Advertisement

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

महेन्द्रनगर – होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमी विजय भएको छ। टस जितेर पहिलो ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमीले सत्यवादी सेकेन्डरी स्कुललाई ७१ रनले पराजित गरेको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमीले १४ ओभरमा १४७ रन बनायो । लिटिल बुद्धका शुभम खड्का ५० मनिष ठगुण्डास ४८ रनको योगदान दिए। बलिङतर्फ सत्यवादीका सुवास खड्काले दुई विकेट लिए । जवाबी ब्याटिङमा उत्रिएको सत्यवादी सेकेन्डरी स्कुल १४.२ ओभर मा अलाउट हुँदै ७६ रनमा प्याक भयो। सत्यवादीका लागि निश्चलचन्द ले २७ रन बनाउनु बाहेक अन्यको ब्याटिङ बिर्सन लायक रह्यो ।

दोस्रो खेलमा कञ्चनजंगा बोर्डिङ स्कूलले लिटिल स्टारलाई ४ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको लिटिल स्टारले १४.३ बलमा अलआउट हुँदै ९२ रनको योगफल बनायो । कप्तान सुरज धामीले ५३ रन बनाए । कञ्चनजंगा का सुरज धामी र आशिष चन्दले सामान २/२ विकेट लिए । ९३ रनको लक्ष पछ्याएको कञ्चनजंघा ले १२.२ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । सुशीला शाहले४३ रन बनाए । भने लिटिल स्टारका विज्ञान भट्ट र दिपेश भट्टले सामान ३/३ विकेट लिए पनि जित निकाल्न सकेनन् । आजै भएको

तेस्रो खेलमा महाकाली सेकेन्डरी स्कूलले ४ विकेटले मर्निङ ग्लोरीलाई जितेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मर्निङ ग्लोरीले ९.३ ओभर खेल्दै सबै विकेट गुमाएर ६९ रन बनाउन सक्यो । मर्निङ्ग ग्लोरी लाई सस्तैमा समेट्न निरज कुँवर, प्रदीप कुँवर, प्रिसियश कुँवर, विवेक उपाध्याले सामान २/२ विकेट लिए । झिनो लक्ष पछ्याएको महाकालीले ९.३ ओभरमै ६ विकेट गुमाएर भेटाएको छ ।

च्यामियनशिपमा १६ विद्यालयको सहभागिता रहेका छन् । प्रतियोगितामा च्याम्पियन बन्ने टिम कञ्चनपुरको प्रतिनिधित्व गर्दै सुप स्तरीय क्रिकेट प्रतियोगिता खेल्नेछ । प्रतियोगिता असार ३ गते समापन हुनेछ । १६ टीमलाई ४ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराउँदै छ । चार टिमका विजेताले सेमीफाइनल खेल्ने छन्  ।

सेमी फाइनल नक आउट प्रणालीमा खेलाइने आयोजकले जनाएको छ । सेमिफाइनलमा विजेता दुई टोली बीच उपाधि भिडन्त हुनेछ । यो प्रतियोगिता कञ्चनपुर क्रिकेट संघको आयोजनामा होली फेम्ली इंग्लिश बोर्डिङ स्कूलको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज