महेन्द्रनगरको होटेल दरवार बुटिकमा भारतियको मृत्यू
महेन्द्रनगर – कन्चनपुरमा क्यासिनो खेल्न आएका एक जना भारतिए नागरीकको मृत्यू भएको छ । महेन्द्रनगर बजारमा रहेको होटेल दरवार बुटिक(डाईमण्ड)मा संचालित क्यासिनोको हेप्पि आवरमा लडेर घाइले भएका भारतको अलमोडा रानिखेतका ५३ बर्षिय दिपेन्द्र सिंहको महाकालि प्रदेसिक अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो । रानीखेतका सिंह खाटबाट लडेर घाईते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी टेक बहादुर रावतले जानकारी दिए ।
डिएसपी रावतका अनुसार सुतेको अवस्थामा खाटबाट लडेका सिंहको निधारमा चोट लागेको थियो । उनका महाकाली प्रदेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपि रावतले बताए । शवको पोष्टमार्टम गरेर आफन्तले बुझेको उनले बताए ।...




















