नयाँ खबर
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले एसइईको पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। शक्रवार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् । एसइईको नतिजामा ६१ दशमलव ८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ। नियमित परीक्षामा सहभागी भएका मध्ये चार लाख ३८ हजार आठ सय ९६ परीक्षार्थीमध्ये ३।६ देखि ४ जीपीए ४८ हजार एक सय ७७, ३।२ देखि ३।६ जीपीएसम्म ८१ हजार तीन सय ५५, २।८ देखि ३।२ जीपीएसम्म ८९ हजार एक सय २४ जना, २।४ देखि २।८ जीपीएसम्म ४८ हजार चार सय ७९, २ देखि २।४ सम्म ल्याउने चार हजार एक सय २६ जना, १।६ देखि २ जीपीएसम्म ८ जना छन्।एक सय २६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । वर्गीकृत परीक्षार्थीको सङ्ख्या भने एक लाख ६७ हजार पाँच सय ९७ रहेको छ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।