नयाँ खबर
महेन्द्रनगर– भीमदत्त नगरपालिकामा एसियाली विकास बैंक(एडिबि)को परियोजना–२ को लागि १८ वटा सडक कालोपत्रका लागि ठेक्का प्रक्रिया सुरु भएको छ । भीमदत्त नगरपालिका भित्र पर्ने १८ वटा सडक कालोपत्र गर्न छनौट भएका छन् । तर नेपाल सरकारको अर्धस्वामित्व देखि पुर्ण स्वमित्व भएका कार्यालयमा दक्ष, योग्य र समयानुकुल मेनपावर पदपूर्ति गर्दै आईरहेको कार्यालय लोकसेवा आयोग जाने सडक कालोपत्र गर्नका लागि छनौट हुन सकेन् । छनौट पनि कसरी होस त ? जनप्रतिनिधिलाई जहाँ भोट दिने मान्छे हिड्दैनन् भन्ने लागेसी । तर लोक सेवा आयोग कञ्चनपुर जानेबाटो कालोपत्र गर्नुपर्ने अनिवार्यता भए पनि भीमदत्त नगरपालिकाले उक्त सडकलाई नत कालोपत्रे गर्ने सोच बनाएको छ नत त्यस सडकमा आउने ढल व्यवस्थापन गर्ने योजना नै निर्माण गरेको देखिन्छ ।
लोक सेवा आयोग कार्यालय कञ्चपुरका प्रमुख बाबुकृष्ण ढकालले उक्त सडक कालोपत्रेका लागि विभिन्न सरोकारवाला कार्यालयका ढोका घचखच्याए पनि कसैले नसुनेको गनासो पोखे । गएको शुक्रबार उहाले भीमदत्त नगरापालिकाका कार्याालय प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमलाई सडकको समस्याको बारेमा राखेको बताए । आधा दर्जन बढी सरकारी कार्यालयले प्रयोग गर्ने बाटो वर्षौ अघि कालोपत्रे गरिएको थियो ।
कालोपत्रे टुटफुट भएपछि बाटोमा छरपष्ट गिट्टी र बालुवाले आवागमन अप्ठेरो बनाएको छ । ‘यो बाटो मर्मत होस भनेर कार्यालय अन्य निकायसित सहयोग मागि रहेको छ, हालसम्म कही कतैबाट सहयोग हुन सकेको छैन’ कार्यालय प्रमुख ढकालले भने । आयोगका कार्यालयका कम्युटर अपरेटर अनिल चन्दले बाटोका कारण ज्यान जान सक्ने चिन्ता बढेको बताए । ‘यो बाटो भएर प्रहरीका गाडीहरु दैनिक रुपमा चलि रहेका हुन्छ, कुनै दिन ती गाडीका कारण ढुङ्गा उछिट्टिएर चोट पटक लागेर ज्यान पनि जान सक्छ’ उनले भने,‘गाडी मोटरसाइकल चलाउन निकै अप्ठेरो छ ।’ जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिलको कार्यालय आउजाउ गर्न प्रहरीले यहीं बाटो प्रयोग गर्दै आएको छ । यो सडकमा बर्खा याममा बाढी आउने र कार्यालभित्रै पस्ने गरेको छ । आईतबारदेखि परेको पानीले कार्यालय परिसरमै बाढि आएको छ । गत वर्ष पनि बाढी कार्यालयमभित्र पसेर कम्प्यटुर, कागजात, कार्पेट लगायतका समानमा क्षति पुगेको थियो । यस बर्ष पनि विभिन्न प्रकारका सेवा सुविधा माथिल्लो तलाबाट भईरहेको छ । कार्यालयभित्र पस्ने बाढी रोक्न र सहज आवागमनका लागि नाली सहित बाटो मर्मत गरिनु पर्ने आवश्यकता भएको कार्यालय प्रमुख ढकालले बताए । कार्यालय प्रमुख ढकाल सहित सबै कर्मचारीको कार्यकक्ष कार्यालयको तल्लो तलामा छन् । गत वर्ष कार्यकक्षमा बाढी पसेपछि उनले कार्यकक्षमा जान सकेनन् । पानी निकास भएपछि मात्रै उनी कार्यकक्ष गएका थिए ।
कार्यालय प्रमुख ढकाल बाटो मर्मतका लागि भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय हुँदै धनगढीको स्थानीय पूर्वाधार आयोजनासम्म पुगि सकेका छन् । लोक सेवा कार्यालयले कार्यालयमा जाने उच्च सरकारी अधिकारीसित बाटो मर्मतका लागि नबिराई आग्रह गर्र्दै आएको छ । कार्यालयले कञ्चनपुरका यस अघिका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटालाई पनि बाटो मर्मतका लागि आग्रह गरेका थिए ।
सापकोटाले बाटो मर्मतमा सहयोग गर्ने आश्वासन दिएको कार्यालयका कर्मचारीले बताए । उनले मर्मतका लागि अन्य सरकारी निकायसित कुराकानी समेत गरेका थिए । सापकोटापछि कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीमा लक्ष्मण ढकाल आएका छन् । कार्यालय प्रमुख ढकाललाई बाटो मर्मत सम्बन्धि कुराकानी गर्न नसकिएको कार्यालय बताउँछ ।
प्रमुख जिल्ला अधिकारी ढकाल २०६६ मा तत्कालिन कञ्चनपुर जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी भएका थिए । पूर्वाधार विकास कार्यालयको जवाफले लोक सेवा आयोग कार्यालयको चित्त सबैभन्दा बढी दुखेको छ । पूर्वाधार विकास कार्यालयले बाटो प्रदेश मातहत पर्ने नभएकाले मर्मत गर्न नसकिने जवाफ दिएको थियो । त्यसपछि कार्यालय प्रमुख ढकाल संघ सरकार मातहतको स्थानीय पूर्वाधार आयोजना कार्यालय धनगढी पुगेका हुन् । धनगढी पुगेर पनि सफलता हात नलागेका उनले भने,‘हामी पो संघ सरकार मातहत हो, बाटो त सबैले हिँडने हो, पूर्वाधार विकास कार्यालयले संघको बाटो भएकाले बनाउन सक्दैनौ भन्यो ।’ कार्यालय प्रमुख ढकाल बाटो मर्मतका लागि आफैं चिठी बोकेर पूर्वाधार विकास कार्यालय पुगेका थिए । पूर्वाधार विकास कार्यालयमा योगेन्द्र अधिकारी कार्यालय प्रमुख छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।