अनेरास्ववियुद्वारा कञ्चनपुरबाटै बालेन र सुधन बिरुद्ध मुद्दा
महेन्द्रनगर-नेकपा एमाले निकट अनेरास्ववियुले कञ्चनपुरबाटै काठमाण्ठौँ महानगरका प्रमुख बालेन्द्र शाह(बालेन) र हामी नेपाल(एनजिओ)का संयोजक सुधन गुरुङ्ग बिरुद्धमा मुद्दा दायर गरिएको छ ।
गत २४ भदौँ जेनजी आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीको हत्यादेखि निजी सार्वजनिक सम्पत्ती लुटपाट, तोडफोड एव आगजनी गरेको भन्दै प्रहरीमा उजुरी दिएको हो ।
अनेरास्ववियु कञ्चनपुरका संयोजक विक्रम थापाले संगठनको केन्द्रीय कार्यक्रम अनुरुप जिल्लाबाटै उजुरी दिएको बताए ।
संयोजक थापाले काठमाण्ठोैँ महानगरपालिका प्रमुख बालेन र एनजिओकर्मी सुधन नै मुख्य योजनाकार भएकाले कानुन अनुरुप कार्बाही गर्नुपर्ने बताए ।
बालेन र सुधन बिरुद्ध मुलुकी फौजदारी संहिता ०७४को दफा १७७ दफा १७८दफा २४४दफा २८५(२)को उपदफा (क) बमोजिम जाहेरी दिएको छ । अनेरास्ववियुका पुर्व कञ्चनपुर अध्यक्ष ओम बस्नेतले जिल्लामै पनि जेनजी नाममा पहिलेदेखि अहिलेसम्म बेथिति भई...




















