वर्तमान सरकार वैधानिक र लोकतान्त्रिक दुवै विधि मिचेर बनेकाे एमाले अध्यक्ष ओलीको भनाई
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार वैधानिक र लोकतान्त्रिक दुवै विधि मिचेर बनेकाे सरकार भएकाे बताउनुभएकाे छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विघटित संसदीय दलको बैठकलाई मंगलबार सम्बोधन गर्दै उहाँले प्रतिनिधि सभा विघटनदेखि नयाँ सरकार निर्माणसम्मका सबै प्रक्रिया संविधानविरुद्ध, अलोकतान्त्रिक र नियोजित सत्ता कब्जाको परिणाम भएकाे बताउनुभयाे । उहाँले भन्नुभयो, ‘संसदको विघटन हरेक कोणबाट असंवैधानिक छ, प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक हिसाबले बाघको छालामा स्यालको रजाइँ गरिएको छ, यस्तो अराजक प्रक्रियालाई हामी स्वीकार्न सक्दैनौँ।’
अध्यक्ष ओलीका अनुसार देश अहिले ऐतिहासिक दोबाटोमा उभिएको छ । 'एकातिर विनाश, अव्यवस्था र प्रतिक्रियावादी गठबन्धनको मार्ग छ; अर्कोतिर राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता र समृद्धिको मार्ग', उहाँले भन्नुभयाे ।
उहाँले यो संवैधानि...




















