कञ्चनपुरबाट एक ट्रक काठसहित बोहरा पक्राउ
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एक ट्रक काठ सहित एक जना पक्राउ परेका छन् । आईतबार जिल्लाको लालझाडी गाउँपालिका–३ बाट सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०८७ नम्बरको एक ट्रक काठसहित गणेशबहादुर बोहरा पक्राउ परेका हुन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरीका ४३ वर्षीय बोहरा एक सय ६४ क्यूफिट काठसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर मातहतमा रहेको इलाका प्रहरी कार्यालय, शंकरपुरको टोलीले शनिवार राति ४९ गोलिया आँपको काठ, ३७ गोलिया मसलाको काठ र बाँकी दाउरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता डिएसपी सागर बोहराले जानकारी दिए ।
प्रवक्ता बोहराले काठसहितको ट्रक र गणेशबहादुरलाई सब–डिभिजन वन कार्यालय, लालझाडीमा बुझाएको बताए । वनले पक्राउ परेका बोहरामाथि थप कानुनी कारवाहि अगाडि बढाएको छ ।...




















