Advertisement

स्वास्थ्य

बेलडाँडीमा एनएनएसडब्ल्यूएद्वारा बाढीपिडितलाई खाद्यान्न सहयोग, स्थानियहरुमा खुशीयाली

बेलडाँडीमा एनएनएसडब्ल्यूएद्वारा बाढीपिडितलाई खाद्यान्न सहयोग, स्थानियहरुमा खुशीयाली

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । कंचनपुरको बेलडाँडी गाउँपालिकामा बाढी प्रभावित परिवारहरूलाई खाद्यान्न सहयोग गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेव द चिल्ड्रेनको सहयोग तथा बेलडाँडी गाउँपालिकाको समन्वयमा गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ घर परिवारलाई झण्डै ४३ लाख बराबरको खाद्यान्न सहयोग गरिएको हो। बाढी प्रभावित परिवारहरूलाई प्रति परिवार ५० किलो मसिनो चामल, २ किलो मसुरोको दाल, ३ किलो अरहरको दाल, ५ किलो तोरीको तेल, ५ किलो चिनी, १० किलो आयोडिन युक्त नुन र पानि शुद्धिकरण किट गरि करिब ६ हजार ८ सय बराबरको सहयोग वितरण कार्य सुरू भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले गत असार २२ गते देखि २५ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीबाट बेलडाँडी गाउँपालिकामा धेरै परिवारहरू अफ्ठ्यारोमा परेको बताउनुभयो। उहाँले भन्नुभयो, “अफ्ठ्यारोमा परेका ती ...
बाढीले दिएको पिडा : पटरा खल्लाका ७ बाढीपिडित घरपरिवार अझै घर फर्कन सकेनन्

बाढीले दिएको पिडा : पटरा खल्लाका ७ बाढीपिडित घरपरिवार अझै घर फर्कन सकेनन्

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । असार २२ गतेदेखि २४ सम्म ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा बिस्तापित भएका पटरा खल्लका ७ घरपरिवार अझै घर फर्किन सकेका छैनन् । असार २२ गते देखि २४ सम्म आएको अबिरल वर्षा संगै जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिका– ३ पटराखल्लाका २६ घरधुरी बिस्तापित भएका थिए । बाढीले उनिहरुको घर भत्काउनुको साथै खाद्यान्न, भाडाकुडी, लत्ताकपडा लगाएत सामग्री बगाएर तथा भिजाएपछि बिस्तापित भएको हुन् । बाढीले पटराखल्लामा बितण्डा मच्चाएपछि उनिहरु नजिकै रहेको जमुना आधारभुत बिद्यालयमा आश्रय लिएका थिए । पानीको सतह कम भएसंगै बाढी सुकेपछि १९ घरपरिवार घरफर्किएता पनि ७ घरपरिवार अझै आफन्त र छिमेकीको घरमा आश्रय लिदै आएका छन् । बिद्यालयमा पठन पाठनमा असहज भएको कारण उनिहरु बिद्यालयको एक कोठामा आफ्नो बाढीबाट जोगाएका सामग्री राखेर आफन्त र छिमेकीको शरणमा बस्दै आएको स्थानियहरुले बताएका छन् । आएको बाढीले दोधारा चा...
बडुवाल टोलमा जंगली हात्तीले अन्नवाली नष्ट गर्दै, किसानहरु चिन्तामा

बडुवाल टोलमा जंगली हात्तीले अन्नवाली नष्ट गर्दै, किसानहरु चिन्तामा

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा जंगली हात्तीले धान तथा मकैवाली नष्ट गर्दै आएको छ् । बडुवाल टोलमा स्थानिय किसानहरुले लगाएको धान तथा मकैवाली खाएर तथा उद्यनेर नष्ट गर्दै आएको हो । झण्डै २ साता देखि नजिकै रहेको भारतिय जंगलबाट बस्ती भित्रिएको जंगली हात्तीको बथानले किसानहरुले लगाएको अन्नवाली खाएर तथा उद्यनेर नष्ट गर्दै आएको स्थानियहरुले बताएका छन् । भारतिय जंगलबाट हुल बाँधेर आएको जंगली हात्तीले गएराती किसान सुरज सुनार र मोहन सुनारको धान तथा मकै खेती नष्ट गरेको स्थानियबासी महाविर क्षेत्रीले जानकारी दिएका छन् । मधयरातमा आएको हात्तीले सुरज सुनार र मोहन सुनारको झण्डै आधा बिघाहमा लगाएको धान तथा मकै खेती नष्ट गरेको महाविर क्षेत्रीले बताए । बिगत १०/१२ वर्ष देखि बस्तीमा जंगली हात्तीले स्थानियहरुको अन्नवाली नष्ट गर्नुको साथै घर भत्काउदै आएपनि नेपाल सरकारले हात्ती नियन्त्रणको दिर्घक...
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि छात्र–छात्राहरुलाई माईतीको अनुशिक्षण

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि छात्र–छात्राहरुलाई माईतीको अनुशिक्षण

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । माईती नेपाल कञ्चनपुरले एक दिने कानुनी अनुशिक्षण सम्पन्न गरेको छ् । सिद्धार्थ होटल न्यू आनन्दमा सुदूरपश्चिम बिश्वबिद्यालय, जनज्योति बहुमुखी क्याम्पस, मोर्डन पब्लिक स्कुल, लोरिडा ईङ्गलिस स्कुल लगाएतका बिद्यार्थीहरुलाई मानव बेचविखन तथा ओसारपसार बिरुद्ध अनुशिक्षण दिईएको माइती नेपाल कञ्चनपुरले जनाएको छ् । मानव बेचविखन तथा ओसारपसार बिरुद्धको कानुनी अनुशिक्षण माइती नेपाल कञ्चनपुरको नौलो कार्यक्रम भने होईन् । यस अघि पनि माईती नेपालले मानव बेचविखन तथा ओसारपसार बिरुद्ध जनचेतना फैलाउन अत्याधिक मात्रामा यस्ता कार्यक्रमको आयोजना गरि सकेको छ् । तर बिगतमा आयोजना गरिएका कानुनी अनुशिक्षण भन्दा यो पृथक कार्यक्रम रहेको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । दिईएको अनुशिक्षणबाट प्रशिक्षक उत्पादन भएको र उत्पादित प्रशिक्षकहरुले आ–आफ्ना क्षेत्रमा मानब बेचविखन तथा ओसारपसार बिरु...
वडाध्यक्ष खत्रीले सुरु गरे साताव्यापी सडक सरसफाई, सडक दुर्घटना न्युनिकरण हुने अपेक्षा

वडाध्यक्ष खत्रीले सुरु गरे साताव्यापी सडक सरसफाई, सडक दुर्घटना न्युनिकरण हुने अपेक्षा

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ मा साताव्यापी सडक सरसफाई कार्यक्रम संचालन गरिएको छ् । वडा क्षेत्रलाई सफा सुग्घर बनाउने उद्धेश्यलेले दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको पहलमा साताव्यापी सरसफाई कार्यक्रम सुरु गरिएको हो । स्वयम्सेवा मार्फत स्थानियबासी, बिद्यार्थी, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिभिन्न संघ–संस्थाको सहयोगमा वडा स्तरिय साताव्यापी सरसफाई कार्यक्रम सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडा अध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् । आफु जनप्रतिनिधी भएर आईसकेपछि निरन्तर वडामा रहेका सडकहरुमा सरसफाई कार्यक्रम संचालन गर्दै आएको वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् । प्रत्येक शनिवार वडा क्षेत्रमा रहेका सडकहरुमा स्थानियबासी, बिद्यार्थी, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिभिन्न संघ–संस्थाको सहयोगमा सडक छेउमा उम्रेका झाँडी, ...
ईको पार्क संरक्षण, सम्वद्र्धन र व्यवस्थापन कार्यमा तिब्रता

ईको पार्क संरक्षण, सम्वद्र्धन र व्यवस्थापन कार्यमा तिब्रता

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको ईको पार्कको संरक्षण, सम्बद्र्धन र व्यवस्थापन कार्य तीव्र रुपमा भइरहेको छ् । स्थानीय जनप्रतिनिधि, संघ–संस्था साथै सरोकारवाला निकायहरुको सक्रीयतामा बजारकै मुटुमा रहेको ईको पार्क व्यवस्थापन कार्य भइरहेको हो । शुक्रबार जनप्रतिनिधि, संघ–संस्था साथै सरोकारवाला निकायहरु बीच ईको पार्कको संरक्षण, सम्बद्र्धन र व्यवस्थापन सम्बन्धी जानकारी तथा सुझाव संकलनका लागि छलफल भएको छ् । भीमदत्त नगरपालिकाका उप–मेयर निलम जोशी लेखकले बजारको मुटुमा रहेको ईको पार्कको संरक्षण, सम्बद्र्धन र व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । अहिले ईको पार्कको संरक्षण, सम्बद्र्धन र व्यवस्थापनका लागि पालिका, वडा कार्यालय, विभिन्न संघ–संस्था साथै सबै सरोकारवाला निकायहरुले चाँसो देखाएको बताउनुभयो । उहाँले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आर्थिक तथा प्राविधिक सहयोगमा...
दोधारा चाँदनीको सिमा बस्ती नजिक बग्दै नेपाली भुमी, कहिले बन्ला पक्की तटबन्ध ?

दोधारा चाँदनीको सिमा बस्ती नजिक बग्दै नेपाली भुमी, कहिले बन्ला पक्की तटबन्ध ?

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । ४४ घरपरिवारको बसाई रहेको कुतियाकवर, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० को विकट संगै नेपाल–भारतको सीमा सित जोडिएको बस्ती हो । पूर्वमा महाकाली र उत्तरमा जोगबुडा नदीको दो–साँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारत सित जोडिएको छ् । बिसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाँउनै जोखिममा रहेपनि सरोकारवाला निकाय भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा लागेको खासै देखिएका छैनन् । विसं २०७४ मा जोगबुडा नदीमा झोलुङ्गे पुल बनेपछि नगर सित जोडिएको कुतियाकवरमा बर्सेनी जोगबुडा र महाकाली नदीले जमिन कटान गरिरहदा तटबन्ध निर्माणका लागि खासै पहल भएको देखिदैन् । कुतियाकवर बस्ती नजिकको जमिन महाकाली नदीले तिब्र कटानी भईरहेको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीका स्थानियबासी टेक बहादुर सुनारले बताउनुहुन्छ् । अहिले सिमा क्षेत्रमा नेपाली भुमी महाकाली नदीले जग्ग...
आयुर्वेदिक उपचारमा आकर्षण बढ्यो

आयुर्वेदिक उपचारमा आकर्षण बढ्यो

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरु आर्युेवेदिक उपचारमा आकर्षित भएका छन् । बिगत ४ बर्ष देखिे नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि यस प्रति स्थानीय आकर्षित भएका हुन् । महाकाली आयुर्वेद औषधालय महेन्द्रनगर र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा स्थानिा भएको नागरिक आरोग्य सेवा केन्द्रमा दैनिक २५ देखि ३० सम्म सेवाग्राही आउने गरेको नागरिक आरोग्य सेवा केन्द्र दोधारा चाँदनीका बैध राजु जोशीले बताए । आयुर्वेदिक औषधीले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको उहाँको भनाई रहेको छ् । आयुर्वेद औषधीले अन्य असर नगर्ने भएकाले यसमा नागरिकको आकर्षण बढ्दै गएको नागरिक आरोग्य सेवा केन्द्र दोधारा चाँदनीका बैध राजु जोशीको भनाई रहेको छ् । गत बिगतका तुलनामा बिरामीहरुको संख्याका साथै पञ्चकर्म लिनेहरुको संख्या समेत बढेर गएको बैध जोशीले बताउनुभएको छ् । सरकार...
गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रम अन्तर्गत ‘ईको पार्क’ मा वृक्षारोपण तथा व्यवस्थापन

गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रम अन्तर्गत ‘ईको पार्क’ मा वृक्षारोपण तथा व्यवस्थापन

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–४ र १८ मा रहेको बजार संगै जोडिएको ईको पार्क क्षेत्र बाक्लो बस्ती साथै मोटर गाडीहरुको उच्चतम प्रयोग हुने स्थान हो । पछिल्लो समय जलवायु परिवर्तनको असर, मोटर गाडीको उच्चतम प्रयोग साथै उद्योग धन्दाहरुले वातावरण प्रदुषित बन्दै गएको छ् । जनसंख्या वृद्धि र विस्तारित शहरीकरणका बिच वातावरणीय सन्तुलन कायम गर्न भीमदत्त नगरपालिकामा वृक्षारोपण कार्यहरु गरि हरियाली प्रवद्र्धनका लागि काम भईरहेको छ् । यसै क्रममा भीमदत्त नगरपालिका वडा नम्बर १८ स्थित सालघारीमा रहेको ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन कार्य सुरु भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रम अन्तर्गत भीमदत्त नगरपालिका वडा नम्बर १८ को समन्यवमा ईको पार्कको संरक्षण, संवर्धन र व...
जिवन रक्षाका लागीको लागी अपिल

जिवन रक्षाका लागीको लागी अपिल

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । पोखरामा छोराको उपचारमा रहेकी पुष्पा सिंहले आर्थिक अभाव भएपछि सहयोग गरिदिन सबैलाई अपिल गरेकी छन् । सड्क दुर्घटनामा परि गम्भीर घाईते भएका छोरा मुकेश सिंहको उपचारका लागी आर्थीक सहयोगको लागि अपिल गरेकी हुन् । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका– ४ की पुष्पा सिंहका छोरा पोखराको बेलघारी सडक दुर्घटनामा परि गम्भिर घाईते भएका हुन् । केही दिन अघि क्यान्सरबाट ग्रसित श्रीमान गुमाएकी पुष्पाको परिवारमा आर्थिक जोहो गर्ने कोही छैन् । ठुलो रकम खर्च गर्दा पनि श्रीमान् बचाउन नसकेकी पुष्पाले छोराको ज्यान जोगाउन आर्थिक अभावले उपचारमा समस्या परेको बताएकी छन् । छोरा दुर्घटनामा परि एक साता बढी समयबाट अचेत अवस्थामा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान (गण्डकी अस्पतालमा) उपचार भईरहेको छ् । पुष्पाले घरपरिवारको आर्थिक अवस्थाले उपचार गर्न सम्भव नभएकोले आफ्नो छोराको उपचारको लागी सक्दो आर्थिक सयोग गरिदिनहु...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज