Advertisement

भाद्र २३ र २४ को जेनजी आन्दोलनलाई पूर्व मुख्यमन्त्री रावलले दिए आतंकबादी क्रियाकलापको संज्ञा

महेन्द्रनगर : भदौ २३ र २४ गते जेनजी आन्दोलनको नाममा भएको आन्दोलन नभई आतताई क्रियाकलाप भएको नेकपा एमालेका पोलिट व्यूरो सदस्य एवं सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावलले बताए । नेकपा(एमाले) दोधारा चाँदनी नगरपालिकाले आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई संबोधन गर्दै पूर्व मुख्यमन्त्री रावलले उक्त आन्दोलनलाई आतंकवादी क्रियाकलापको संज्ञा दिएका हुन् ।
‘सुरक्षा यो देशमा सुरक्षा संयन्त्रले दिन सक्ने अवस्था छैन् । त्रसित छन,प्यारालाईज्ड छन, मनोवल उठाउने हो, प्रहरी चौकि लुटिएका छन, आगजनी गरीएका छन, निजि सम्पत्तिमाथि आक्रमण छ,’ पूर्व मुख्यमन्त्री रावले भने, ‘यसलाई आन्दोलन भन्दैनन् योलाई चाँहि आततायी क्रियाकलाप हो, आतंकबाद हो। आतंकबादी लाई कुनै जेनजी आन्दोलन भन्नु किमार्थ आवश्यक छैन् ।’
उक्त आन्दोलनमा आतंकवादि क्रियाकलाप गर्ने सबैलाई ठेगान लगाउन स्वयमसेवक दस्ताहरु वडास्तरसम्म बनाईने बताए । सहिबाटोमा ल्याउने सहि अवसर भएको भन्दै एमालेमा अध्यक्ष केपी शर्माओलीको विकल्प नभएको उनले उल्लेख गरे । ‘नेकपा एमालेमा केपी शर्माओलीको विकल्प छैन, हामी महाधिबेशनबाट फेशी नेता बनाएर प्रधानमन्त्री बनाउने अभियानमा भनेका थियौ,’ उनले भने, ‘जतिबेला चुनाव होला त्यतिबेला एमालेको सरकार बनाएर अगाडि बढ्छौ, त्यसकारण हतोत्साहित हुन जरुरी छैन् । यसका लागि पहिलो चरणमा वडास्तरबाट कार्यक्रम गरेका छौ आज पालिकामा गरीरहेका छौ र २९ गते जिल्ला जिल्लामा कार्यक्रम गर्दैछौ ।’
लाछि सरकारले चुनाव गर्ने भनेर घुर्कि लगाउदै ट्रेड युनियनका अधिकार खोस्ने, शिक्षकहरुलाई तर्साउने, कर्मचारीहरुलाई धम्काउने कार्य गरीरहेको भन्दै पूर्व मन्त्री रावलले चुनाव नहुने र संसद पुनस्र्थापना नै आफुहरुको एकमात्र एजेण्डा भएको बताए । ‘निर्वाचनका घुर्कि लगाउने, बाहिर कैदीहरुलाई राख्ने, भगौडाहरु बाहिर छन्, हतियार बाहिर छन्, बर्दि बाहिर छ गोलीगट्टा बाहिर छ, सुरक्षाको प्रत्याभुतिका लागि राजनितिक दलहरुसंग संवादमा समेत नवस्ने अनि तर एक्लै चुनाव गर्छु भनेर घुर्कि लाउने,’ उनले भने, ‘यो चुनाव नाटक र नौटंकी मात्र हो, हुदैन चुनाव । यसकारण संसद पुनस्र्थापना नै एक मात्र एजेण्डा हो ।’

 

उनले अहिलेको प्रधानमन्त्री असंबैधानिक भएको समेत उल्लेख गरे । ‘अहिलेको प्रधानमन्त्री असंबैधानिक हो, किन भने यो संविधानको धारा १७ मा स्पष्ट लेखिएको छकि कुनैपनि अवस्थामा पूर्व प्रधानन्यायाधिसहरु प्रधानमन्त्री बन्न नपाउने व्यवस्था उल्लेख छ,’ उनले भने, ‘हिजो संसद विघटन गरेको मुद्धामा आफै फैसला दिने यीनै प्रधानमन्त्री हुन्, कसरी प्रधानमन्त्री भईन उनी छानविन हुन आवश्यक छ ।’
भाद्र २४ गतेका स्पष्ट छानविन गरीनुपर्ने भन्दै स्वतन्त्र व्यक्ति र सर्वोच्च अदालतका पूर्व न्यायाधिसको नेतृत्वमा छानविन आयोग बनाएर अगाडि बढे आफुहरुको साथ रहेन उनले बताए । ‘अस्ती छानसमिति नामको भडुवा आयो । त्यो भडुवालाई यहाँबाट लखेट्यौ त्यो भडुवा आएर चाही लुसुक्क घरभित्र छिर्ने, आफ्नो परिचय नदिने, जसका घर भत्किएका छन् उसलाई खवर समेत नदिने,’ उनले भने ‘सरकारी कर्मचारीलाई उर्दि दिनका निमित्त नगरपालिकाको हलमा आईसकेपछि हामीले लखेट्यौ,’ उनले भने, ‘हामी के भन्छौ भने छानविन गर्नका लागि पहिले नै गौरी कार्की जेनजी आन्दोलनको संञ्चालक नै थियो । त्यो सञ्चालक लाई होईन आयोग नै गठन गरी छानविन नै गर्ने भए सर्वोच्च अदालतका पूर्व न्यायाधिस, स्वतन्त्र व्यक्तिलाई को नेतृत्वमा न्यायिक समिति बनाऔ, त्यसले छानविन गरी प्रतिबेदन ल्याओस, यस्ता कामका लागि सहजीकरण गर्न तयार छौ ।’
एमालेविनाको देशको कल्पनासम्म गर्न नसकिने उनले बताए । ‘एमालेविना यो देशको परिकल्पना समेत गर्न सकिदैन् किनकि यो देशको राष्ट्रियता जोगाउने एमाले हो, सार्वभौमसत्ता जोगाउने एमाले हो,’ पूर्व मुख्यमन्त्री रावलले भने, ‘यो देशमा विकास र समृद्धि ल्याउने एमाले हो, चाँहे मरिन ड्राईभको कुरा तराई मधेशमा सिंचित गर्ने कुरा होस, कुलेखानी बनाउने सवाल होस, चाहे महाकाली सिचाई तेस्रो चरणको नहर बनाउने कुरा होस, चाहे बझाङ सम्म छेक्ने ताक्लाकोट सम्मका नाका खोल्ने सवालमा हामिले एक करोड त पोहर साल नै राखेका थियौ ।’
भाद्र २३ र २४ गते विद्यार्थी बालबालिकाहरुलाई ताकिताकि गोलि हानिएको घट्नाबारे छानविन गर्न एमाले अध्यक्ष केपि शर्माओलीले माग गरेको तर सरकारले कुनै पनि टेरपुच्छर नलगाएको पोलिट व्यूरो सदस्य एवं कञ्चनपुर जिल्ला ईन्चार्ज निरु देवि पालले बताईन् । नेकपा एमालेका नेता कार्यकर्तालालाई आम जनताले सुरक्षा दिने ईन्चार्ज निरु देवि पालले बताईन् । ‘संसद भवन, पार्टी कार्यालय मात्र जलाईएन, नेकपा एमालेका नेताहरुका घर छानीछानी र खोजीखोजी जलाउने काम भयो, कसको सम्पत्ति कहाबाट आयो छानविन गर्नुपथ्र्यो ? कार्यकर्तालाई तर्साउने काम भयो । किमार्थ स्किार हुदैन,’ उनले भनिन्, ‘आगामी दिनहरुमा यदि कसैले एमाले कार्यकर्तालाई आखा लगाउछ, कसैले चुनौति दिन्छ भने आम जनताले एमाले नेता कार्यकर्तालाई सुरक्षा दिनेछन् भन्ने हामीले विश्वस्थ्यछौ । एकदुई हजार, आठ दश हजार बाहिर निष्किदैमा साढे छ लाख संगठित सदस्य प्रतिकारका लागि रोडमा निष्किनेहो भने के हुन्छ ? तिनीहरुको हालत । हो, हामी राज्यप्रति उत्तरदायिछौ, हामी संयमितछौ, जनताको सेवामा तल्लीनछौ ।’

 

उनले उक्त दिनको आन्दोलनमा विध्वंस मच्चाउनेलाई कारवाहिको दायरामा ल्याउन प्रहरी प्रशासनलाई विनम्र आग्रह गरे । उनले अहिले सरकार असंवैधानिक भएको समेत उल्लेख गरीन् । असंवैधानिक सरकारले गरेका काममा साथ दिनुपर्ने आवश्यक नभएको बताईन् । राष्ट्र र राष्ट्रियको मुद्धामा केपि ओली जत्तिको नेता अरु कोही नभएको उनले बताईन् । जेनजी भाईबहिनीहरुको मुद्धामा नेकपा एमाले सकारात्मक रहेको ईन्चार्ज पालले बताईन् ।
देशका ऐतिहासिक सम्पदाहरु नष्ट गर्ने, सामाजिक मूल्यमान्यतामाथि देषिविदेषी प्रतिक्रियाबादी एजेण्डहरुले गरेका प्रहारका विरुद्ध एमालेले कार्तिक २२ गतेदेखि कार्यक्रम सुरु गरेको नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले बताए । उनले कार्तिक २९ गते महेन्द्रनगरमा हुने भेला र काठमाण्डौमा मंसिर २७ गते हुने विशाल जनसभामा सहभागिता हुन सबैमा आग्रह गरे । देषि विदेशी शक्तिहरुले रावणको जसरी टाउको जोडिरहेको उल्लेख गर्दै तिनीहरुका विरुद्ध एमाले एक्लै संघर्षमा उत्रिने उपाध्यक्ष अवस्थीले बताए ।
जनप्रदर्शन कार्यक्रममा प्रदेश कमिटि सदस्य तथा दोधार चादनी ईन्चार्ज प्रमानन्द जोशी, प्रदेश कमिटी सदस्य महेश पन्त, हिरा चन्द, प्रदेश सल्लाकार परिषद सदस्य चिनि गिरी, जिल्ला कमिटी उपाध्यक्ष जनकराज अवस्थी, जिल्ला कमिटि उपसचिव राजिव खड्का, जिल्ला कमिटी सदस्य मनोज खत्री, ओम बस्नेत, दोधारा चादनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु जिल्ला कमिटी सदस्य खिमा चन्द, अनिता साउद, अतिथि रहेका थिए । कार्यक्रममा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
एमाले कञ्चनपुरले पार्टी कार्यालयमा बसेको बैठकले कार्तिक २५ गते जनप्रदर्शन गर्ने, २९ गते सदरमुकाममा प्रदर्शन गर्ने, भदौ २४ गते पार्टी कार्यालयमा भएको तोडफोड र आगजनी गर्नेमाथि किटानी जाहेरी दिने लगायतका निर्णय गरेको थियो । सोही निर्णय अनुरूप, सबैपालिका हरुमा मंगलबार जनप्रदर्शन कार्यक्रमको आयोजना गरेको हो । “राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौँ, षडयन्त्र र अराजकता विरुद्ध एकजुट बनौँ” भन्ने नाराका साथ देशैभरीका ७५३ वटै पालिकाहरुमा जनप्रदर्शन गरेको हो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज