Advertisement

samachar

सएसईइमा बेलडाँडीका ३७ प्रतिशत उत्तिर्ण

सएसईइमा बेलडाँडीका ३७ प्रतिशत उत्तिर्ण

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा एसईई परीक्षामा ३७ प्रतिशत बिध्यार्थी उत्तीर्ण भएका छन । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार बेलडाँडी गाउँपालिकाबाट सरकारी तथा निजी गरी ८ विद्यालयका २ सय ९५ विद्यार्थीले एसईई परीक्षा दिएका थिए । तीमध्ये १०९ जना मात्रै उत्तीर्ण भएका छन् । सबैभन्दा धेरै उत्तीर्ण विद्यार्थी सरस्वती माविमा देखिएका छन् । विद्यालयका ४७ जना विद्यार्थी सहभागीमध्ये २७ जना उत्तीर्ण भएका छन् । दोस्रो स्थानमा सरस्वती मावि वैवाह रहेको छ । उक्त विद्यालयका ५६ परीक्षार्थीमध्ये २९ जनाले सफलता प्राप्त गरेका छन् । तेस्रो स्थानमा रौलेश्वर मावि परेको छ, जहाँ ५३ विद्यार्थी सहभागीमध्ये १९ जना उत्तीर्ण भएका छन् । त्यसैगरी सिद्धनाथ मावि, खैरिघाटका ४६ मा १४ जना उत्तीर्ण छन । गणेश मावि, भुर्षाका ३८ मा ५ उत्तीर्ण भए । बैजनाथ मावि, झिलमिलाका ३५ मा ८ उत्तीर्ण भएका छन । क...
दैजीमा बुलेरो जिपको ठक्करबाट एक जनाको मृत्यु

दैजीमा बुलेरो जिपको ठक्करबाट एक जनाको मृत्यु

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । वेदकोट नगरपालिका–३ को दैजीमा मंगलवार सुदूरपश्चिम प्रदेश ०४००१ च ००१३ नम्बरको बोलेरो जिपको ठक्करबाट भीमदत्त नगरपालिका वडा नं. १५ का दिपेन्द्र चन्दको मृत्यु भएको हो। चन्द दैजीमा डिआरएस ट्रेडर्स सञ्चालन गर्दै आएका थिए । चन्दले चलाएको इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाईते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो तर उपचारका क्रममा राति १०ः१५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले कञ्चनपुरका सूचना अधिकारी डिएसपि सागर बोहराले जानकारी दिए ।...
पोखराका स्पा सेन्टरबाट ८ बालिकाको उद्धार, संञ्चालकहरुलाई कारवाहि गरीने

पोखराका स्पा सेन्टरबाट ८ बालिकाको उद्धार, संञ्चालकहरुलाई कारवाहि गरीने

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
पोखरा–पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरहरुबाट ८ बालिकालाई प्रहरीले उद्धार गरेको छ । सोमबार इभेन्डर ब्युटि एण्ड स्पाबाट ४ जना तथा ताराहिल लज स्पा एण्ड ब्युटिकेयर र पर्सल्यान स्पाबाट २–२ जना गरी ८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए ।   स्पा सेन्टरहरुमा १८ वर्ष मुनिका बालिकाहरुलाई काममा लगाइएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाबाट उद्धार टोली खटिएको प्रहरीले जनाएको छ । स्पा सेन्टरहरुले बालबालिका लाई बाल श्रम (निशेध र नियमन गर्ने) ऐन २०५६, विपरीत जोखिमपूर्ण व्यवसायमा लगाएको देखिएकाले संलग्न स्पासेन्टरका संञ्चालकहरुलाई कारावाहिका लागि श्रम तथा रोजगार शाखा कास्कीमा पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरी बहादुर बस्नेतले बताए ।...
लोकसेवा आयोग जाने सडक जलमग्न, महत्वपूर्ण कागजात उच्च जोखिममा

लोकसेवा आयोग जाने सडक जलमग्न, महत्वपूर्ण कागजात उच्च जोखिममा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– भीमदत्त नगरपालिकामा एसियाली विकास बैंक(एडिबि)को परियोजना–२ को लागि १८ वटा सडक कालोपत्रका लागि ठेक्का प्रक्रिया सुरु भएको छ । भीमदत्त नगरपालिका भित्र पर्ने १८ वटा सडक कालोपत्र गर्न छनौट भएका छन् । तर नेपाल सरकारको अर्धस्वामित्व देखि पुर्ण स्वमित्व भएका कार्यालयमा दक्ष, योग्य र समयानुकुल मेनपावर पदपूर्ति गर्दै आईरहेको कार्यालय लोकसेवा आयोग जाने सडक कालोपत्र गर्नका लागि छनौट हुन सकेन् । छनौट पनि कसरी होस त ? जनप्रतिनिधिलाई जहाँ भोट दिने मान्छे हिड्दैनन् भन्ने लागेसी । तर लोक सेवा आयोग कञ्चनपुर जानेबाटो कालोपत्र गर्नुपर्ने अनिवार्यता भए पनि भीमदत्त नगरपालिकाले उक्त सडकलाई नत कालोपत्रे गर्ने सोच बनाएको छ नत त्यस सडकमा आउने ढल व्यवस्थापन गर्ने योजना नै निर्माण गरेको देखिन्छ । लोक सेवा आयोग कार्यालय कञ्चपुरका प्रमुख बाबुकृष्ण ढकालले उक्त सडक कालोपत्रेका लागि विभिन्न सरोकारवाला कार्य...
दोधारा चाँदनीमा ७५ प्रतिशत रोपाई सकियो

दोधारा चाँदनीमा ७५ प्रतिशत रोपाई सकियो

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेनद्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनीमा ७५ प्रतिशत रोपाई सकिएको छ । दोधारा चाँदनी नगरपालिका कृषि विकास शाखाका प्रमुख कमलापति भट्टका अनुसार हालसम्म ७५ प्रतिशत रोपाई सकिएको हो । दोधारा चादनीमा कुल दुई हजार ६ सय हेक्टर खेती योग्य जमिन रहेकोमा दुई हजार हेक्टर जमिनमा मात्रै धान रोपिने प्रमुख भट्टले बताए । विगत बर्षमा २२ सय हेक्टर जमिनमा रोपाई गरीदै आएता पनि यस बर्ष थप दुई सय हेक्टरमा भटमास खेति विस्तार गरीएको कृषि शाखा प्रमुख भट्टको भनाई छ । उनका अनुसार विगत बर्ष दुई सय हेक्टर जमिनमा मात्रै भटमास खेति गरीएको भए पनि यस बर्ष चार सय हेक्टर जमिनमा भटमास खेती गरीएको छ । दोधारा चाँदनीमा धान उत्पादकत्व प्रति हेक्टर २ दशलमव ९ देखि ३ दशमलव १ मेट्रिक टन रहेकोछ । यहाँका किसानहरुले धान विक्रि गर्ने गरेका छन् । यहाका ९५ प्रतिशत कृषकले आधुनिक कृषि उपकरण प्रयोग गर्ने गरेका छन् । कञ्चनपुर जिल्लामा भने...
कञ्चनपुरमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कञ्चनपुरमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पछिल्लो ३ घण्टामा कञ्चनपुर जिल्लास्थित खल्लागोठ र शान्तिपुर बेलौरी वर्षामापन केन्द्रहरू तथा आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ। बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ४ः३० बजे सूचना जारी गर्दै यो जानकारी दिएको हो। महाशाखाले सो क्षेत्रहरू भई बहने सिहाली, दोदा(मछेली) लगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।...
जन्मदिनको अवसरमा पत्रकार लावडद्वारा पत्रकार कल्याण कोषको स्थापनार्थ आर्थिक सहयोग

जन्मदिनको अवसरमा पत्रकार लावडद्वारा पत्रकार कल्याण कोषको स्थापनार्थ आर्थिक सहयोग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - नेपाल पत्रकार महासंघ शाखा कंचनपुरका साधारण सदस्य अनिता लावडले नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषमा आर्थिक सहयोग गरेका छन । महासंघ कंचनपुरको कल्याण कोषको स्थापनार्थ आफ्नो जन्मदिनको अवसरमा संचारकर्मी लावडले ५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेकि हुन । पवित्र भावनाका साथ  महासंघले पत्रकारहरुको हितमा खर्च गर्ने गरि स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ  सकेको सहयोग गरेको उनले बताइन । पत्रकारहरुले आफ्नो र परिवारको जिवन खासै प्रवाह नगरी हरेक समयमा जोखिममा परेर समाजका हरेक बिषय उठान गर्दै आइरहेको समयमा थोरै भएपनी हामि सबै पत्रकारहरुलाई समस्या परेको बेला सहयोग होस भन्ने उदेश्यले सहयोग गरेको उन बताइन । आगामी दिनहरुमा अझै सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए । नेपाल पत्रकार महासंघ शाखा कंचनपुरका अध्यक्ष सुरेश सिंह धामिले प...
कृषि उपजहरुको मूल्य श्रृंखला प्रबद्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न

कृषि उपजहरुको मूल्य श्रृंखला प्रबद्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महेन्द्रनगरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा क्रियाशिल जीवीकोपार्जन समुहहरुका लागि कुृषि उपजहरुको मूल्य श्रृंखला प्रबद्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरीएको छ । शनिबार महेन्द्रनगरको सिद्धार्थ होटलमा एनटिएनसि(राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा तथा जेडएसएल, हिमालय प्रकृति कोष लगायतका संस्थाहरुको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरीएको हो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परीयोजना कार्यान्वयन एकाईका कृषि अधिकृत ध्रुवराज जोशी र भेटीरनरी अस्पताल तथा पुशु विज्ञ केन्द्रका नरेश जोशीले कार्यक्रममा विशेष प्रस्तुतिकरण राखेका थिए । विज्ञहरुले मध्यवर्तिका क्षेत्रका क्रियाशिल जीवीकोपार्जन समुहले उत्पादन गरेका कृषिजन्य उत्पादनलाई बजारमा खपत गराउन केकस्ता चुनौति रहेका र समस्याको समाधान सम्बन्धी प्रस्तुति गरीएको थियो । कृषि अधिकृत ध्रुवराज जोशीले त...
मन्त्री भण्डारीद्धारा दोधारा चादनीमा निर्माणाधिन सुख्खा बन्दरगाहको शिलान्यास र जग्गा क्लिरेन्स हस्तान्तरण कार्य चाडो गर्ने प्रतिबद्धता

मन्त्री भण्डारीद्धारा दोधारा चादनीमा निर्माणाधिन सुख्खा बन्दरगाहको शिलान्यास र जग्गा क्लिरेन्स हस्तान्तरण कार्य चाडो गर्ने प्रतिबद्धता

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामुदर भण्डारीले देशकै राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिईएको निर्माणाधिन दोधारा चादनी सुख्खा बन्दरगाहको एकैपटक शिलान्यास र जग्गाको क्लिीरेन्स हस्तान्तरण गर्ने प्रक्रियालाई चाडोभन्दा चाडो गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री भएपछि तेस्रोपटक सुख्खाबन्दरगाहको अनुगमन तथा अवलोकनको क्रममा मन्त्री भण्डारीले उक्त प्रतिबद्धता जनाएका हुन् । ‘मन्त्राल र सरकारले यसलाई विशेष महत्वको आयोजनाको रुपमा लिएको छ,’ उहाँले भन्नुभयो, ‘एकै पटक हामी शिलान्यास र घरजग्गाको क्लिरेन्स गरेर हस्तान्तरण गर्ने प्रक्रियालाई चाडोभन्दा चाडो अगाडि बढाउने प्रतिबद्धता जनाउछु ।’   दोधाराचादनी सुख्खाबन्दरगाह तेस्रो मुलुकमा निर्यात गर्ने पोर्टको रुपमा विकास गरीनेसमेत मन्त्री भण्डारीले बताएका छन् । उहाले यसकालागि कर्मचारीस्तरमा भारतीयपक्ष र नेपाली पक्षविच कुराकानी भई...
एसइई पूरक परीक्षा समय तालिका सार्वजनिक

एसइई पूरक परीक्षा समय तालिका सार्वजनिक

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले एसइईको पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। शक्रवार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् । एसइईको नतिजामा ६१ दशमलव ८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ। नियमित परीक्षामा सहभागी भएका मध्ये चार लाख ३८ हजार आठ सय ९६ परीक्षार्थीमध्ये ३।६ देखि ४ जीपीए ४८ हजार एक सय ७७, ३।२ देखि ३।६ जीपीएसम्म ८१ हजार तीन सय ५५, २।८ देखि ३।२ जीपीएसम्म ८९ हजार एक सय २४ जना, २।४ देखि २।८ जीपीएसम्म ४८ हजार चार सय ७९, २ देखि २।४ सम्म ल्याउने चार हजार एक सय २६ जना, १।६ देखि २ जीपीएसम्म ८ जना छन्। एक सय २६ जना परीक्षार्थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज