पीडितसँग छलफल नगरी फर्कियो छानविन आयोगको टोली : नेकपा(एमाले) कञ्चनपुर
महेन्द्रनगर । छानबिन आयोगकोे कार्यशैलीलाई लिएर नेकपा एमालेले विरोध जनाएको छ । बिहिबार कञ्चनपुर आएको जाँचबुझ आयोगको टोलीले पीडित र सरोकारवालासँग छलफल नगरी फर्किएको भन्दै नेकपा (एमाले) कञ्चनपुरले गम्भीर आपत्ति जनाएको हो ।
एमाले कञ्चनपुरका सचिव पल्लब राज भट्टले शुक्रबार जारी गरेको विज्ञप्तिमा आयोगको टोलीले स्थानीय पीडित, सरोकारवाला तथा राजनीतिक दलहरूसँग छलफल नगरी “सुटुक्क फर्किएको” भन्दै यस्तो व्यवहारले आयोगको जिम्मेवारीप्रति गम्भीर प्रश्न उठेको उल्लेख छ ।
प्रेस विज्ञप्तीमा भनिएको छ, “नेकपा (एमाले) कञ्चनपुरको भवनमा आगजनी भएको कुरा राज्यलाई जानकारी छ कि छैन ? सरोकारवालाको छलफलमा आफ्नो आस्थाको धरोहर जलाइएका राजनीतिक दलहरूलाई नबोलाई उपस्थितिको माइन्युटमा दलको नाम लेखेर अनुपस्थित लेख्नुको अर्थ के हो ?”
एमालेले आयोगले केही व्यक्तिका घरमा गोप्यरूपमा पुगेर भेटघाट गर्ने, अरूलाई जानकारी नै नदिने र ...



















