारी गर्न भनेको छ । विशेष अधिवेशन, बर्खे अधिवेशन तत्काल बोलाएर वा अध्यादेशबाट ल्याउने वातावरण बनाउन भन्यौं । मन्त्रालय गम्भीर भएको पाइयो,’ पराजुलीले भन्नुभयो । तीन ठूला दलका शीर्ष नेता, सभामुखसहितको बैठक राखेर टुंगो लगाउन पनि महासंघले भनेको ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज