नयाँ खबर
महेन्द्रनगर – कञ्चनपुर जिल्ला का सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेललाई पितृशोक परेको छ । बिहीबार साँझ सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलका पूजनीय बुबा टोपलाल पोखरेलको ७६ वर्षको उमेरमा असामयिक निधन भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी का पूज्यनीय बुबाको बिहीबार बेलुका ७ बजेर २४ मिनेटमा निधन भएको हो ।
सहायक प्रजिअ पोखरेलका बुबाको निधनमा फागुन ८ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला सुरक्षा समितिको बसेको बैठकले दिवंगत आत्माको चिरशान्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना जारी गरेको छ ।
विक्रम संम्बत २००६ सालमा लुम्बिनी अञ्चल गुल्मी जिल्लामा जन्मनु भएका सहायक प्रजिअका पिता टोपलाल समाज सेवा देखिन थुप्रै क्षेत्रमा काम गर्नु भएको थियो ।
उहाँको निधन भएको दुखद् खबरले शुभचिन्तक देखि सबै क्षेत्रबाट दिवंगत आत्मा प्रती श्रद्धाञ्जली सहित शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरिरहेका छन् ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।