Advertisement

सुप विश्वविद्यालयले एक हप्ताभित्र भुक्तानी नदिए तालाबन्दी गर्ने निर्माण व्यवसायी संघ कञ्चनपुरको चेतावनी

महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयले निर्माण व्यवसायीको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी संघ कञ्चनपुरले आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले आइतबार निर्माण व्यवसायी संघमा पत्रकार सम्मेलन गरी एक हप्ताभित्र भुक्तानी नदिए विश्वविद्यायको केन्द्रीय कार्यालय सहित केन्द्रिय कलेलको ईन्जिनियरीङ्ग विभाग र व्यवस्थापन विभागको माथिल्लो तलामा तालाबन्दी गर्ने चेतावनी दिएको हो ।
सुप विश्वविद्यालयका प्राध्यापक डा. हेमराज पन्तले नयाँ रजिष्ट्रार नियुक्त भएपछि छिटो भुक्तानी दिने आश्वासन दिएकाले एक साताभित्र भुक्तानी नदिएमा तालाबन्दी गरिने संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताउनुभयो ।
‘प्रक्रिया अनुसार निर्माण कामकाज भएको छ, असोजमा काम सम्पन्न गरी बिल पेश गरिएको छ, अहिलेसम्म भुक्तानी दिइएको छैन’ पत्रकार सम्मेलनममा उनले भन्नुभयो ‘भिसी सापले नयाँ रजिष्ट्रार नियुक्त भएपछि भुक्तानी दिने आश्वासन दिनु भएको छ, सात १० दिनभित्र भुक्तानी गर्छौ भन्नु भएको छ, त्यस कारण सात दिनसम्म हामी पर्खन्छौ, त्यसपछि तालाबन्दी गर्छौ ।’

विश्वविद्यालय सित भुक्तानीका लागि पटक पटक आग्रह गरिए पनि आलटाल गरी व्यवसायीलाई मार्कामा पार्ने कार्य गरेको अध्यक्ष भट्टको भनाई थियो । विश्वविद्यालयका निवर्तमान रजिष्ट्रार यज्ञराज पाठकले निर्माण सकिएपछि व्यवसायीको भुक्तानी दिन आलटाल गर्दै आएका थिए । कार्यकालका अन्तिम दुई दिनमा रजिष्ट्रार पाठकले भुक्तानी प्रक्रिया अघि बढाएका थिए । लामो समय रोकेर राखिएको भुक्तानी कार्यकाल सकिन लाग्दा दिन थालेपछि पाठक विवादमा तानिएका थिए । विद्यार्थी संगठनले तालाबन्दी गरेपछि रजिष्टार पाठक भुक्तानी दिन असफल भई विदा भएका छनज् ।

पाठकको शनिबार कार्यकाल सकिएको छ । विद्यार्थीले लेखा, प्रशासन र पाठकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । तालाबन्दीपछि भिसी पन्त काठमाण्डौ तिर लागेका छन् । भिसी पन्त र रजिष्ट्रार पाठक नातेदार हुन् । नाताले पाठक भिसी पन्तका मामा पर्छन् । पाठकले भुक्तानीलाई भिसी पन्तलाई अन्तिम समयममा दबाव दिएका थिए । निर्माण व्यवसायीले विश्वविद्यालयले अवैधानिक निर्माण समिति गठन गरी आफूहरुलाई अनावश्यक दबाव दिन लगाएको आरोप समेत लगाएका छन् । रजिष्ट्रार पाठकको अध्यक्षतामा निर्माण समिति गठन गरिएको थियो ।

 

समितिले रजिष्ट्रार पाठकको निर्देशनमा गरिएको भेरिएसन लगायतको निर्माण कार्य छानबिन गरी भुक्तानी दिनु पर्ने अडान राख्दै आएको छ । रजिष्ट्रार पाठकले मनपरी रुपमा भेरिएसन गराएको समितिका सदस्यहरुको आशंका छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन, व्यवस्थापन संकाय र इन्जिनियरिङ्ग संकाय भवन निर्माणको भुक्तानी दिन बाँकी छ । संघका अनुसार इन्जिनियरिङ्ग संकाय एमके बिल्डर्सलाई १ करोड २० लाख, केन्द्रीय कार्यालय भवन निर्माणमा कुमार अमृत जेभी १ करोड ४५ लाख र व्यवस्थापन संकाय भवन निर्माण प्रशंसा कन्स्ट्रक्सनलाई १ करोड ४७ लाख भुक्तानी दिन बाँकी छ । संघका केन्द्रीय सदस्य प्रेम प्रकाश भट्ट सहित संघका पदाधिकारी, व्यवसायी सहभागी पत्रकार सम्मेलनमा उनीहरुले व्यवसायीलाई चौतर्फी मारमा पार्ने कार्य हुँदै आएको गुनासो पोखे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज