छाउगोठमा मृत्यु भएकी कमलाका परिवारलाई नेपाली कांग्रेसद्वारा सहयोग
महेन्द्रनगर– कृष्णपुर नगरपालिका–१ निगालीकी छाउ गोठमा मृत्यु भएकी कमलाका परिवारलाई नेपाली कांग्रेसले सहयोग रकम प्रदान गरेको छ। नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर २ ९क० कार्यसमितिले मृतक कमलाका परिवारलाई २१ हजार नगद सहयोग प्रदान गरेको हो। असार २७ गते राति छाउगोठमा सुतिरहेकी कमला दमाईको सर्पको टोकाई बाट ज्यान गएको थियो।
कृष्णपुर नगरपालिका १ निगालीकी २८ वर्षीय दमाईको सर्पदंशबाट मृत्यु भएपछि नेपाली कांग्रेसले उनको घरमै गएर बुधबार श्रद्धाञ्जली सभासमेत गरेको छ। ुहामी आफैंले आफ्ना आमाछोरीलाई यस्ता कुप्रथामा राखेर जीवनज्योतिमा पारिरहेका छौं । ु नेपाली कांग्रेसका प्रदेशसभा क्षेत्र नम्बर क सभापति शंकरबहादुर खड्काले भने ुअब ढिला नगरी यस्ता अमानवीय परम्पराको अन्त्य गर्न जरुरी छ ।ु मृतक कमलाका १४ वर्षीय छोरा आयुष १२ वर्षीय आशिष र पाँच वर्षीय आदित्य रहेको परिवारले बताएको छ।...




















