Advertisement

दोधारा चाँदनीको सिमा बस्ती नजिक बग्दै नेपाली भुमी, कहिले बन्ला पक्की तटबन्ध ?

पप्पु गुरुङ्ग, दोधारा । ४४ घरपरिवारको बसाई रहेको कुतियाकवर, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० को विकट संगै नेपाल–भारतको सीमा सित जोडिएको बस्ती हो । पूर्वमा महाकाली र उत्तरमा जोगबुडा नदीको दो–साँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारत सित जोडिएको छ् । बिसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाँउनै जोखिममा रहेपनि सरोकारवाला निकाय भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा लागेको खासै देखिएका छैनन् । विसं २०७४ मा जोगबुडा नदीमा झोलुङ्गे पुल बनेपछि नगर सित जोडिएको कुतियाकवरमा बर्सेनी जोगबुडा र महाकाली नदीले जमिन कटान गरिरहदा तटबन्ध निर्माणका लागि खासै पहल भएको देखिदैन् । कुतियाकवर बस्ती नजिकको जमिन महाकाली नदीले तिब्र कटानी भईरहेको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीका स्थानियबासी टेक बहादुर सुनारले बताउनुहुन्छ् । अहिले सिमा क्षेत्रमा नेपाली भुमी महाकाली नदीले जग्गा कटानी गरेर नदीमा परिणत गर्दै आएको टेक बहादुर सुनारले बताउनुभएको छ् ।

पुरानो र सानो संख्यामा आफुहरु दशक देखि बसिरहेको भए पनि सुविधाका नाममा सरकारले आफ्नो भूमि बचाउन सक्ने हैसिएत समेत नदेखाएको उहाँको गुनासो छ् । सुनारका अनुसार उत्तर/पुर्व तिरबाट महाकाली नदीले मात्रै नभई, दक्षिण तर्फ जोगबुडा नदी सीमा नदी बन्ने चुनौती थपिएको छ् । कुतियाकवर सीमा बस्ती करिब ५० बिघा क्षेत्रफलमा फैलिएको छ् । महाकाली नदी र जगबुडा नदीको दुवै तर्फ जग्गा कटान हुदा बर्सेनी बस्ती सााघुरिदै गएको छ् । अहिले आएर महाकाली नदीले बस्तीको पुर्व/दक्षिण दिशा तर्फबाट नियमित जग्गा कटान गरिरहेको छ् । कटानकै कारण सीमा स्तम्भ नं. २२ लामो समय देखि हराएको छ् । कुतियाकवरमा अहिले २१ नम्बर पिल्लर छ् । नदी कटानकै कारण २२ नम्बर पिल्लर भएको ठाँउमा अहिले महाकाली बग्छ् । कुतियाकवर बस्ती पारी सीमामा भारतको बंगाली कलौनी पछर्् ।

कुनै बेला सीमा र राष्ट्रियताको विषयमा कुतियाकवर देखि कालापानी सम्म अभियान समेत सञ्चालन गरिए पनि अहिले कुतियाकवर बगेर सीमा सर्ने अवस्थामा आउन लाग्दा पनि कोही नबोलेको अर्का स्थानियबासी खड्के बुढाको गुनासो छ् । २०३९ साल देखि आफुहरु बाढीको पिडा झेल्दै आएको खड्के बुढाले बताउनुभएको छ् । बस्ती जोगाउन पक्की तटबन्ध निमार्णको माँग राख्दै आएपनि अझै सम्म आफुहरुको माँग सम्बोधन नभएको पिडा रहेको स्थानियबासी बुढाको रहेको छ् । तिनमा झण्डै २ बिघाह जग्गा नदीले कटानी गरेको उहाँको भनाई रहेको छ् । बस्ती संग सीमा जोगाउन नेपाल सरकार सचेत हुनुपर्ने उनिहरुको भनाई रहदै आएको छ् ।

१ सय ४५ परिवारको बसोबास रहेको कुतियाकवरमा नदी कटानकै कारण अहिले ४४ परिवारमा समेटिएको छ् । बाढी आउदा हुने क्षति कम गर्न र तत्काल उद्धार तथा व्यवस्थापनमा स्थानिय सरकार तथा प्रशासन सक्रिय देखिएता पनि दीर्घकालीन रुपमा बस्ती जोगाउने गरी योजना बनाउन नेपाल सरकारको खासै पहल देखिएको छैन् ।

जग्गा कटानले बस्ती जोखिम मात्रै होईन सीमाको माटो पनि दिन दिनै नदीले बगाउदै जाँदा भुमी अतिक्रमण हुने त्रास बढेर गएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज