अध्यक्ष ओलीको प्रश्न : यो सरकार कस्को हो ? न दलको न जेनजीको
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा आज बिहान छलफल गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले वर्तमान सरकार संविधानबाट पनि नबनेको,संसदबाट नबनेको,दलबाट नबनेको,जेनजीबाट नबनेकोले यो सरकार कस्को भन्ने प्रश्न गर्नुभएको छ ।
‘यो सरकार कसको प्रतिनिधी हो ? जेन जीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ’ अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ‘आखिर यो सरकार कसको हो ?’
बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहिनतालाई प्रश्रय दिएको बताउनुभयो । यस प्रकारका अपराधी पक्राउ नपर्नु र निर्दोषलाई पक्रन,स्थान हद गर्न सरकार विभिन्न समुहका नाममा माग पत्र,ज्ञापन ...




















