एमालेका कुनै नेतालाई बयानमा बोलाएमा १ लाख कार्यकर्ता सिंहदरबार पस्नेछन् : महेश बस्नेत
काठमाडौं- नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरुलाई कुनै आयोगका नाममा बयान दिन बोलाएमा १ लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने बताउनुभएको छ ।
नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)को घोषणा सभालाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक कार्की आयोगले बयानमा बोलाउने भन्दै बेला बेला हल्ला फिंजाएको भन्दै उहाँले त्यसो भएमा आज भेला भएका भन्दा पाँच दोब्बर मानिस सिंहदरबार प्रवेश गर्ने उहाँले चेतावनी दिनुभयो । भदौ २४ गतेको अराजक जत्थाजस्तो एनभिएफले तोडफोड र आगजनी गर्ने उहाँले बताउनुभएको छ । ‘हामी भदौ २४ गतेका अराजकहरु जस्तो सिंहदरबार तोडफोड र आगजनी गर्दैनौ ’ बस्नेतले भन्नुभयो ‘बरु फूलमाला लगाएर सुशीला कार्की मन्त्रीहरुलाई सिंहदरबाट बिदाइ गर्नेछौं ।’
बस्नेतले १ लाख जनताको उपस्थितीमा सिंहदरबार भित्रै आफूहरुले आमसभा आयोजना गर्ने पनि बताउनुभएको छ । नेपो बेबी भनेर विभिन्न नेताका छोराछोरील...




















