Advertisement

जिल्लाका पाँच क्षेत्रमा अन्तरविद्यालय फुटबल छनौट हुने, तोकिए संयोजक

बिकाश सिंह महता, महेन्द्रनगर – कञ्चनपुर जिल्लामा यू-१४ छात्रा/छात्र अन्तरविद्यालय फुटबल प्रतियोगिता -२०८२ सञ्चालनका संयोजक लगायत सम्पर्क व्यक्तिको नामावली सार्वजनिक गरिएको छ।
कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा कार्तिक ५ गते बसेको बैठकबाट कञ्चनपुर जिल्लामा यू-१४ छात्रा/छात्र अन्तरविद्यालय स्तरीय छनौट प्रतियोगिता सञ्चालन गर्नका लागि दर्ता मिति घोषण गरिएको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भयो।
उनका अनुसार, जिल्लाका पाँच वटा क्षेत्रमा अन्तरविद्यालय छात्रा/छात्र फुटबल प्रतियोगिताका लागि छनौटका संयोजक प्रशिक्षक र सदस्यलाई जिम्मेवारी दिएको हो। प्रतियोगिताका लागि कार्तिक २२ गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने र दर्ता शुल्क २ हजार १ सय तोकिएको छ। संघले विद्यालयलाई आफ्नो पायक पर्ने जुनसुकै क्षेत्रमा टिम छनौटका टिम दर्ता गर्न सकिने बताएको छ। एउटै विद्यालयले दुई ठाउँमा भने टिम दर्ता गराउन पाइने छैन भनेर सूचनामा उल्लेख गरिएको छ।
बेल्डाँडी गाउँपालिका क्षेत्रका लागि संयोजकको जिम्मेवारी धनबहादुर महता (बिकाश) सदस्यमा लोक बहादुर बलायर, प्रशिक्षक सुभाश कोलि, कृष्णपुर नगरपालिकामा संयोजक प्रजापति भट्ट, प्रशिक्षक भरत महत, सदस्य हेमन्त राना, पुनर्वास नगरपालिकामा संयोजक दाउत तामाङ, सदस्य शुक बहादुर तामाङ, प्रशिक्षक हिमाल मल्ल, दोधारा चाँदनी नगरपालिका संयोजक किरण परियार, सदस्यहरु रोहित लेखक, विशाल पुन र भीमदत्त नगरपालिका संयोजक राजप्रताव सिंह, सदस्य शंकर चन्द, प्रशिक्षकमा पुष्कर शाही लाई जिम्मेवारी दिएको छ।
विभिन्न क्षेत्रमा छनौट भएका विद्यालयहरुका बिच प्रतिस्पर्धा महेन्द्रनगर स्थित खुलामञ्चमा हुने छ। ग्रासरुट फुटबल बिकासका लागि विद्यालय स्तरबाट माथी उकास्नका लागि एन्फाले यू-१४ छात्रा/ छात्र फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो। उक्त छनौट प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालका छात्रा/छात्र टिमले सहभागिता जनाउन पाउने छन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज