Advertisement

जेनजी आन्दोलन : कञ्चनपुुरमा झण्डै ४६ करोड ७१ लाख बढीको क्षति

कञ्चनपुर – गत २४ भदौँ जेनजी आन्दोलनका क्रममा कञ्चनपुरमा अन्दाजी ४६करोड ७१ लाख बढीको क्षति भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार जेनजी आन्दोलनका क्रममा व्यक्तिका निजी घर, सरकारी सार्वजनिक सम्पत्तीमा तोडफोड, लुटपाट एव आगजनी गरेर ४६ करोड, ७१लाख, ५४ हजार ७६ रुपैया बराबरको क्षति भएको छ ।
२४ विभिन्न सरकारी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट गरेर १४करोड, २८लाख, ६४ हजार, १९ निजी निवासमा पनि आगजनी, तोडफोड, लुटपाट गरेर ११करोड, १५लाख, ५० हजार ५सय ५८रुपैया, काँग्रेस, एमाले, माओवादीका ५ पाटी कार्यालय ७०लाख, ३८ हजार, दुई क्यासिनो सहितका ६ व्यवसायिक केन्द्रमा १८करोड, ३८लाख, ५४ हजार, ७ प्रहरी कायर्उालय ६३ हजार ७सय, १९ सवारी साधन २करोड, १७लाख, १०हजार ५१८ र एक एनसेल सेन्टरमा ३लाख बराबरको क्षतिग्रस्थ भएको छ ।
कञ्चनपुरका प्रहरी प्रमुख खडक बहादुर खत्रीले प्रहरीले प्रारम्भिक मुचुल्का संकलनका क्रममा सरकारी, निजी भौतिक सम्पतीमा यक्त क्षति भएको बताए । ‘यो भन्दा बढी पनि हुनसक्छ, ‘एसपी खत्रीले भने, ‘अहिले यति आएको छ ।’ आन्दोलनकारीले तत्तकालिन गृहमन्त्री रमेश लेखक सहित तत्तकालिन सत्ताधारी काँग्रेस, एमाले नेताका निजी घर पालिका सहितका सरकारी कार्यालयमा तोडफोड, आगजनी, लुटपाट गरेका थिए । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले चाडवार्डलाई लक्षित गरेर सीमानाका, बसपार्क सहितका भिडभाड हुने जिल्लाभरी सुरक्षा प्रबन्ध मिलाएको बताए । प्रवक्ता बोहराले चाडवार्ड सुरक्षा योजना अनुरुप खटिएको बताए । चालु आर्थिक बर्षकोे दुई महिनामा चोरी तस्करी नियन्त्रणमा समेत प्रहरीले उल्लेख्य काम गरेको जनाएको छ । साउन भदौँमा तस्करीमा संलग्न ३मानिस, २१ सवारी साधन नियन्त्रण गरेर १ करोड, २२ लाख, २हजार ३९१रुपैया बराबरका अवैध समान बरामद गरिएका छन । गैर कानुनी रुपमा सवारी संचालनदेखि मपासेबाट जरिवाना, ट्राफिक दुर्घटना सचेतना कार्यक्रम संचालन गरिएको प्रहरीले जनाएको छ ।प्रतिबन्धित अवैध चल्ला, कुखुरा, माछा समेत बरामद गरिएको छ। ७६ हजार ट्राफिक जरिवाना अशुलेको छ । फरार भएका कैदीबन्दी पक्राउदेखि सचेतनाका कार्यक्रम संचालन गरिएको छ । कञ्चनपुर प्रहरीले सयमित भएर तिहार मनाउन समेत अपिल गरेकोे छ । कार्यक्रममा कञ्चनपुरका बरिष्ठ पत्रकार चित्राङ्ग थापाले चार्डवाडका बेला सम्वेदनशिल भएर कामकाज गर्नुपर्नेदेखि आम नागरिकले समेत सचेत भएर तिहार मनाउनुपर्नेमा सुझाव दिएका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज