Advertisement

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि छात्र–छात्राहरुलाई माईतीको अनुशिक्षण

दोधारा । माईती नेपाल कञ्चनपुरले एक दिने कानुनी अनुशिक्षण सम्पन्न गरेको छ् । सिद्धार्थ होटल न्यू आनन्दमा सुदूरपश्चिम बिश्वबिद्यालय, जनज्योति बहुमुखी क्याम्पस, मोर्डन पब्लिक स्कुल, लोरिडा ईङ्गलिस स्कुल लगाएतका बिद्यार्थीहरुलाई मानव बेचविखन तथा ओसारपसार बिरुद्ध अनुशिक्षण दिईएको माइती नेपाल कञ्चनपुरले जनाएको छ् । मानव बेचविखन तथा ओसारपसार बिरुद्धको कानुनी अनुशिक्षण माइती नेपाल कञ्चनपुरको नौलो कार्यक्रम भने होईन् । यस अघि पनि माईती नेपालले मानव बेचविखन तथा ओसारपसार बिरुद्ध जनचेतना फैलाउन अत्याधिक मात्रामा यस्ता कार्यक्रमको आयोजना गरि सकेको छ् । तर बिगतमा आयोजना गरिएका कानुनी अनुशिक्षण भन्दा यो पृथक कार्यक्रम रहेको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । दिईएको अनुशिक्षणबाट प्रशिक्षक उत्पादन भएको र उत्पादित प्रशिक्षकहरुले आ–आफ्ना क्षेत्रमा मानब बेचविखन तथा ओसारपसार बिरुद्ध ब्यापक जनचेतना फैलाउने बिश्वास ब्यक्त गर्दै संयोजक भट्टले थोरै फरक ढंगले अगाडी आएको बताए ।

‘बिगतका दिनमा हामी जति जनालाई तालिम दिन्थ्यौ त्यसले सिमित मान्छे मात्र लाभान्वीत हुन्थे । तर अब त्यसो हुने छैन् । हामीले जति भाईबहिनीहरुलाई तालिम दिएका छौं, उहाँहरु सबै जना स्वत : स्फूर्तमा स्वयंसेवीको रुपमा काम गर्न उत्साहित भएका छन् । यो पटक तालिम लिएका भाई बहिनी यस कार्यमा साथ दिनेछन् भन्ने आशा मैले लिएकी छु’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने । तालिममा सहभागी मध्यका एक सहभागी गोबिन्द जोशीले अनुशिक्षमा सिकेका कुरा आफु अध्ययनरत शैक्षिक क्याम्पसमा मात्र नभई आफु बसेको समाजमा समेत प्रवाहित गर्ने बताएका छन् । अनुशिक्षण आफुहरु जस्ता बिद्यार्थीहरुका लागी लाभप्रद रहेको उनको भनाई रहेको छ् ।

त्यसै गरी कार्यक्रमका अन्य सहभागीहरुले समेत आफु अध्ययनरत शैक्षिक संस्थानको प्रतिनिधित्व गर्दै सुदूरपश्चिम बिश्वबिद्यालय, महकाली मोर्डन पब्लिक स्कुल, फ्लोरिडा ईन्टरनेशनल पब्लिक स्कुलका छात्र छात्राहरुले अब उप्रान्त आफ्नै बलबुतामा यस्तै कार्यक्रमहरुको निरन्तर आयोजना गर्ने बताए । सहभागी बिद्यार्थीहरुले आ–आफ्ना क्षेत्रमा मानव बेचविखन तथा ओसारपसार बिरुद्ध बृहतरुपमा जनचेतना फैलाउन समय सापेक्ष बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।

माईती नेपाल कञ्चनपुरले बिगत २० बर्ष देखि कञ्चनपुर क्षेत्रमा हुने मानव तस्करी रोकथाम र मानव तस्करीको जोखिममा परिसकेका महिला तथा बालबालिकाको उद्धार, संरक्षण, सम्बद्र्धन तथा पुनरस्थापनाका लागि उल्लेखनीय कार्य गर्दै आएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज