कञ्चनपुरका १३ जना कहा“ गएहोलान् ? जिल्ला प्रहरीले खोजी गर्दै
महेन्द्रनगर - कञ्चनपुरका १३ जना मानिस साउनदेखि हराईरहेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएको साउन महिनादेखि असोज १२ गतेसम्मको समयावधिमा ६ महिला, २ बालक र ५ जना बालिका गरी १३ जना मानिस हराईरहेकाहुन । जिल्ला प्रहरी कार्यालयमा ३६ जना मानिस हराएको निवेदन आएको भएपछि प्रहरीले २३ जना मात्रै खोजी तालासी गर्न सकेको छ । जिल्लामा १५ जना महिला, ९ जना बालक र १२ जना बालिका हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा आएको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरका प्रमुख एवं प्रहरी उपरीक्षक(एसपि) खड्क बहादुर खत्रीले बताए । उनले साउनदेखि असोजसम्म ३६ जना मानिस हराएको निवेदन परेकोमा २३ जनाको खोजी गरी परिवारको जिम्मा लगाईएको बताए ।...



















