Advertisement

Breaking News 1

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, शिक्षा, समाचार
महेन्द्रनगर –२० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष एवं आन्दोलनका संयोजक नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ । सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छ । वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक नै कब्जा गरेर आन्दोलन गरिरहेका छन् । यसअघि मुख्य लेनमा मात्रै प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।...
ईलाका प्रहरी कार्यालय अगाडिको एक मन्दिरमा युवकको शव फेला, हत्याको आशंका

ईलाका प्रहरी कार्यालय अगाडिको एक मन्दिरमा युवकको शव फेला, हत्याको आशंका

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कैलालीको एक मन्दिर परिसरमा एक युवकको शव फेला परेको छ । गोदावरी नगरपालिका–९ को दुर्गा मन्दिर पछाडि आज बिहान युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए । शवको प्रकृतिहेर्दा हत्या गरीएको जस्तो रहको डिएसपि बोहराले बताउनुभयो । उनका अनुसार मृतकको नाम, थर र वतन खुलेको छैन । उनको उमेर अन्दाजी ३५÷३६ वर्षको छ । प्रहरीले घटनास्थल सुरक्षित गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ । उनका अनुसार शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाएको छ । मन्दिरका पुजारी टिका दत्त पनेरुले बिहान साढे ६ बजेतिर शवबारे जानकारी पाएको बताए । ‘म मन्दिर साँझ साढे ७ बजे बन्द गरेर गइसकेको थिएँ,’ उनले भने, ‘बिहान फर्किएपछि पतञ्जलि योग समितिका सदस्यहरूले शव भएको बताएपछि मात्र थाहा पाएक...
निर्माण कार्य अलपत्र पार्ने दश कम्पनीलाई स्पष्टिकरण

निर्माण कार्य अलपत्र पार्ने दश कम्पनीलाई स्पष्टिकरण

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले निर्माण कार्य अलपत्र पार्ने दश निर्माण कम्पनीहरूको नाम सार्वजनिक गर्दे स्पष्टीकरण सोधेको छ । सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालयले काम नगर्ने १० निर्माण कम्पनीहरूलाई राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दे किन ठेक्का अन्त्य नगर्ने ? भन्दै स्पष्टीकरण सोधेको हो । निर्माण कार्य अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई पूर्वाधार विकास कार्यालयले पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत बेवास्ता गरेको भन्दै स्पष्टीकरण सोधिएको जनाएको छ । पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीहरूलाई सम्झौता सर्त एवं प्रचलित कानून बमोजिम ठेक्का अन्त्य किन नगर्ने ? भन्दै ७ दिन भित्र अन्तिम स्पष्टीकरणको जवाफ पेस गर्न सूचना प्रकाशित गरेको छ । पूर्वाधार कार्यालयले निर्माण कार्य अलपत्र पार्ने र कार्यालयको आदेशलाई आल–टाल गर्ने तथा जनताला...
‘एड–टेक राउन्ड टेबल’ कार्यक्रम सम्पन्न

‘एड–टेक राउन्ड टेबल’ कार्यक्रम सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपालको शिक्षा प्रणालीमा प्रविधि समावेशीकरणको उद्देश्यसहित नोट स्विफ्ट प्रा.ली.द्धारा आयोजना गरिएको ‘एड–टेक राउन्ड टेबल’ कार्यक्रम सोमवार सम्पन्न भएको छ । ‘फर दि फ्युचर अफ एजुकेसन इन नेपाल’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सक्रिय सहभागितासहित महेन्द्रनगरमा सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, सुदूरपश्चिम शाखाका प्रतिनिधि राम दत्त भट्ट, सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेत, सुदूरपश्चिम विश्वविद्यालयकी उप–प्राध्यापक निशा भट्ट, वेदा एपका का प्रमुख कार्यकारी अधिकृत निर्देश द्वा, श्री लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथ, तथा नोट स्विफ्टका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत विकास पाण्डेयजस्ता प्रतिष्ठित व्यक्तित्वहरू वक्ताका रूपमा सहभागी थिए। कार्यक्रम नोट स्...
१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो । शनिबार कञ्चनपुरको महेन्द्रनगर पुगेर खेलकुदका भौतिक संरचनाको अवलोकन गरेका राखेप सदस्य सचिव घिसिङले कुनै पनि हालतमा तोकिएकै मितिमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका हुन् । उहाँले उत्कृष्ट प्रदर्शनका लागि राम्रो तयारीमा जुट्न सबै खेलाडीमा अनुरोध समेत गर्नुभयो । ‘जहांसम्म १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैसर्दै जेठमा पुगेको छ, बास्तवमा सदस्य सचिव भएर मैले ९औ राष्ट्रिय खेलकुदको समेत नेतृत्व गर्ने अवसर पाए, र मैले त्यतिबेला नै मंसिर २ गते २०८१मा गर्ने गरी मिति तय गरेर सोका लागि आवश्यक बजेट समेत विनियोजन गत बर्ष नै गरेर पुरक बजेटको व्यवस्थापन भईसकेको स्थीति थियो, भलै विचमा परीषदको बैठकहरु समयमै नहुदाखेरी पहिले तोकेको मितिमा हुनसकेन,’ उहाँ...
कञ्चनपुरमा ध्वासे चितुवाको आक्रमण प्रयास असफल, सतर्क रहन आग्रह

कञ्चनपुरमा ध्वासे चितुवाको आक्रमण प्रयास असफल, सतर्क रहन आग्रह

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको उत्तरी भेगमा पर्ने चुरे क्षेत्रमा ध्वाँसे चितुवाको आक्रमणबाट दुई जना जोगिएका छन् । आईतबार डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाबाट कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार आउनेक्रममा परशुराम नगरपालिकाका वडा नं. ९ कुयापानीका नरेश सुनार र परशुराम नगरपालिका वडा नं. ८ जमरानीका जनक विक ध्वाँसे चितुवाको आक्रमणबाट जोगिएका हुन । आज सादनी–चुनेपानी सडकखण्डको चुनेपानीभन्दा माथि रातामाटी भन्ने ठाँउमा ध्वाँसे चितुवाले आक्रमण गरेको नरेश सुनारले बताउनुभयो । ‘आज हामी दुई जना सादनी–चुनेपानी सडकबाट महेन्द्रनगर आउदै थियौ,’ नरेशले भन्नुभयो ‘चुनेपानीभन्दा माथि नै हो, बुट्टा परेको बाघले झम्टिन आयो, जनक र मैले मोटरसाईकल छोडेर ५ सय मिटर दौडेर ज्यान जोगायौ एकघण्टापछि मोटरसाईकल लिएर बल्ल महेन्द्रनगर पगियो ।’ पछिल्लो समयमा जंगली हिंस्रक जनावरहरु बाहिर आउने र मानिसमाथि आक्रमण गर्ने प्रक्रिया ...
गाउँ पसेको पाटेबाघ यसरी लिईयो नियन्त्रणमा

गाउँ पसेको पाटेबाघ यसरी लिईयो नियन्त्रणमा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिका–२ स्थित टेंढुवा गाउँ पसेको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । वनकर्मीसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकति संरक्षणको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको हो । शुक्रवार राति टेंढुवा गाउँ पसेर बाघले एक स्थानीयको बाच्छो मारेको थियो । शनिवार गहुँबारीमा बसेको बाघ आज बिहान त्यसमा देखिएको थिएन । शनिवार बसेको स्थानभन्दा केही पर गहुँमै फेला पारेर आज दिउँसो बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले बताए । “बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइसकेका छौं”, उनले भने । गाउँ पसेको बाघ नियन्त्रणका लागि वनकर्मीसहित सुरक्षाकर्मीको टोलीले रातभरि पहरा दिएका थिए । नियन्त्रण गरिएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाइने ठाकुरले जानकारी दिए । गाउँमा बाघ पसेपछि स्थानीय त्रसित बनेका थिए ।...
नेकपा एमाले कञ्चनपुरले गणतन्त्रको पक्षमा ऱ्यालीसहित कोण सभा आयोजना गर्दै

नेकपा एमाले कञ्चनपुरले गणतन्त्रको पक्षमा ऱ्यालीसहित कोण सभा आयोजना गर्दै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले पार्टीको केन्द्रीय कार्यक्रम अन्तरगत गणतन्त्रको पक्षमा बृहत ऱ्यालीसहित कोण सभा आयोजना गर्ने भएको छ । शनिबार कञ्चनपुर पार्टी अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा बसेको बैठकले संघिय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सञ्चालित जागरण अभियान अन्र्तगत महेन्द्रनगरमा चैत्र १८ गते मोटर साईकल यालीसहित कोण सभा आयोजना गर्ने निणर्य गरेको हो। ऱ्याली व्यवस्थापनका लागि जिल्लाका नौ वटै पालिका कमिटिलाई व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ । ऱ्याली पार्टी कार्यालयबाट सुरु हुनेछ । बैठकमा नेकपा एमाले पालिटव्युरो सदस्य तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राजतन्त्रवादी आन्दोलनविरुद्ध सशक्त प्रतिवाद गर्नुपर्ने बताए । उनले राजावादी आन्दोलन नेकपा एमालेको नेतृत्वमाथिको प्रहार भएको बताए । 'बाह्य शक्तीको आडमा भुतप्रेत भईसकेको राजतन्त्र फर्काउने कुरा पश्चगमनको बाटो हो, ईतिहा...
शैक्षिक क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न संस्थापकहरुमा पूर्व मुख्यमन्त्री रावलको आग्रह

शैक्षिक क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न संस्थापकहरुमा पूर्व मुख्यमन्त्री रावलको आग्रह

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले निजी तथा आवाशीय विद्यालयका संस्थापकहरुलाई शैक्षिक क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभएको छ । शनिबार महेन्द्रनगरमा निजी तथा आवाशीय विद्यालय अर्गनाईजेसन नेपाल(प्याब्सन) कञ्चनपुरले आयोजना गरेको संस्थापक तथा प्रिन्सिपलहरुको भेलामा बोल्दै पूर्व मुख्यमन्त्री रावलले देशको आर्थिक विकासका लागि अन्य शैक्षिक क्षेत्रबाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका उहाँले सुदूरपश्श्चिम प्रदेशले लगानी सम्मेलन आयोजना गर्न लागेको र त्यसमा कृषि, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको बताउदै बताउनुभयो । ‘सुदूरपश्श्चिम प्रदेश लगानी सम्मेलन आयोजना गर्न लागेको र त्यसमा कृषि, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ,’ पूर्व मुख्य मन्त्री रावले भन्...
महेन्द्रनगरमा थरकै कारण तुलसीले पाईनन् डेरा, को होलान् थर सोधेर डेरा छैन भन्ने ?

महेन्द्रनगरमा थरकै कारण तुलसीले पाईनन् डेरा, को होलान् थर सोधेर डेरा छैन भन्ने ?

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–तुलसीले सुदूरपश्चिम विश्वविद्यालय वरपरका धेरैजसो घरमा चाहार्दा पनि डेरा पाउन सकिनन्, कारण एउटै छ त्यो हो थर । दैलेख घर भई हाल सुदूरपश्चिम विश्वविद्यालयमा कानुन संकाय अन्तरगत छैटौ सेमिष्टरमा अध्ययनरत विद्यार्थी तुलसी विकले थरकै कारण विश्वविद्यालय आसपासका घरमा डेरा नपाएको गुनासो जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा उपस्थीत भएर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटालाई सुनाईन् । विश्व अर्को ग्रहमा आवासको खोजी गरीरहदा कञ्चनपुरमा मानवले मानवको घरमा डेरा पाउन मुस्किल परेको विषय सार्वजनिक भएको छ । विद्यार्थी विकले पनि प्रमुख जिल्ला अधिकारी सापकोटालाई आफ्नो पीडा सुनाइन् । उनले आफूले डेराका लागि विश्वविद्यालय आशपास क्षेत्रका सबै घर पुगेको बताइन् । ‘कोठा हेर्न जान्छु, कोठा छ भन्नु हुन्छ, जात सोधेपछि दलित हुँ भन्ने थाह पाएपछि हुँदैन भन्छन्’ उनले सुनाइन्,‘मलाई यहाँ यसरी जातीय विभेद हुन्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज