नेपाली कांग्रेसका नेता कार्यकर्तालाई विपी स्मृति दिवसले डो¥यायो बृद्धाश्रमसम्म
हेमा भट्ट, महेन्द्रनगर – नेपाली कांग्रेसले ४३औं बीपी स्मृति दिवसको अवसरमा बृद्धाश्रममा खाद्यान्न सामाग्रि प्रदान गरेको छ । मंगलबार कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं. ७ र ८ मा पर्ने रौटेलास्थीत बैजनाथधाम बृद्धाश्रममा चामल, दाल र तेललगायतका खाद्यान्न सामाग्रि हस्तान्तरण गरेको हो ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा क्षेत्र नं २(क) का प्रदेश सभापति पुरन खड्का ‘झंकार’को सभापतित्वमा र सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री बहादुर सिंह थापाको प्रमुख आतिथ्यमा वृद्धाश्रमका संयोजक बहादुर विष्टलाई खाद्यान्न हस्तान्तरण गरीएको छ । खाद्यान्न हस्तान्तरणपछि मन्त्री थापाले बृद्धाश्रमको सेवा विस्तारमा सरकारको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘यी बुबाआमाहरूको आँखामा देखिएको स्नेह नै हाम्रो कामको प्रेरणा हो। सेवा गर्न पाउनु सौभाग्य हो,’ उनले भने, ‘वृद्धाश्रमको सेव...



















