Advertisement

samachar

डडेल्धुरामा ३५ बर्षिया महिलाको शव फेला

डडेल्धुरामा ३५ बर्षिया महिलाको शव फेला

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
देवकी कार्की, परशुराम – डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा अन्दाजी ३५ बर्षिया महिलाको शव फेला परेको छ । सोमबार परशुराम नगरापालिका वडा नं. ५ परीगाउँस्थित महाकाली नदी किनारमा महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय परशुरामले जनाएको छ । महिलाको नाम थर र बतन नखुलेको प्रहरीले जनाएको छ । परिक्षणका लािग महिलाको शव जोगबुडा अस्पतालमा राखिएको छ ।...
गड्डाचौकी नाकाबाट आवतजावतमा सहजता

गड्डाचौकी नाकाबाट आवतजावतमा सहजता

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाकाबाट आवतजावत गर्न सकिने भएको छ । जेनजीको आन्दोलनका कारण नाका पाँच दिनपछि खुलेको छ । भारतीय सीमासुरक्षा बल (एसएसबी) ले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँच दिनपछि भारतीय पक्षले नेपाल–भारत मैत्री बस नेपाल प्रवेश गर्न दिएको छ भने गड्डाचौकी स्थित ७ नम्बर पिल्लरसम्म यातायातसमेत सञ्चालनमा आएको छ । ‘यसअघि शारदा ब्यारेजसम्म मात्रै यातायात सञ्चालन भएका थिए आईतबारनाकासम्मै यातायात सञ्चलनमा आएका छन्’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले भने, ‘नेपाल–भारत मैत्री बस नेपाल भित्रिएका छन् ।’ आईतबारदेखि भारतीय सीमासुरक्षा बल(एसएसबी)ले नेपाली नागरिकलाई नेपाली परिचयपत्र देखाएर भारत प्रवेश गर्न दिएको छ । गत बुधबारदेखि भारतीय सीमा...
‘जेन–जी’ भन्दै कुटपिट पछि आत्महत्या घट्ना : वडा सदस्य बोहरासहित चार जना पक्राउ

‘जेन–जी’ भन्दै कुटपिट पछि आत्महत्या घट्ना : वडा सदस्य बोहरासहित चार जना पक्राउ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–४ बैतडाका २७ वर्षीय नरेश धानुक मृत्यु प्रकरणमा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् । शुक्रबार राति आफ्नै घरको सुत्ने कोठामा फेसबुक लाइभ गर्दै धानुकले जनप्रतिनिधि र अन्य व्यक्तिहरूको नाम लिएपछि झुण्डिएर आत्महत्या गरेका थिए । धानुकले फेसबुक लाइभमै वडा सदस्य अमर बोहरा, भोजराज पन्त, खेम बोहरा र जनक धानुकले आफूलाई नाङ्गै बनाएर कुटपिट गरेको र त्यसकै कारण झुण्डिन बाध्य भएको बताएका थिए । परिवारले सोही भिडियोको आधारमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिएपछि प्रहरीले चारै जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले जानकारी दिए । धानुकको फेसबुक लाइभ भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा उनले आफूलाई काँग्रेस नेता तथा वडा सदस्य अमर बोहराले “जेन–जी आन्दोलन“ मा सहभागी भएको भन्दै कुटपिट गरेक...
महाकाली पुल आयोजनाको गाडीमा तोडफोड र आगजनी

महाकाली पुल आयोजनाको गाडीमा तोडफोड र आगजनी

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन भयो । जसको कारण देशको राजधानी काठमाण्डौ लगायत विभिन्न शहरहरु रणभूमिमा परिणत भए । त्यहि क्रममा कञ्चनपुर स्थित महाकाली पुल योजना कार्यालयको बामती प्रदेशको एबी ७२१० नम्बरकोे नयाँ र महङगो गाडी तोडफोड र आगजनी भएको छ । सडक डिभिजन कार्यालय दाङमा राखिएको उक्त गाडी तोडफोड भएको जनाईएको छ । सडक डिभिजन कार्यालय दाङका सिडिई दिपेन्द्र बहादुर विष्टले कार्यालय परिसरमा राखिएको गाडीमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेको कुरा पुष्टी गरेका छन । ‘यो गाडी कहाँबाट कसरी आयो थाहै भएन, ‘उनले भने, ‘पछाडी राखिएको गाडी पनि तोडिदियो, अरु लक नभएका गाडी हामीले सुरक्षित राख्यौँ, त्यो सकिएन ।’ २३भदौँदेखि जेनजी आन्दोलन चर्किएपछि सडक विभागले देशभरका सबै महाशाखा, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन, गुणस्तर अनुसन्धान विकास केन्द्र, आयोजना, निर्देशनालय, आयोजना,योजना, यान्त्रिक तालि...
एमाले नेता कार्यकर्ताले थाले क्षतिग्रस्त पार्टी कार्यालयमा सरसफाई

एमाले नेता कार्यकर्ताले थाले क्षतिग्रस्त पार्टी कार्यालयमा सरसफाई

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर ः एमाले नेता कार्यकर्ताले जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त पार्टी कार्यालयमा सरसरफाई सुरु गरेका छन् । भदौ २४ गते आन्दोलनका क्रममा एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । तोडफोड र आगजनीबाट दुई तले पार्टी कार्यालयमा व्यापक क्षति भएको छ । एमाले कञ्चनपुरका जिल्ला कमिटी सदस्य कमल रोकायाले आन्दोलनबाट क्षतिग्रस्त पार्टी कार्यालयमा सरसफाई र मर्मत थालिएको जानकारी दिए । ‘हामीले आजबाट हाम्रो पार्टी कार्यालय सरसफाई तथा मर्मत कार्य सुरुवात गरेका छौ’ नेता रोकायाले भने । एमालेको जिल्ला कमिटी सहित भीमदत्त नगर कमिटी र विभिन्न जन संगठनका नेता कार्यकर्ता पार्टी कार्यालय सरसफाईमा लागेका छन् । भीमदत्त नगरपालिका ४ स्थित एमाले पार्टी कार्यालयमा आन्दोलनकारीले पटक पटक आगजनी र तोडफोड गरेका थिए । आन्दोलनकारीले पार्टी कार्यालयभित्रका दराज, टेबुल, कुर्सी, कागजात लगायतका स...
जेनजी आन्दोलन : कारागारबाट भागेका कैदीबन्दीको मृत्यु

जेनजी आन्दोलन : कारागारबाट भागेका कैदीबन्दीको मृत्यु

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – जेनजी आन्दोलन कञ्चनपुर कारागारभित्रै पसेपछि त्यहाँबाट ज्यान जोगाउन भागेका एक कैदीबन्दीको मृत्यु भएको छ । लागु औषध मुद्दाम कैदी सजाय काटिरहेका बेलडाँडी गाँउपालिका १ लक्ष्मी टोलका २७ बर्षिया पदम राज भट्टको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले शनिबार भट्ट घरमै मृत फेला परेको बताए । ‘कारागारबाट भागेका कैदीबन्दी मध्ये भट्ट घर ओछ्यानमै सुतेको अवस्थामा मृत भेटिएका रहेछन, ‘प्रवक्ता बोहराले भने, ‘घटनाको अनुसन्धान अघि बढाईसकेका छौँ ।’ प्रवक्ता बोहराका अनुसार अदालतले भट्टलाई लागु औषध मुद्दामा ५ बर्ष ६ महिना कैद सजाय तोकेको जस अनुरुप भट्ट ११बैशाख ०८०देखि कैद भुक्तान गरिरहेका थिए । जेलबाट भागेर घर पुगेका उनलाई घर परिवारले पुन कारागारमै बसेर राज्यको नियमको पालना गर्न भनेपनि निषेधाज्ञा, कफ्युका कारण पछि जान्छु भन्दै आएको जनाईएको छ । लागु औषध मुद्...
‘जेन–जी’ भन्दै कुटपिटमा परेका नरेशले सामाजिक संञ्जालमा लाईभ देखाएर त्यागे जीवन

‘जेन–जी’ भन्दै कुटपिटमा परेका नरेशले सामाजिक संञ्जालमा लाईभ देखाएर त्यागे जीवन

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरका नरेश धानुकले आफूलाई जेनजी भन्दै नाङ्गेै पारेर कुटपिट गरिएको दाबी गर्दै फेसबुकमा लाईभ भीडियो सार्वजनिक गरी आत्महत्या गरेका छन् । आत्महत्या गर्नु अघि सामाजिक सञ्जाल फेसबुकमा उनले केही व्यक्तिको नाम लिँदै त्यस्तो गर्न बाध्य भएको उल्लेख गरेका छन् । ‘मलाई सोसल अत्याचार भयो। म मर्दै छु। सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु,’ उनले अन्तिम सन्देशमा भनेका छन् ‘काँग्रेसको व्यक्तिले मलाई कुटपिट ग¥यो। मलाई नाङ्गेै बनाएर दौडायो गाइज।’ फेसबुक लाइभमै रुँदै उनले सोही कारण आत्महत्या गर्नुपरेको बताएका थिए । मृतकका दिदी हिरा धानुकले पनि शुक्रबार राति साढे १० बजे नरेशलाई ‘जेन–जी’ भन्दै कुटपिट गरिएको बताइन्। ‘सुरुमा दारु पिलाएका रहेछन्। त्यसपछि नाङ्गो बनाएर कुटपिट गरे। त्यसरी अपमानपछि उसलाई घरमा गएर आत्महत्या गर्न बाध्य पारियो,’ उनले भनिन्। उनले शव नउठाउने चेतावनी दिँदै मृतकका स...
आइतबारदेखि शिक्षण संस्था संञ्चालन हुदै

आइतबारदेखि शिक्षण संस्था संञ्चालन हुदै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रगनर–एक हप्तादेखि बन्द रहेका शैक्षिक संस्थाहरु आईतबारदखि सञ्चालनमा आउने भएका छन् । शैक्षिक संस्थाहरु गत सोमबार र मंगलबार जेन जी आन्दोलपछि विकशित राजनितिक घट्नाक्रमसंगै बन्द भएका थिए । निजी विद्यालयका छाता संगठन प्याब्सन र एन प्याब्सनले शनिबार संयुक्त विज्ञप्ति जारी गरी आइतबारदेखि नियमति पठनपाठन हुने जानकारी गराएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सूचना र कञ्चनपुर प्रहरी प्रमुखसित छलफलपछि शिक्षण संस्था पठनपाठन नियमित गर्न लागिएको प्याब्सन एन प्याब्सनको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्ट र एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दले जारी विज्ञप्तिमा जेन जी आन्दोलनमा मृत्यु भएका सबैमा श्रद्धाञ्जली अर्पण गरी परिवारमा समवेदना समेत व्यक्त गरिएको छ ।...
कञ्चनपुरका राजिनितिक दलहरुले भने –‘मुलुकको सार्थक हितका लागि शान्ति, सुशासन र सुमन्नतीको मार्गमा हिड्न सबैमा आह्वान गर्छौ’

कञ्चनपुरका राजिनितिक दलहरुले भने –‘मुलुकको सार्थक हितका लागि शान्ति, सुशासन र सुमन्नतीको मार्गमा हिड्न सबैमा आह्वान गर्छौ’

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरका राजनीतिक दलहरुले जेनजी आन्दोलपछि उत्पन्न जटिल राजनीतिक परिस्थतिमा मुलुकको सार्थक हितका लागि शान्ति, सुशासन र सुमन्नतीको मार्गमा हिड्न सबैमा आह्वान गरेका छन् । अन्तरिम सरकार गठन भएपछि दलहरुले संयुक्त विज्ञप्ति जारी गरी मुलुकको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीलाई नयाँ ढंगले सुनिश्चित गर्ने दायित्वमा सबै गम्भीर बन्नु पर्नेमा जोड दिएका हुन् । “यो विषम परिस्थितिमा सम्माननीय राष्ट्रपतिज्यूबाट सुरु गरिएको पहल स्वागत योग्य छ,” दलहरुको विज्ञप्तिमा भनिएको छ, “संवाद र परामर्श मार्फत नै समाधान खोज्नु पर्छ । त्यसका लागि नागरिक समाज, सञ्चार जगत र अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य हुन्छ ।’ दलहरुले भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न उनीहरुका परिवारलाई समवेदना दिएका छन् । आन्दोलनका क्रममा...
सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साझ उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै राति ९ बजे हुने राष्ट्रिपति कार्यालयले जनाएको छ ।
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज