नयाँ खबर
महेन्द्रनगर–महेन्द्रनगरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा क्रियाशिल जीवीकोपार्जन समुहहरुका लागि कुृषि उपजहरुको मूल्य श्रृंखला प्रबद्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरीएको छ । शनिबार महेन्द्रनगरको सिद्धार्थ होटलमा एनटिएनसि(राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा तथा जेडएसएल, हिमालय प्रकृति कोष लगायतका संस्थाहरुको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरीएको हो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परीयोजना कार्यान्वयन एकाईका कृषि अधिकृत ध्रुवराज जोशी र भेटीरनरी अस्पताल तथा पुशु विज्ञ केन्द्रका नरेश जोशीले कार्यक्रममा विशेष प्रस्तुतिकरण राखेका थिए । विज्ञहरुले मध्यवर्तिका क्षेत्रका क्रियाशिल जीवीकोपार्जन समुहले उत्पादन गरेका कृषिजन्य उत्पादनलाई बजारमा खपत गराउन केकस्ता चुनौति रहेका र समस्याको समाधान सम्बन्धी प्रस्तुति गरीएको थियो । कृषि अधिकृत ध्रुवराज जोशीले तरकारी खेती सम्बन्धी जानकारी दिएका दिएका थिए भने पशुविज्ञ नरेश जोशीले नेपालमा मासुजन्य पदार्थको पुर्ति र मागको अवस्थाको बारेमा प्रस्तुति दिदै पशुपालनका कस्तो सम्भावना र चुनौतिका बारेमा प्रस्तुति राखेका थिए । कृषकहरुले विभिन्न प्रकारका समस्या झेलीरहको बताउनुभयो । कृषकहरुले पशु तथा बालिको विमा नगरीदिने जस्ता समस्या रहेको कुरालाई उठाएका थिए । त्यसको समाधानका लागि विमाबोर्डमा उजुरी दिने व्यवस्था रहेको सम्बन्धी छलफल गरीएको थियो ।
कार्यक्रममा शुक्लाफाटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने विभिन्न वडाहरुका वडाअध्यक्ष, जीवीकोपार्जन समूहमा आवद्ध किसान, जेडएसएलका प्रतिनिधि, हिमालय प्रकृति कोषका प्रतिनिधि, मण्डी व्यवसायीको सहभागिता रहेको थियो ।
कृषकहरुले उत्पादन गरेको उत्पादन बर्षभर िबजारमा खपत गराउने र खेर जानबाट रोक्न तथा सरकारले फ्रिमा कृषकलाई दिने सेवाका बारेमा जानकार िगराउने उदेश्यले कार्यक्रमको आयोजना गरीएको एनटिएनसिका प्रमुख लक्ष्मी राज जोशीले बताए । उनले कृषकलाई बजारको सही ज्ञान नभएका कारण कृषक र उपभोक्ता मारमा पर्ने गरेको समेत बताए ।
कार्यक्रमको अध्यक्षता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र का अध्यक्ष लव बहादुर विष्ट रहेका थिए भने प्रमुख अतिथिमा शुक्लाफाटा राष्ट्रिय निकुञ्जका विशिष्ठ अधिकृत पुरोषत्तम वाग्ले रहेका थिए । त्यसैगरी कार्यक्रममा स्वागत मन्तव्य राष्टिय प्रकृति संरक्षण कोषका प्रमुख लक्ष्मीराज जोशीले राखेको थिए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।