बेलडाँडी गाउँपालिकामा सिलाई कटाई तालिम सम्पन्न
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकामा सिलाई कटाई तालिम सम्पन्न गरीएको छ । महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउने उदेश्यले गाउँपालिकाको उपाध्यक्ष विशेष कोषबाट संञ्चालन गरीएको निशुल्क उद्यामशिलता डेढ महिने एडभान्स तामिलको विहीबार समापन गरीएको हो । समापन कार्यक्रमको प्रमुख अतिथि बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ती नाथ रहेका थिए भने कार्यक्रमको अध्यक्षता कालिकिच महिला सिलाईका अध्यक्ष ईश्वरी भट्टले रहेका थिए । आधारभूत सिलाई कटाई तालिम लिएका आर्थिकरुपमा विपन्न महिलाहरुका लागि एडभान्स तहको डेढ महिने तालिम प्रदान गरीएको हो । कार्यक्रमा मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष शान्ती नाथले आर्थिकरुपामा विपन्न महिलाहरुलाई आफ्नो खुट्टामा आफै उभिन सक्षम बनाउने उदेश्यका साथ तालिम प्रदान गरीएको बताए । ‘आर्थिकरुपमा विपन्न महिलाहरुलाई सक्षम बनाउनका लागि तालिम प्रदान गरीएको छ,’ गाँउपालिका उपाध्यक्ष न...




















