Advertisement

माताकुटियामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव लाग्ने

महेन्द्रनगर–कञ्चनपुरको माताकुटियामा कञ्चनपुर धार्मिक महा महोत्सव २०८२ लाग्ने भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरस्थीत श्री सिद्धनाथ मान्दिर(माताकुटिया)मा असोज २१ गतेदेखि २८ गतेसम्म मन्दिर संरक्षण समितिको आयोजनामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव–२०८२ संचालन हुने भएको हो ।
आईतबार सिद्धनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष गोरख पुजाराले मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी धार्मिक महा महोत्सव २०८२ संञ्चालन बारे जानकारी दिए । उनले पत्रकार सम्मेलनमा धार्मिक महोत्सवको असार देखि तयारी सुरु गरीएकोमा सात हजार घरधुरीमा घरदैलो गर्दै तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । मन्दिरको चौतर्फि विकासको उदेश्य राखेर महा महोत्सवको आयोजना गरीएको बताएका अध्यक्ष पुजाराले घेरवार लगायतका कार्य सुरु गरीएको बताए । महायज्ञको समापनको दिन मुल गेटको समुद्धघाटन गरीने समेत बताए । ‘हामीले मन्दिरलाई धार्मिक पर्यटकीय स्थल बनाउन खोजेका छौँ, ‘उनले भने, ‘यसका लागि धार्मिक महोत्सव गर्न खोजेका हौँ ।’
मन्दिरमा स्तरिय संतसंग भवन निर्माण गरेर दर्शनार्थीहरुका लागि सुविधा बनाउने संकल्प रहेको बताए । पहिलो दिन स्थानीय सहित विद्यार्थीको उपस्थितिमा कलस यात्रा गरिनेछ ।
बिराट धनधान्य महापर्व, पितृमुक्तिको पुजा, श्रीमद् भागवत कथा प्रवचन, गौदान, रुद्री पाठ, तुलादान, भूमिदान, चौरासी पुजा, ग्रहशान्ति, लाख बत्ति प्रज्वलन, महालक्ष्मीको पुजा विवाह सहित राष्ट्रिय कलाबारबाट संगितमय भजनकृतन कार्यक्रम गरिने आयोजकले जनाएको छ । नेपाल प्रहरीका पुर्व अतिरिक्त महानिरीक्षक(एआईजी) समेत रहेका समाजसेवी दिपेन्द्र विष्टको प्रमुख आथित्यमा उद्घाटन गरिने कार्यक्रम रहेको छ ।
धुम्रपान निषेधका अभियन्ता मदन बहादुर चन्दले धार्मिक महायज्ञ जस्ता कार्यक्रमबाट समाज सुधारोन्मुख कार्यक्रम अघि बढाउनुपर्नेमा जोडदिए । गाँउमा महायज्ञ संचालन हुने भएपछि स्थानीय समेत उत्साहित भएका छन । २८ असोजसम्मै सचालन हुने महायज्ञमा हजारौँ दर्शनार्थीले अवलोकन गर्ने अपेक्षा गरीएको छ । आयोजकले महा महोत्सवमा सहभागि भई पुण्य कमाउन सर्वसाधारणमा अपिल गरेको छ ।
यज्ञको अर्को उदेश्य जनजनलाई भक्तिमार्गमा सिंचित गराई युवाहरुलाई सतमार्गमा लगाउनु रहेको संकल्पकर्ता ईश्वर शरण महाराजले बताए । संकल्पकर्ता ईश्वर शरण महाराजले यज्ञको माध्यमबाट समाजलाई एकताबद्ध बनाउनका साथै प्राकृतिक विपत्तिसंग प्रतिरोध क्षमता अभिबृद्धि गर्ने बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज